Friday, May 15सत्यम खबर
Shadow

बाँकेमा रोल्पाका संक्रमितको मृत्यु

नेपालगन्ज, २३ कार्तिक – भेरी अस्पताल नेपालगन्जमा उपचाररत थप एक कोरोना संक्रमितको ज्यान गएको छ ।
रोल्पा लिवाङ नगरपालिका–४ का ५६ वर्षिय पुरुषको उपचारका क्रममा शनिबार राती १२ः१० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि सुरुमा उनले रोल्पाको रेउघा स्वास्थ्य संस्थामा चेकजाँच गराएका थिए । त्यहाँबाट १४ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको थियो ।
कोभिडको आंशकमा उनको त्यसैदिन स्वाव संकलन गरिएको थियो । त्यसको भोलिपल्ट कोरोना पोजेटिभ रिपोर्ट आएपछि १६ गते थप उपचारका लागि भेरी अस्पतालको कोभिड युनिटमा भर्ना गरिएको थियो ।


रोगको प्रकृति अनुसार सबै प्रकारको उपचार विधि अपनाईए पनि उनको शनिबार राती १२ः१० बजे मृत्यु भएको बाँकेका फोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *