ब्रिनोजद्वारा ७ सय ८४ जनाको निःशुल्क कान जाँच
नेपालगन्ज, २३ मंसिर – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा–५, नेपालगन्ज बाँकेको आयोजनामा विभिन्न स्थानमा ७ वटा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न गरिएको छ ।
उक्त ७ वटा निःशुल्क शिविर ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कान स्वास्थ्य सम्बन्धित समस्या भएका बिरामीहरुलाई निःशुल्क प्राथमिक कान शिविरमा सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएकोमा ७ सय ८४ जना कानका बिरामीहरुले स्वास्थ्य सेवा लिएको वरिष्ठ कान जाँच सहायक सिता चौधरीले जानकारी गराउनुभयो ।
वरिष्ठ कान जाँच सहायक सिता चौधरीले दिएको जानकारी अनुसार गुलरियाको विभिन्न ७ वटा स्थानहरुमा मंसिर १५ गतेदेखि आज मंगलबार २३ गतेसम्म ३ सय १७ जना पुरुष, ४ सय ६७ जना महिला गरी जम्मा ७ सय ८४ जना कान बिरामीहरुको निःशुल्क कान जाँच गरिएको थियो । जस मध्ये कान पाक्ने बिरामीहरुमा १ ...









