मेयर कप क्रिकेटमा लायन किङ्स विजयी
नेपालगन्ज, २८ फागुन - नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा एनपीजे लायन किङ्स ले उत्कृष्ट प्रदर्शन गर्दै जुनियर क्याम्ब्रिज लाई १२ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको एनपीजे लायन किङ्स ले निर्धारित १३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो। टोलीका लागि आदिल शाह ले सर्वाधिक २८ रन बनाए। त्यस्तै हसन शेख ले १३ रन, अमन कासगर ले ११ रन र फयान खान ले १० रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए।
९६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको जुनियर क्याम्ब्रिज ले राम्रो सुरुवात गर्न नसक्दा १३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो। जुनियर क्याम्ब्रिजका लागि गौश हलुवाई ले १३ रन, अभिषेक शर्मा, अयान खान र ऋतिक सिंह राजपूत ले समान १०–१० रन बनाएका थिए। इमरान खान ले ७ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
ब...









