Tuesday, March 31सत्यम खबर
Shadow

बर्दियामा शतक रक्तदाता सहति १८ जना स्वयंसेवी रक्तदाताहरु सम्मानित

नेपालगन्ज, २ चैत्र – नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर र यूनिक नेपाल नयाँ गाउँको संयुक्त आयोजनामा राजपुर नगरपालिका बर्दियाको संरक्षकत्व÷सहकार्यमा र उद्योगा बाणिज्य संघ राजापुर बर्दियाको सहयोगमा शतक रक्तदाता सहित १८ जना स्वयंसेवी रक्तदाताहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

बर्दिया जिल्लामा २५ पटक भन्दा बढी रक्तदान गर्नु हुने स्वयंसेवी रक्तदाताहरु १७ जना र बाँके जिल्लाका शतक रक्तदाता स्वयंसेवी रक्तदाता पवन जायसवाललाई कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले मायाको चिनो र सम्मान–पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

बर्दिया जिल्लाका सम्मानित ब्यक्तित्वहरुमा रबिन बैश्य २५ पटक, प्रेम ढुंगाना २५ पटक, शंकर थारु २५ पटक, सतिश पाण्डे २५ पटक, महेमूद अली मनिहार २५ पटक, चल्टुराम थारु २६ पटक, जीवन कुमार चौधरी २८ पटक, रामबाबु सुवेदी २८ पटक, खगेन्द्र बहादुर शाही २८ पटक, गोपाल निरौला ३० पटक, छबिलाल लम्साल ३१ पटक, मित्रलाल ढुंगाना ३३ पटक, उमा कुमारी मल्ल ३९ पटक, शयामलाल थारु प्रतिक ४० पटक, चन्द्रमणि पौडेल ४३ पटक, सीताराम चौधरी ५८ पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिया सदस्य तथा बर्दिया जिल्ला अध्यक्ष प्रेम प्रसाद लम्साल ७७ पटक र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्लाका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल १०७ पटक मायाको चिनो सहित सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *