Saturday, February 21सत्यम खबर
Shadow

छवि बैरागी घिमिरेद्वारा लिखित विविशारा उपन्यासको समिक्षा

नेपालगन्ज, ८ फागुन – विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको आयोजनामा छवि बैरागी घिमिरेद्वारा लिखित विविशारा उपन्यासको समीक्षा तथा नेपाल शाखा मातहतका विभिन्न शाखाहरूको पुनर्गठन गरिएको ।

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका उपाध्यक्ष ऋषिराम सापकोटाको सभापतित्व एवं विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका सल्लाहकार, लुम्बिनी प्राबिधिक बिश्व बिद्यालय सेवा आयोगका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.कृष्णप्रसाद घिमिरले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका सचिव लेक प्रसाद प्याकुरेलद्वारा सञ्चालित कार्यक्रमको पहिलो चरणमा लुम्बिनी प्रदेशमा रहेर साहित्य सेवामा समर्पित प्राज्ञ महानन्द ढकाललाई सम्मान गरिनुका साथै विनेसाम लुम्बिनी प्रदेशलाई उचाई प्रदान गर्नुहुने प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेललाई कदर–पत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा छवि बैरागी घिमिरेद्वारा लिखित विविशारा उपन्यासको समीक्षा गरिएको थियो । समिक्षाका क्रममा समिक्षक चरित्रा शाहले फ्रायड, एडलर र युङको मनोवैज्ञानिक अवधारणा अनुसार विविशारा कृतिको चिरफार गर्दा अर्का समिक्षक पुष्कर नाथ रिजालले कृतिको विसंगति पक्ष र संरचनात्मक कोणबाट समिक्षा गरेका थिए । सोही अवसरमा उपन्यासकार छवि वैरागी घिमिरेले उपन्यासलाई यथार्थपरक बनाउनका लागि गरिएका अभ्यासहरू र उपन्यास लेख्दाका अनुभवहरू सहित समिक्षकहरूले उठाएका विषयवस्तु माथिको जिज्ञासा समन गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा विश्व नेपाली साहित्य महासंघ मातहतका लुम्बिनी प्रदेश, बाँके र बर्दिया जिल्ला शाखा गठन गरियो । विश्व नेपाली साहित्य महासंघ नेपाल लुम्बिनी प्रदेशको गठन गरिएको छ । जसमा चरित्रा शाहको अध्यक्षतामा गठित लुम्बिनी शाखाअन्तर्गत उपाध्यक्षद्वय भरतबहादुर रानाभाट र गणेशा कार्की, महासचिव बोधराज प्याकुरेल सचिव इन्दिरा गौतम, कोषाध्यक्ष वरिष्ठ कलाकार सुन्दर गुरुङलाई चयन गरिएको छ भने सदस्यहरू केशव गाह पाल्पा, लक्ष्मी बस्याल बर्दिया, खगेन्द्र नेपाल बर्दिया, दर्पण दंगाली दाङ, यमा रेग्मी दाङ, नवीन बस्याल प्युठान, शशिधर सापकोटा कपिलवस्तु, दिला शाह बाँके, तारा रोकाया बाँके, पवन जायसवाल बाँके, प्रतिमा पन्थी रूपन्देही जिल्लाबाट रहेका छन् ।

यसैगरी साहित्यकार चन्द्रावती अधिकारीको अध्यक्षतामा बाँके शाखा पुनर्गठन गरिएको छ जसमा उपाध्यक्ष पदमा रिजाल, सचिव महेन्द्र सेडाई, सहसचिव दीप पन्थी, कोषाध्यक्ष अर्चना पाठकलाई चयन गरिएको र सदस्यहरूमा सुनगाभा पोखरेल, सन्तोषी पुन मगर, लक्ष्मण सुर्खेती, मुस्तफा अहसन कुरैसी र अन्तरिक्ष देवकोटा रहेका छन् । यसरी फागुन ५ गते सम्पन्न अधिवेशनबाट बर्दिया शाखामा प्रभात सुवेदीको अध्यक्षतामा गठित ११ सदस्य बर्दिया शाखा समेत घोषणा गरिएको थियो । कार्यक्रममा विश्व नेपाली साहित्य महासंघकी केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख कल्पना पौडेल जिज्ञासुले चयन भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई सहित विश्व नेपाली साहित्य महासंघले गर्दै आएका अनुवाद र प्रकाशन सम्बन्धी विविध कार्यहरू माथि प्रकाश पार्नुभएको थियोे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञ महानन्द ढकाल, प्रलेस केन्द्रीय सचिव डा. हरिप्रसाद तिमिल्सिना, लेखककार नरेन्द्र जंग पिटर, साहित्यकार किरण आचार्य लगायत चार दर्जन बढी साहित्यिक अभियन्ताहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्राडा कृष्णप्रसाद घिमिरेले विश्व नेपाली साहित्य महासंघले विगतदेखि वर्तमानसम्म गरेका गतिविधिहरूको चर्चा गर्नुका साथै समीक्षित उपन्यास माथि समेत संक्षिप्त प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष शिक्षा क्षेत्रमा बि.सं. २०५१ साल देखि लागेको छु र यस क्षेत्रमा लागे देखि धेरै साहित्यकारहरु संग भेटभाट भएको छ । विश्व नेपाली साहित्य महासंघ नेपाल बिभिन्न २५ वटा देशहरुमा यसको शाखा रहेको छ । २५ वटा शाखाहरु मध्ये नेपाल शाखा उत्कृष्ट शाखाको रुपमा सम्मानित पनि भएको छ ।

सो कार्यक्रममा वरिष्ठ कथाकार सनत कुमार रेग्मी, अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय समितिका संस्थापक बिष्णुलाल कुमाल, खडगबहादुर बोहरा, डा.जगत बहादुर, नेपालगन्ज उद्योग बाणिज्य संघका महा सचिव भीम बहादुर राना भाट, महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादव, दुर्गा अधिकारी, कपिल अन्जान, मिना बराल, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, रामदेव पाण्डे, बिमला कुमारी खत्री, बिष्णु पादुका मणिदेव अर्या, जैद अहमद खान, सन्तोषी पुनमगर, कृष्ण आचार्य, पुष्पा सुवेदी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *