Wednesday, April 29सत्यम खबर
Shadow

समाचार

जानकीमा रहेको गौशालामा भोक–भोकै मर्न थाले गाई–गोरु, जग्गामा बस्ती बसाउने जनप्रतिनिधिहरुको षड्यन्त्र !

जानकीमा रहेको गौशालामा भोक–भोकै मर्न थाले गाई–गोरु, जग्गामा बस्ती बसाउने जनप्रतिनिधिहरुको षड्यन्त्र !

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जानकीमा रहेको गौशालामा भोक–भोकै मर्न थाले गाई–गोरु, जग्गामा बस्ती बसाउने जनप्रतिनिधिहरुको षड्यन्त्र नेपालगन्ज, ६ फागुन – बाँके जिल्ला जानकी गाउँपालिकामा रहेको गौशालामा आर्थिकदेखि जमिनसम्ममा ठूलो चलखेल हुने सम्भावना रहेको स्थानियहरुको आरोप रहेको छ । जानकी गाउँपालिका वडा नं. ४ मा रहेको गौशाला भित्र कार्यरत कर्मचारीहरुले समेत ७ महिना बितिसक्दा तलब नपाएको गुनासो गरेका छन् । कोराना अगाडी त्यहाँका सामाजिक अभियन्तहरुले बाटोमा रहेका गाई–गोरुलाई संरक्षण र व्यवस्थापन गर्नुपर्ने मनसायका साथ खुल्ला चौपाया संरक्षण तथा व्यवस्थापन संस्था गठन गरी जानकी गाउ“पालिका वडा नं. ४, खजुरा खुर्दमा रहेको सरकारी जमिनमा गौशाला बनाएर आर्थिक संकल्न गरी सञ्चालन ल्याएका थिए । त्यसबेला संस्थामा रहेको पदाधिकारीहरुको मनसाय निहित गौसेवा मात्र देखिएको भएपनि पछि गौशाला भएको जमिनमा आँखा गएको रहेछ । त्यहाँ रहेका स्थ...
जानकी पर्यटन प्रवद्र्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२ सम्पन्न

जानकी पर्यटन प्रवद्र्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२ सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ फागुन – जानकी गाउँपालिकामा “जानकी पर्यटन प्रवद्र्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२” साँस्कृति कार्यक्रम, स्रष्टा सम्मान, जानकी पर्यटन प्रवर्धन, बर्तमान अवस्था र भावना, छन्दको तरङ्ग कार्यक्रम शनिवार सम्पन्न भएको छ । जानकी गाउँपालिका बाँके र भेरी साहित्य समाज केन्द्रिय समितिको संयुक्त आयोजनामा आयोजित “जानकी पर्यटन प्रवद्र्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२” साँस्कृति कार्यक्रम, स्रष्टा सम्मान कार्यक्रमका बिशिष्ट अतिथि तथा जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, प्रा.डा. गोपालप्रसाद शर्मा अधिकारी र लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेले पानसमा दीप प्रज्वलित गरी महोत्सवको उद्घाटन गर्नु भएको थियो । भेरी साहित्य समाज केन्द्रिय समितिका महासचिव तथा वरिष्ठ कलाकार सुन्दर गुरुङ्गद्वारा सञ्चालित, भेरी साहित्य समाज केन्द्रिय समितिका अ...
सगरमाथा ई. बोर्डिङ सेकेन्डरी स्कूलले मनायो २१ औं वार्षिकोत्सव

सगरमाथा ई. बोर्डिङ सेकेन्डरी स्कूलले मनायो २१ औं वार्षिकोत्सव

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ फागुन – सगरमाथा ई. बोर्डिङ्ग सेकेन्डरी स्कूल नेपालगन्जले २१ औं बार्षिकोत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम २०८२ शनिवार भव्यता साथ मनाएको छ । विज्ञान प्रविधि, प्रयोगात्मक एंव व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ सगरमाथा ई. बो. सेकेण्डरी स्कूल कारकाँदोले आफ्नो २१ औं बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यताका सम्पन्न गरेको हो । स्कूलका संस्थापक अध्यक्ष कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यता शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धन सुदन चौलागाई रहनु भएको थियो । प्रमुख अतिथि चौलागाईले सगरमाथा स्कूलले शिक्षा क्षेत्रमा फड्को मार्दै बाँकेकै नमुना बन्न सफल होस भनि शुभकामना दिनुभएको छ । प्रमुख अतिथि चौलागाई, संस्थापक अध्यक्ष जिसी र स्कूलको संस्थापिका लक्ष्मी बिसीले दियो बालेर बार्षिक उत्सव कार्यक्रमको...
बाँके क्षेत्र नं. ३ मा एमालेको ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान

बाँके क्षेत्र नं. ३ मा एमालेको ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १ फागुन – नेकपा एमाले बाँके निर्वाचन क्षेत्र नम्बर ३ ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै “फागुन २१ का लागि मेरो २१ दिन” अभियान सञ्चालन गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टी संगठनलाई परिचालन गर्दै जनसमर्थन विस्तार गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । अभियान अन्तर्गत क्षेत्रभित्र रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आ–आफ्नो टोलबस्ती र मतदाताको घरघरमा केन्द्रित भएर काम गर्ने जिम्मेवारी तोकिएको छ । टोलस्तरमा स–साना समूह बनाएर घरदैलो, मतदाता भेटघाट तथा टोलसभा कार्यक्रम सञ्चालन गरिनेछ । पहिलो चरणमा सञ्चालन गरिएका कार्यक्रमबाट प्राप्त सुझाव र अनुभवको आधारमा दोस्रो चरणको रूपमा यो अभियान अगाडि बढाइएको निर्वाचन परिचालन कमिटीका संयोजक रत्न खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार संगठनलाई अझ व्यवस्थित बनाउँदै अभियानलाई योजनाबद्ध ढंगले अघि बढाइनेछ ...
पुरैनी उपशाखाको आयोजनामा १५ जनाले गरे रक्तदान

पुरैनी उपशाखाको आयोजनामा १५ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ माघ – नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको आयोजनामा आज आयोजित रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं.२२ स्थित नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२२ र २१ वडा कार्यालयको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका उपसचिव मीरा अधिकारीद्वारा सञ्चालित नेरेसो पुरैनी उपशाखाका सभापति शिवकुमार वर्माको अध्यक्षतमा, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव तथा कार्यक्रमका प्रमुख आतिथि नमस्कार शाह पानसमा दीप प्रज्वलित गरी ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । साथै रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार सेवाका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गर्नुभएको थियो । आयोजित रक्तदान कार्यक्रममा नाइस नेपालका अध्य...
सुमन मल्लको चुनावी अभियान तीव्र, दोस्रो चरण माघ ४ देखि

सुमन मल्लको चुनावी अभियान तीव्र, दोस्रो चरण माघ ४ देखि

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २९ माघ – नेकपा एमालेले बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा उम्मेदवार सुमन मल्लसहित पहिलो चरणको चुनावी अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । पार्टीले निर्वाचन क्षेत्रभित्रका २४ वडामध्ये अधिकांश वडामा उम्मेदवार मल्लसहित कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै अभियान सञ्चालन गरेको जनाएको छ । निर्वाचन परिचालन समितिका संयोजक रत्न खत्रीका अनुसार पहिलो चरणमा पार्टी संगठन सुदृढीकरण र कार्यकर्ता परिचालन केन्द्रित कार्यक्रम सञ्चालन गरिएको थियो । यस चरणमा स्थानीय नेता–कार्यकर्तालाई सक्रिय बनाउँदै चुनावी वातावरण निर्माणमा जोड दिइएको उहाँले बताउनुभयो । यसैबीच बिहीबार बसेको निर्वाचन परिचालन समितिको सचिवालय बैठकले माघ ४ गतेदेखि सुरु हुने दोस्रो चरणको अभियानको विस्तृत योजना तयार गरेको छ । दोस्रो चरणमा घरदैलो, टोलस्तरीय मतदाता भेटघाट तथा जनसंवाद कार्यक्रमलाई प्राथमिकत...
ग्रामीण पत्रकार संघमा कुँवर दिवाकर सिंह चौथो पटक अध्यक्ष पदमा पुनः चयन

ग्रामीण पत्रकार संघमा कुँवर दिवाकर सिंह चौथो पटक अध्यक्ष पदमा पुनः चयन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
रुपैडिहा, २९ माघ – ग्रामीण पत्रकार संघको राज्य स्तरको उच्चस्तरीय बैठकबाट दैनिक समाचार र समाचार भारत टिभीका बहराइच ब्यूरो प्रमुख कुँवर दिवाकर सिंहलाई चौथो पटक जिल्ला अध्यक्षको रूपमा चयन गरेको छ । सीमावर्ती पत्रकार संघ, रुपईडिहाका संरक्षक वरिष्ठ पत्रकार शेर सिंह कशौधनले दिएको जानकारी अनुसार विभिन्न समाचार च्यानलहरूमा आवद्ध विगत दुई दशकदेखि चुनौतीपूर्ण समाचार कभरेजमा आफ्नो पहिचान बनाएका सिंहलाई ग्रामीण पत्रकार संघ उत्तर प्रदेश राज्य स्तरीय संगठनले सिंहलाई पुनः चयन गरेको हो । नव चयनित अध्यक्ष सिंहले जिल्ला, तहसील र ब्लक कार्यालयहरूमा नवनियुक्त पदाधिकारीहरूको घोषणा चाँडै गरिने जानकारी दिएका छन् । नव चयनित नेतृत्वको कमिटीले बहराइच जिल्लाका पत्रकारहरूको अधिकार र सुविधाको लागि आवाज उठाउन पहल गर्ने जनाएको छ । संघमा पत्रकार सदस्यहरू वरिष्ठ टिभी पत्रकार संघका जिल्ला महासचिव अजय शर्मा, एफ...
लघुवित्त वित्तीयद्वारा पुर्णिमा राना मगरलाई बिमा क्षतिपुर्ति रकम भुक्तानी

लघुवित्त वित्तीयद्वारा पुर्णिमा राना मगरलाई बिमा क्षतिपुर्ति रकम भुक्तानी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २६ माघ - लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय खजुरा शाखाले बिमा क्षतिपुर्ति रकम भुक्तानी गरेकाे छ । आज एक कार्यक्रमकाे आयाेजना गरी नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत प्राप्त स्वाभिमान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय खजुरा बाँकेद्वारा उक्त रकम मृतकको बुहारी पुर्णिमा राना मगरलाई हस्तान्तरण गरिए काे शाखाले जनाएकाे छ। लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय खजुराशाखाले दिएकाे जानकारी अनुसार "गठीत केन्द्र नं.५४, सिर्जनशिल स्वाभिमानी महिला समुहकी ग्राहक सदस्य माया देवी राना मगर र निजको श्रीमान धनबहादुर राना मगरको असामयिक निधन भएपछि उक्त बिमा रकम उनकी बुहारी पुर्णिमा राना मगरलाई हस्तान्तरण गरिएकाे बताए ।" शााखाले हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै दिवंगत आत्माको चिरशान्तीको कामना गर्नुका साथै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्तीको लागि कामना ...
सुशील कोइरालाको विरासत र शुधान्शु कोइरालाको प्रतिबद्धता

सुशील कोइरालाको विरासत र शुधान्शु कोइरालाको प्रतिबद्धता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ माघ – बाँके क्षेत्र नं. २ को चुनावी मैदानमा तरंग नै आईरहेको अवस्थामा सुधांन्सु कोइरालाको प्रवल सम्भावना विजयी हुने देखिन थालेको छ । सो सम्भावना बारे अध्ययन र जानकारी पाउनु अगाडी को हुन सुधांसु कोइराला र तिनको प्रतिबद्धता बारे हामी जानौं । सुधांसु कोइराला पूर्वप्रधानमन्त्री गांधीबादी नेता सुशील कोईरालाको विरासतबाट आएका हुन । उनको पहिचान नै खास यही रहेको छ भन्दा फरक पर्दैन होला । जहाँ पूर्वप्रधानमन्त्रीको धरासत बारे बाँकेबासी लगायत देशभरका आम सर्वसाधारण जनता माझ जानकारी रहेको पाईन्छ । सुशील कोइराला कुनै क्षेत्र विशेषका लागि मात्र होइन, राष्ट्रका लागि राजनीति गर्ने गांधीबादी छावी भएको नेता थिए । सुशील कोइरालाको कार्यकालमा सिंक्टा सिंचाई आयोजना, (२०७१÷२०७२) मा हुलाकी राजमार्गलाई राष्ट्रिय प्राथमिकतामा राखियो, बाँके हुँदै जाने हुलाकी सडकखण्डको बजेट, ठेक्का प्रक्रिया अघि बढ्य...
वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता :- पाण्डेय 

वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता :- पाण्डेय 

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
दैलेख, २५ माघ - नारायण नगरपालिका वडा नं. १ मा अवस्थित दैलेख टेक्निकल स्कुलमा स्वागत तथा विदाई कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भएको छ । शिक्षालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अरुण पाण्डेयले वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता बढी रहेको बताए। पाण्डेयले विद्यार्थीहरूलाई दक्ष जनशक्तिका रूपमा तयार हुन आग्रह गर्दै स्कुलको शैक्षिक गुणस्तर विकासको लागि सधैं प्रतिबद्ध रहेको बताए। त्यस्तै, विशिष्ट अतिथि शिक्षालय संचालिका लता पाण्डेयको गरिमा मय आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रशिक्षकहरू डिल्ली लम्साल, जितेन्द्र तामाङ, लोकराज पन्त, भक्त बहादुर शाही, दुर्गा प्रसाद उपाध्याय र प्रेम खड्काले विद्यार्थीहरूलाई शैक्षिक मार्गनिर्देशन गर्दै शुभकामना मन्तव्य राखेका थिए । प्रशिक्षकहरूले प्राविधिक क्षेत्रमा आउने चुनौती र अवसरहरूबारे विद्यार्थीहरूलाई...