Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

१३ बुँदे घोषणा पत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो

१३ बुँदे घोषणा पत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ पुस – ललितपुरको गोदावरीमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज(आइतबार) समापन भएको छ । सम्मेलनले १३ बुँदे घोषणा पत्र समेत जारी गरेको छ । नेपाल अन्तर्राष्ट्रिय एडीआर केन्द्रको आयोजनामा विहीबारदेखि सुरु भएको सम्मेलन आइतबार समापन भएको हो । घोषणा पत्रमा सिंगापुर कन्वेन्सनमा हस्ताक्षर र अनुमोदन गर्न, हिमाल संरक्षण र हरित मध्यस्थता प्रवर्द्धन गर्न सहयोग गर्न, न्यायमा पहुँच सुधार गर्न अनलाइन विवाद समाधान प्रणाली र प्रविधिको विकास गर्न, पर्वतीय क्षेत्रहरूको संरक्षणका लागि पहाडी राष्ट्रहरूको समूह गठन गर्न विशेष रुपमा आब्हान गरिएको छ । सप्ताहमा विवाद समाधानमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । ‘विवाद समाधानको ...
गोपाल नीना फाउण्डेसनमा ५ महिला सहित ५१ जनाले रक्तदान गरे

गोपाल नीना फाउण्डेसनमा ५ महिला सहित ५१ जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० मंसिर – गोपाल–नीना फाउण्डेशन, नेपालगन्ज र जनमत अद्र्धसाप्ताहिकद्वारा “वृहद् रक्तदान” कार्यक्रमको आयोजना गरिएको छ । बाँके जिल्लामा अहिले रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान गरौं ः जीवन उपहार दिउँ” भन्ने नाराका साथ जनमत रक्तदान अभियानको ६३ औं श्रृङ्खलामा सम्पन्न उक्त कार्यक्रम पाँच जना महिला सहित ५१ जनाले रक्तदान गरेको गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले जानकारी दिनु भयो । फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र वरिष्ठ चिकित्सक डा. विनोदकुमार थापाले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिकलाई रगत संकलन गर्ने पाकेट हस्तारण गरी शुभारम्भ गरिएको उक्त रक्तदानका कार्यक्रममा सहभागी हुने रक्तदाताहरु मध्ये स्वयम्सेवी नियमित रक्तदाता, स्वास्थ्यकर्मी, चिकित्सक, पत्रकार, औषधी वितरक प्रतिनिधि लगायत थिए । ...
के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?

के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
अश्विन दानी मितिः २०८१ मंसिर २७ गते यदी तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको÷पढेको या सुनेको स्मरण छ ? पत्रकार महासंघ अर्थात्, ‘सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन !’ जसको स्थापना सम्पूर्ण नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्ने उदेश्यका साथ भएको हो । तर, आखिर पत्रकारहरुले नै आफ्नो साझा संगठनमा किन तालाबन्दी गर्छन् ? यो प्रश्नको जवाफ पत्रकार महासंघका हालसम्मका नेतृत्व र भावी नेतृत्वको आशा बोकेर चुनावी मैदानमा होमिएकाहरुले दिन सक्छन् या सक्दैनन् ? त्यो मलाई थाहा छैन । तर, मलाई यो पक्कै थाहा छ । यस्तो किन हुन्छ ? किनकी, स्वतन्त्...
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विद्यालय सम्वादः वातावरणीय न्यायमा विद्यालयको भूमिका बलियो बनाउँदै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विद्यालय सम्वादः वातावरणीय न्यायमा विद्यालयको भूमिका बलियो बनाउँदै

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ मंसिर – मानव र वन्यजन्तु बीचको बढ्दो द्वन्द्व न्यूनीकरण गर्न विद्यालय तहबाटै सचेतना अभियान थाल्नु पर्ने आवाज उठ्दैछ । राप्ती सोनारी गाउँपालिका–२ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि विद्यालय सम्वाद’ कार्यक्रममा सहभागी शिक्षक, अभिभावक र स्थानीय सरोकारवालाहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद आचार्यले बाँके राष्ट्रिय निकुञ्ज नजिकै रहेको र विद्यार्थीहरू विद्यालय बाहेकको समयमा घाँस दाउराका लागि जंगल जानु पर्ने बाध्यताका कारण वन्यजन्तुको जोखिममा पर्ने गरेको बताउनु भयो ।“विद्यार्थी र उनीहरुको परिवारलाई वन्यजन्तुसँग सुरक्षित रहने तरिकाका बारेमा कुनै जानकारी छैन र यदि क्षति भएमा राहत माग्ने प्रक्रिया बारे समेत अनभिज्ञ छन् । यसकारण विद्यालयबाटै सचेतनामूलक कार्यक्रम थाल्न आवश्यक छ,” उहाँ...
भारतमा ४ जना साहित्यकार ७ व्यक्तित्व सम्मानित

भारतमा ४ जना साहित्यकार ७ व्यक्तित्व सम्मानित

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ मंसिर – भारतको उत्तर प्रदेश सीतापुर बिसवाँ स्थित साहित्य सृजन संस्थान, बिसवाँद्वारा आयोजित सृजन महोत्सव–२०२४ समारोहमा बाँकेको नेपालगन्जका ४ साहित्यकार सहित ७ व्यक्तित्व सम्मानित भएका छन् । वरिष्ठ साहित्यका बिश्व हिन्दू महासभा नेपालका अध्यक्ष, तथा अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय समितिका संस्थापक बिष्णुलाल कुमाललाई वरेण्य साहित्यकार, पत्रकार स्व.महेन्द्र शास्त्री “सरल” जी स्मृति पुरस्कार सहित आकर्षक कलात्मक चित्र, भगवान श्रीरामका मनोेहरी चित्र, दोसल्ला सहित सम्मान पत्रद्वारा सम्मानित भएका छन् । ययरी शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जका उपाध्यक्ष, साहित्यकार तथा शिक्षाबिद् किरण आचार्यलाई समाजसेवी स्व.रीता ंपाण्डेय जी स्मृति सम्मान, महेन्द्र मुस्तकालय नेपालगन्जका उपाध्यक्ष तथा साहित्यकार पकंजकुमार श्रेष्ठलाई समाजसेवी स्व.सिद्धार्थ मेहरोत्रा जी स्मृति सम्...
ब्रिनोजको आयोजनामा १२६५ जनाको निःशुल्क कान परीक्षण (फोटोफिचरसहित)

ब्रिनोजको आयोजनामा १२६५ जनाको निःशुल्क कान परीक्षण (फोटोफिचरसहित)

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ मंसिर – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको समन्वय एवं आर्थिक सहयोगमा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरी १२६५ जनाको निःशुल्क कान जाँच गरिएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्रविधिक टोलीसहित आयोजना गरिएको निःशुल्क शिविरमा ५८५ जना पुरुष तथा ६८० जना महिला गरी जम्मा १२६५ जनाको कान जाँच निःशुल्क शिविर कुसुम स्वास्थ्य चौकीबाट मंसिर १४ गतेदेखि शुरु गरी फत्तेपुर स्वास्थ्य चौकीमा आज मंसिर २५ गते समापन गरिएको कान चेकजाँच वरिष्ठ कान सहायक चिकित्सक तथा आउटरिच इन्चार्ज भिषणकुमार थारुले जानकारी गराउनुभयो । आउटरिच इन्चार्ज भिषणकुमार थारुले दिएको जानकारी अनुसार जम्मा १२६५ जना महिला पुरुष मध्ये कान पाक्ने रोगबाट ग्रसित १२८ जना रहेको बताए । आउटरिच इन्चार्ज भीषणकुमार थारुले दिएको जानकारी अनुसार निःशुल्क प्र...
वन्यजन्तु प्रभावितका लागि भएका क्षतिपूर्ति तथा राहत व्यवस्था बारे बाँकेको राप्ती सोनारीका पिडित अनभिज्ञ

वन्यजन्तु प्रभावितका लागि भएका क्षतिपूर्ति तथा राहत व्यवस्था बारे बाँकेको राप्ती सोनारीका पिडित अनभिज्ञ

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ मंसिर – बाँकेका राप्ती सोनारी गाउँपपालिका वडा नं. २ माथेबासका वन्यजन्तुबाट प्रभावित समुदायहरुले वन्यजन्तुबाट भएको कुनै पनि क्षतिमा तत्काल राहत वा क्षतिपूर्ति पाउनु पर्ने बताएका छन् । उनीहरुले वन्यजन्तुले निरन्तर समुदायमा नोक्सानी गरिरहेको तर पिडित परिवारले क्षतिपुर्ति समय मैं पाउन नसक्दा ठूलो समस्या परेको बताएका छन् । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन) ले आइतबार आयोजना गरेको ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि गोलघर सम्वाद’ का सहभागीहरुले यस्तो धारणा राखेका हुन् । युएसएड÷द एसिया फाउण्डेशनद्वारा संचालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत सम्वाद गरिएको सीसीएनले जनाएको छ । माथेबासमा विशेष गरी हात्ती, बाघ र बाँदरलगायतका वन्यजन्तुले निरन्तर क्षती गर्दै आएको स्...
नेपाल किसान महासंघ देश ब्यापी, आत्मनिर्भर अभियानमा

नेपाल किसान महासंघ देश ब्यापी, आत्मनिर्भर अभियानमा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २३ मंसिर, नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघले शनिबार बृहत कार्यक्रम बिच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ मा महासंघले आफ्नो संगठन बिस्तार गरेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा सदस्य मिना बोहरा सिद्दीकीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमका अतिथिहरुमा महाधिवेशन प्रतिनिधि राजकुमार बर्मा, पुर्व प्रदेश सभा सदस्य तथा नेपाल किसान महासंघ जिल्ला उपाध्यक्ष मो.याकुब अन्सारी, महाधिवेशन प्रतिनिधि सुदिपनर सिंह राणा, लुम्बिनी प्रदेश सदस्य परमेश्वरी पाठक, नगर कार्यवाहक सभापति धनराज बर्मा लगायतका बक्ताहरुबाट नेपाली कांग्रेसलाई बलियो बनाउन पार्टी संगठनका सबै तहतप्कालाई आ–आफ्नो सांगठनिक दायित्वमा आउन आग्रह गरेका छन । साथै नेता कार्यकर्तालाई धैर्यताका साथ अगाडी बढ्न र लोकतन्त्रमा चुनावी प्रकृया गुट् उपगुट स्वाभाविक हो र यसलाई सहज रुप मै लिनु पर्छ र नेतृत्वलाई स...
बर्दियाको मैनापोखरमा ६ जना महिला सहित ७० जनाद्वारा रक्तदान

बर्दियाको मैनापोखरमा ६ जना महिला सहित ७० जनाद्वारा रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ मंसिर – बर्दियाको मैनापोखरमा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ ३३ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी लगायत ६ महिला ६४ जना पुरुष सहित गरी ७० जनाले उत्साहका साथ रक्तदान गरेका छन् । बढैयाताल गाउँपालिका मैनपोखर बर्दिया र अपाङ्गता समन्वय समिति बढैयातालको संयुक्त आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बढैयाताल समिति, उद्योग वाणिज्य संघ बढैयाताल, सहकारी सञ्जाल बढैयाताल, सामुदायिक बन महासंघ बढैयाताल, खानेपानी महासंघ बढैयाताल, नेपाल रेडक्रस सोसाइटी उपशाखा बढैयाताल, शिक्षक महासंघ बढैयाताल, प्याबसन बढैयाताल, पालिका स्तरीय युवा सञ्जाल बढैयाताल, बर्दिया अपाङ्ग पुर्नस्थापन केन्द्रको सहकार्य÷समन्वयमा आयोजना गरिएको थियो । बढैयाताल गाउँपालिका प्रमुख हिमालय त्रिपाठी, उपप्रमुख लक्ष्मीकुमारी अधिकारीले ...
विवाह पञ्चमी महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर र यात्री सहायता सेवा

विवाह पञ्चमी महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर र यात्री सहायता सेवा

आर्थिक, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुरधाम, २१ मंसिर – त्रेता युगमा मिथिला नरेश राजा जानककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ । यस अवसरमा अयोध्याबाट जन्ती (बाराती) जनकपुरधाम आउने परम्परा रहेको छ । यसै अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालले संयुक्त रूपमा निःशुल्क यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था र यात्री सहायता परामर्श केन्द्र स्थापना गरेका छन् । शिविरको दोश्रो दिनसम्म करिब २५०० भन्दा बढीले स्वास्थ्य सेवा लिइएको संस्थाका अध्यक्ष डा. राजीव झाले जानकारी दिएका छन् । नेपाल भारत खुला सीमाका कारण भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट लाखौंको संख्यामा भक्तजनहरु राम जानकी विवाह हेर्न आउने गरेको छन् । खुला सीमा नेपाल भारत बिचको मैत्री सम्बन्धका आधार स्तम्भ ह...