Sunday, February 9सत्यम खबर
Shadow

नेपाल किसान महासंघ देश ब्यापी, आत्मनिर्भर अभियानमा

नेपालगन्ज २३ मंसिर, नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघले शनिबार बृहत कार्यक्रम बिच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ मा महासंघले आफ्नो संगठन बिस्तार गरेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा सदस्य मिना बोहरा सिद्दीकीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमका अतिथिहरुमा महाधिवेशन प्रतिनिधि राजकुमार बर्मा, पुर्व प्रदेश सभा सदस्य तथा नेपाल किसान महासंघ जिल्ला उपाध्यक्ष मो.याकुब अन्सारी, महाधिवेशन प्रतिनिधि सुदिपनर सिंह राणा, लुम्बिनी प्रदेश सदस्य परमेश्वरी पाठक, नगर कार्यवाहक सभापति धनराज बर्मा लगायतका बक्ताहरुबाट नेपाली कांग्रेसलाई बलियो बनाउन पार्टी संगठनका सबै तहतप्कालाई आ–आफ्नो सांगठनिक दायित्वमा आउन आग्रह गरेका छन ।

साथै नेता कार्यकर्तालाई धैर्यताका साथ अगाडी बढ्न र लोकतन्त्रमा चुनावी प्रकृया गुट् उपगुट स्वाभाविक हो र यसलाई सहज रुप मै लिनु पर्छ र नेतृत्वलाई सहर्ष स्वीकार्दै न अल्झिदै नेपाली कांग्रेसको सिद्धान्त रुख र चार तारा केन्द्रित हुन आग्रह गरेका छन् ।

किसान कृषि लगायतका सवालमा कृषकका यावत समस्या र तिनका सहजिकरणका लागि सम्बन्धितमा पहल थालनी भएको कार्यक्रमबाटै जानकारी गराउनुका साथ सम्बन्धित सरकार निकायमा बिषय बस्तु माथि सुझाव राख्दै आएको पनि जिकिर गरे ।

किसान बलियो भयो भने मात्र हामी सबै बलियो हुने
देशको जल्दोबल्दो आर्थिक बिसम अवस्थामा आत्मनिर्भर हुन, सुधारको फडको मार्न सकिने र किसान र कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ नेपाली कांग्रेसले देश ब्यापीरुपमै नेपाल किसान महासंघ र त्यसका मातहतमा रहेका दर्जनौ संगठनको सांगठनिक माध्यमबाट किसान र त्यस संग सम्बन्धित ब्यवसाय र तिनका हक हितका सवालमा भिज्न कृषि र किसान संग जोडिएका समग्र क्षेत्र र व्यवसायलाई आत्मनिर्भर सुधारमुखी बनाउन कुनै किन्तु परन्तुमा नलागि नेपाल किसान महासंघका नेता कार्यकर्ताले महासंघको छातामा आएर किसान र सम्बन्धित ब्यवसायीको सहयोगीका भुमिकामा आउन आशयका साथ बक्ता नेताहरुले आह्वान गरेका छन ।

नेपाली कांग्रेसको मुल जरो नै वडाको बुथ कमिटी, र वडा सम्मै फैलिएको समग्र भातृ संगठनहरुलाई आ–आफ्नो भुमिकामा आउन सहजिकरणका लागि वडा बुथकमिटीको सकृयताका साथ जनप्रतिनिधि र बुथ वडा कमिटी बिचको सहज सहकार्य गर्दै अघिबढन आग्रह गरेका थिए ।

 

कार्यक्रममा महाधिवेशन प्रतिनिधि फन बहादुर गुरुङ, नेप्रेयु पुर्व जिल्ला उपाध्यक्ष, केन्द्रीय पार्षद कुन्तलराज शर्मा, नेका.पुर्व जि.सदस्य पुरन सिंह ठकुरी, नेपाल किसान महासंघ नगर गठन टिमका सदस्य अरुण बिक्रम शाह लगायत नेता कार्यकर्ताको उपस्थित रहेको थियो । कार्यक्रम वडा नम्बर २२ का सभापति बिद्याराम बर्माको सभापतित्वमा सम्पन्न भएको थियो । भने कार्यक्रम सञ्चालन नेपाल किसान महासंघ नगर गठन टिमका सदस्य युवराज शाहले गरेका थिए ।

कार्यक्रम बाटै वडा नम्बर २२ का मर्री कुर्मीको अध्यक्षतामा १० सदस्यीय नेपाल किसान महासंघको नेता कार्यकर्ताको सकृयतामा सर्वसम्मत चयन प्रकृया बिधिवत सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *