लुम्बिनी कप महिला फुटवलः सचिवालयमा मल्ल, प्रचारप्रसारमा गौतम
नेपालगन्ज, ११ पुस – आगामी फागुन १९ गतेदेखि नेपालगन्ज रंगशालामा आयोजना हुने लुम्बिनी कप महिला फुटवलको तयारी तीव्र पारिएको आयोजक अन्तरालले जनाएको छ ।
प्रतियोगितालाई व्यवस्थित ढंगले आयोजना गर्न सचिवालय प्रमुखको जिम्मेवारी नेपाल राष्ट्र बैंकवाट सेवा निवृत रमेश मल्ललाई प्रदान गरिएको छ ।
सुटिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मल्ल बरिस्ठ फोटोग्राफर समेत हुन् । भिडियोग्राफी र एडिटिङमा यस क्षेत्रकै अग्रणी मल्ल सूचना प्रविधिमा राम्रो दख्खल राख्छन् । रमेश मल्ल नेपाली खेलाडीको जीवनीमा वनेको पहिलो डकुमेन्ट्री हरिबहादुरका निर्माता मध्ये एक हुन् ।
यसैगरी लुम्बिनी कपका सूचना र समाचारलाई व्यापकता दिन तथा संचारकर्मीहरुसँग समन्वय गर्न वरिष्ठ पत्रकार निरज कुमार गौतमलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
गौतम नेपाल पत्रकार महासंघ बाँकेको पूर्व अध्यक्ष हुन् । राष्ट्रिय समाचार समितिक...









