
नेपालगन्ज, २५ मंसिर – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको समन्वय एवं आर्थिक सहयोगमा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरी १२६५ जनाको निःशुल्क कान जाँच गरिएको छ ।
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्रविधिक टोलीसहित आयोजना गरिएको निःशुल्क शिविरमा ५८५ जना पुरुष तथा ६८० जना महिला गरी जम्मा १२६५ जनाको कान जाँच निःशुल्क शिविर कुसुम स्वास्थ्य चौकीबाट मंसिर १४ गतेदेखि शुरु गरी फत्तेपुर स्वास्थ्य चौकीमा आज मंसिर २५ गते समापन गरिएको कान चेकजाँच वरिष्ठ कान सहायक चिकित्सक तथा आउटरिच इन्चार्ज भिषणकुमार थारुले जानकारी गराउनुभयो ।
आउटरिच इन्चार्ज भिषणकुमार थारुले दिएको जानकारी अनुसार जम्मा १२६५ जना महिला पुरुष मध्ये कान पाक्ने रोगबाट ग्रसित १२८ जना रहेको बताए ।
आउटरिच इन्चार्ज भीषणकुमार थारुले दिएको जानकारी अनुसार निःशुल्क प्राथमिक कान उपचार शिविर १२ दिनसम्म सञ्चालन गरिएको थियो । पहिलो दिन मंसिर १४ गते शुक्रबार कुसुम स्वास्थ्य चौकी राप्तीसोनारी गाउँपालिकामा सञ्चालन गरिएको थियो भने आज मंसिर २५ गते मंगलबार फत्तेपुर स्वास्थ्य चौकी राप्तीसोनारी गाउँपालिकामा समापन गरिनुका साथै पालिकाको वार्ड नं. १ देखि ९ वार्डमा रहेका पालिकाहरुले निःशुल्क सेवा लिएको बताए ।
आउटरिच इन्चार्ज भीषणकुमार थारुले दिएको जानकारी अनुसार ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा जिल्ला भित्र वा जिल्ला बाहिर कही पनि कान चेकजाँच सहकार्य गर्न सदैव तत्पर रहेको तथा हामीसित सहकार्य गर्न कोही इच्छुक भए सम्पर्क गर्न समेत बताउनु भयो ।