Thursday, May 15सत्यम खबर
Shadow

बर्दियाको मैनापोखरमा ६ जना महिला सहित ७० जनाद्वारा रक्तदान

नेपालगन्ज, २२ मंसिर – बर्दियाको मैनापोखरमा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ ३३ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी लगायत ६ महिला ६४ जना पुरुष सहित गरी ७० जनाले उत्साहका साथ रक्तदान गरेका छन् ।

बढैयाताल गाउँपालिका मैनपोखर बर्दिया र अपाङ्गता समन्वय समिति बढैयातालको संयुक्त आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बढैयाताल समिति, उद्योग वाणिज्य संघ बढैयाताल, सहकारी सञ्जाल बढैयाताल, सामुदायिक बन महासंघ बढैयाताल, खानेपानी महासंघ बढैयाताल, नेपाल रेडक्रस सोसाइटी उपशाखा बढैयाताल, शिक्षक महासंघ बढैयाताल, प्याबसन बढैयाताल, पालिका स्तरीय युवा सञ्जाल बढैयाताल, बर्दिया अपाङ्ग पुर्नस्थापन केन्द्रको सहकार्य÷समन्वयमा आयोजना गरिएको थियो ।

बढैयाताल गाउँपालिका प्रमुख हिमालय त्रिपाठी, उपप्रमुख लक्ष्मीकुमारी अधिकारीले रगत संकलन गर्ने पाकेट प्राविधिक सुनील रत्गैया, महेश दहित, हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

बढैयाताल गाउँपालिका मैनपोखरको परिसरमा आयोजित रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेमप्रसाद लम्साल, बारबर्दिया नगर समिति अध्यक्ष गंगाराम पाठक, बढैयाताल समितिका अध्यक्ष कृष्ण बिक र प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द रेग्मीको सहभागितामा रक्तदान सम्पन्न भएको थियो ।

रक्तदान कार्यक्रममा बढैयाताल गाउँपालिका प्रमुख हिमालय त्रिपाठी १८ औं पटक, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, उद्योग वाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछाने १९औं पटक, अपाङ्गता समन्वय समिति बढैयातालका अध्यक्ष दलबहादुर सुनार ६औं पटक, रक्तक रक्तदाता पवन जायसवाल १०२ औं पटक, ईलाका प्रहरी कार्यालय बढैयातालका प्रमुख प्रहरी निरीक्षक राजेश साहू १३ औं पटक, प्रसनि दिनेश भण्डारी २ पटक, प्र.ह. राजकुमार थारु, टोपेन्द्र साउद, प्र.ज. गीता केसी, शिवप्रसाद आचार्य, राजकुमार थारु, तुलाराम चौधरी, पशुपति ज्ञवाली, रमेश पौडेल, प्रज राजेशप्रसाद पासी, प्रज गोबिन्द बिक, बाबुराम पौडेल, दिपक खनाल, पे्रमबहादुर रोका, अर्जुन वाग्ले, परशुराम थारु, शोबबहादुर थापा, सागर खत्री, नेपाल रेडक्रस सोसाइटी उपशाखा बढैयातालका कोषाध्यक्ष दिपकप्रसाद दाहाल, शिक्षक चर्तुभुज रेग्मी, माधव भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज बढैयाताल समितिका कृष्णबहादुर बिक ७ औं पटक, युवराज पौडेल, बिमल मगर, चिरञ्जिबी पौडेल, माधुराम थारु, नन्दबहादुर बस्नेत, अनिल पाठक, सूर्य भट्टराई, अजयकुमार पाठक, दिनेश्वर सिंह चौधरी, दिलिपकुमार थारु, नयन श्रेष्ठ, पवन श्रेष्ठ, कन्नबीर नेपाली, सन्तोष सार्की, राजेश पन्त, कृष्णप्रसाद अिधकारी, कृतेष जैसी, शेषकान्त धिताल, बिराल थारु, गमबहादुर परियार, कृष्ण बुढाक्षेत्री, धिरन सुनार, दुर्गा केसी, कमल खत्री, सन्तोष भण्डारी, बढैयाताल गाउँपालिका महिला बिकास शाखाकी साबित्रीकुमारी चौधरी, रोहन तिवारी, अमर थारु, ओमप्रकाश बिक, रघुवेन्द्र प्रताप प्रजापति, दिपेन्द्र गैरे, बिमला रिजाल, लक्ष्मी कुमाल, सन्तोष सापकोटा, पुकार पुन, अन्जु केसी, जीवन बिक, यमबहादुर बराइली, गोबिन्द शाह, सम्झना पौडेल श्याम चौधरी लगायत महिला पुरुष गरी ७० जनाले रक्तदान गरेका थिए ।

यसैगरी सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य प्रेमप्रसाद लम्सालले बर्दिया जिल्ला भरिका साथै विभिन्न जिल्लामा रक्तदान कार्यक्रम गराउन शुरुआत गर्नु भएको छ उहाँको ठूलो योगदान रहेको छ ।

सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द रेग्मी, सोमप्रकाश सापकोटा, सुनील रत्गैया, महेश दहित, केशर सिंह डाँगी, बीरेन्द्र योगीले प्राविधिकमा र अन्यमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय सदस्य नेत्रप्रसाद सापकोटा, शिक्षक चतुर्भुज रेग्मी, नेपाल रेडक्रस सोसाइटी उपशाखा बढैयाताल सभापति मोहनलाल रेग्मी, पालिका स्तरीय युवा सञ्जाल बढैयाताल स्वयंसेवक स्वस्तिका खडका लगायतले कार्यक्रममा सहयोग गर्नु भएको थियो भने कृष्णसार बिद्या निकेतनका शिक्षक शिक्षिकाहरुले पनि रक्तदान गरेका थिए प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *