Saturday, April 26सत्यम खबर
Shadow

छानबिनको लागि सशस्त्रका एसपी डाँगी हेडक्वार्टर तानिए

नेपालगन्ज, ९ पुस – सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी बिमल डाँगीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले बोलाएको छ ।
बाँकेमा भैरहेको तस्करी र कुटपिट बिषयमा एसएसपी गंगाराम श्रेष्ठ नेतृत्व समितिले प्रतिबेदन बुझाएपछि एसपी डाँगीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले सोधपुछका लागि बोलाएको हो ।

यस बिषयमा निरन्तर समाचार प्रकाशन भएपछि एसएसपी श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन भएको हो । एसपी डाँगीलाई आज १०ः३० बजे प्रधान कार्यालयमा उपस्थित हुन पत्र पठाएपछि उनी सोमवार बेलुकीको फ्लाइटबाट काठमाण्डौ गएका छन् । बाँकेमा एसपी डाँगीलाई तस्करसंग मिलेर पैसा असुलेको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *