Saturday, April 26सत्यम खबर
Shadow

हुलाक प्रमुख थारुद्वारा सञ्चारकर्मीहरुसित भेटघाट

नेपालगन्ज, १२ चैत – जिल्ला हुलाक कार्यालय बाँकेमा चैत ४ गतेदेखि प्रमुखको जिम्मेवारीमा गजेन्द्र प्रकाश थारु आए लगत्तै लोककल्याणकारी विज्ञापनमा सहभागी बाँकेका १५ जना सञ्चारगृहका सञ्चालकहरुलाई बोलाई परिचयात्मक कार्यक्रम आज सम्पन्न गरेका छन् ।

लोककल्याणकारी विज्ञापन जारी ऐन कानुन बारे जानकारी गराउँदै सञ्चारकर्मीहरुसित सहजकताको लागि कसरी सहकार्य गर्दै जानु पर्ने बारे सुझाव मागेका थिए ।

कालपृष्ट दैनिकका प्रकाशक÷सम्पादक कमल केसीले प्रमुख थारुलाई स्वागत गर्दै अन्य सेवा जस्तै वर्गिकरणमा परेका पत्रिकाको वर्गिकरण प्रमाणपत्र जिल्ला हुलाकबाट नै उपलब्ध गराउन पहलकदमी गर्न सके सहज हुने बताउनुभयो ।

भेटघाट कार्यक्रममा दिप ज्वालाका दिनेशकुमार श्रीवास्तव, प्रभात घोषणाका कृष्णबहादुर मल्ल, गुड न्यूज साप्ताहिकका डक्टप्रसाद धिताल, समाज जागरण साप्ताहिकका चन्द्रेश्वरराज त्रिपाठी, जनमत अद्र्धसाप्ताहिक, दैनिक नेपालगंजका देवेन्द्र पौडेल, आजको सामना साप्ताहिकका अजयकुमार गुप्ता, मिसन टुडेका देवेन्द्र पौडेल, न्यूज यथार्थ साप्ताहिकका अशिषकुमार गुप्ता, लोकप्रिय सन्देशका दिनेश ठाकुर लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *