Friday, April 25सत्यम खबर
Shadow

सावधान ! भारतको लखनऊमा यसरी लुटिन्छन् नेपाली बिरामीहरु

नेपालगन्ज, १३ चैत्र – सावधान ! भारत उत्तर प्रदेशको राजधानी लखनऊमा सञ्चालित कृष्णा सोसाइटीमा नेपालबाट त्यहाँ उपचार गराउन जाने बिरामीहरुलाई लुटिने क्रम जारी रहेको छ ।

लखनऊमा कृष्णा सोसाइटी फर मेडिकल रिलिफ एण्ड रुरल डेभलेवमेन्ट, के.के. इन्स्टिच्यूट अफ पारा मेडिकल साइन्स सञ्चालनमा रहेको छ । 57/88 नविउल्लाह रोड रिभर बैंक कलोनीमा यो अस्पताल सञ्चालनमा रहेको छ । यस अस्पतालमा नेपालबाट अधिकांश बिरामीहरु त्यहाँ उपचार गराउन जाँदा रहेछन् ।

अस्पतालमा उत्कृष्ट प्रकारको योग्य चिकित्सकहरु रहेका छैनन् । अस्पताल अत्याधुनिक र सर्वसुलभ छ । यसकारण कोही नेपाली बिरामी त्यहाँ उपचार गराउन जाँदा के.के. अस्पतालले बाहिरबाट चिकित्सक आफ्नो यहाँ ल्याई त्यहाँ उपचार गर्ने गर्छ । एक किसिमले यहाँ उपचार गराउने ठेक्का नै हुन्छ । सबैलाई जाने बुझेको कुरा हो, लखनऊमा कैयन उत्कृष्ट प्रकारको अस्पतालहरु रहेका छन् । जसमा सेवाको भावले बिरामीको उपचार हुन्छ ।

यसको उदाहरण हो लखनऊको विवेकानन्द अस्पताल । यो अस्पताल रामकृष्ण मिसनबाट दशकौंदेखि सञ्चालित छ । पुरै लखनऊमा मात्र विवेकानन्द अस्पताल हो, जहाँ उत्कृष्ट र सस्तो मूल्यमा रोगी व्यक्तिको उपचार हुन्छ । नेपालका बिरामीहरुलाई सुविधाको लागि अस्पतालले आफ्नो छुट्टै काउन्टर नै सञ्चालित गरेकोले विशेषकर नेपाली व्यक्तिलाई त्यहाँ धेरै नै सुविधाहरु प्राप्त छन् ।

तर के.के. जस्तो अस्पताल ठेक्का पद्धतिबाट बिरामीको उपचार गर्ने गरेकोले यहाँ नेपाली बिरामी दिनहुँ नै लुटिन्छन् भने कही पनि उनको सुनुवाई त्यहाँ हुँदैन । लखनऊमा के.के. जस्तो अस्पताल यसकारण फष्टाएका छन् की यहाँ नेपालगन्जमा यसको ठूलो संख्यामा दलालहरु सञ्चालित छन् । यिनी दलालहरुको काम मात्र नेपालको बिरामी खोजी लखनऊ के.के. अस्पतालसम्म पु¥याउनु हो ।

के.के. अस्पतालका दलाल यहाँ नेपालगन्ज मात्र सक्रिय छैनन्, बरु पहाडी जिल्लाहरु दा·, सुर्खेत, जाजरकोट, सल्यान, रुकुम लगायत विभिन्न अन्य पहाडी जिल्लाहरुमा सक्रिय छन् । यसको अतिरिक्त यहाँ नेपालगन्जमा सञ्चालित रहेको विभिन्न अस्पताल र नर्सि·होमहरुमा कार्यरत तमाम डाक्टरहरुले बिरामीहरुको यहाँ उपचार नगरी ठूलो कमिशन पाउने लोभमा नेपाली बिरामीहरुलाई लखनऊमा पुगी उपचार गराउन सल्लाह दिन्छन् । र उनी डाक्टरहरु आफ्नो सोर्सफोर्स लगाई अस्पतालबाट लखनऊको के.के. अस्पतालमा उपचार गराउन रिफर कार्ड समेत बनाई त्यही उपचार गराउन दवाव पनि दिन्छन् ।

यस्तो कार्यमा नेपालगन्जका डाक्टरहरु मात्र छैनन् । नेपालगन्जको केही मेडिकल पसलेहरुले पनि कमिशनको लोभमा त्यहाँ बिरामी पठाउँदै आएका छन् । नेपालगन्जमा राम्रो उत्कृष्ट प्रकारको चिकित्सा नभएकोले नेपालीहरु अधिकांश लखनऊमा पुगी उपचार गराउन पुग्छन् । राम्रो अस्पताल नपाएपछि उनीहरु के.के. जस्ता अस्पतालमा बाध्यताबस उपचार गराउँछन् र त्यहाँ लुटिन्छन् ।

लखनऊको अधिकांश नर्सि· होम र अस्पतालहरु नेपाली बिरामीको भरमा चलिरहेका छन् । नेपालगन्जमा केही नर्सि· होमहरु भारतको लखनऊको विभिन्न अस्पतालसँग खुलेआम कन्ट्याक्ट सम्म गरेका छन् । यिनी अस्पतालको काम हो नेपाली बिरामीको रिफर कार्ड बनाई भारत लखनऊसम्म पु¥याउनु, जसबाट उनीहरु यही बसीबसी करोडौं रकम कमाउने मौका समेत पाएका छन् । के.के. अस्पताल के.के. सिंहबाट सञ्चालित छ । उनी यहाँको प्रेसिडेन्ट पनि हुन ।

माथिबाट अस्पताल अत्याधुनिक प्रकारको छ तर अस्पताल भित्र योग्य, उत्कृष्ट डाक्टर छैनन, सबै उपचार बाहिरको डाक्टरलाई बोलाई त्यहाँ उपचार गरिन्छ । के.के.बाट लुटिएका तमाम नेपाली बिरामीहरुको गुनासो हामीलाई प्राप्त भएको छ । यसबारे गुनासो गर्नेहरुको सूचि छिट्टै नै अगामी केही समय पछि पुनः प्रकाशित गर्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *