Wednesday, April 30सत्यम खबर
Shadow

कृष्णसार एफएम १७ औं वर्षमा प्रवेश

नेपालगन्ज, १५ चैत – कृष्णसार एफएम ९४ मेगाहर्ज विहिबारदेखि १७ औं वर्षमा प्रवेश गरेको छ । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले प्रसारण सुरु गरेको थियो ।

वदलिदो प्रविधिको उपयोग गर्दै कोभिड महामारीपछिको आर्थिक मन्दी लगायत विविध समस्याका वीच सकेसम्म अधिकतम् स्रोताको आवश्यकता र भावना समेट्ने प्रयासमा आफुहरु लागि रहेको कार्यकारी निर्देशक तुला अधिकारीको भनाई छ । एफएमले हाल अत्याधुनिक डिजिटलमैत्री स्टुडियोबाट उत्पादन तथा प्रसारण गरिरहेको छ ।

२ हजार वाट क्षमताको अत्याधुनिक डिजिटल ट्रान्समिटरबाट प्रसारण सेवा दिइरहेको यस क्षेत्र कै सबै भन्दा बढि प्रसारण क्षमताको सामुदायिक रेडियो कृष्णसार एफएमले अत्यधिक माया र साथ दिएर यस क्षेत्र कै सर्वाधिक लोकप्रिय रेडियोको रुपमा उभ्याउनु हुने सम्पूर्ण आदरणीय स्रोता, सुभेच्छुक, विज्ञापनदाता, सहयोगी र एफएम परिवारलाई बधाई र धन्यबाद दिएको छ ।

समाचार वुलेटिन पश्चिम डायरी, लोक गीतको कार्यक्रम भञ्ज्याङ, सकारात्मक सन्देश सहितको कार्यक्रम मर्निङ शो, अवधी भाषाको कार्यक्रम घरअँगना, अधिकार र कानुनी सचेतना सम्बन्धि कार्यक्रम रेडियो इजलास, समसामयिक कार्यक्रम ताजा सवाल लगायतका कार्यक्रमले स्रोताको मन जितेका छन् ।

कृष्णसार एफएमले विषयवस्तुको गहिराईमा पुग्न दैनिक रेडियो पत्रिका वीटन्यूजको अभ्यास नेपाल मैं पहिलो पल्ट गरेको थियो । पश्चिम नेपालका समग्र खबरहरुको संगालो पश्चिम डायरीको अभ्यास पहिलो पल्ट सुरु गरी सामग्रीमा क्षेत्रीय साझेदारी गर्ने नवीनतम प्रयोग कृष्णसार एफएमले गर्यो । रियालिटि शोका रुपमा कृष्णसार आइडलको नयाँ प्रयोग, जनता र जवाफदेहिलाई एक साथ उभ्याउनका लागि पश्चिम सरोकार, खेती किसानी, स्वास्थ्यका लागि रेडियो बहस जस्ता सूचना र चेतनामुलक कार्यक्रम पनि अत्यधिक स्रोताले रुचाएका मध्ये पर्दछन् ।

कृष्णसार जत्तिकै तेज स्लोगानका साथ १६ वर्ष अघि समुदायका लागि सञ्चार अभियान नेपालद्वारा स्थापित कृष्णसार एफएमले नेपालगन्जको सशक्त सञ्चार गृहको पहिचान बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *