
जागेश्वर थारु
नेपालगन्ज, १३ चैत्र – बाँके जिल्ला चना उत्पादनमा देश कै पहिलो जिल्ला रहको छ । धान उत्पादन पछि लगाइने दलहन बाली मध्ये चना सबभन्दा धेरै बाँकेमा लगाउने किसानहरु रहेका छन् । लुम्बिनी प्रदेशमा चना ३ हजार ५ सय ४९ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ भने नेपाल भर दलहन बाली अर्थात कोसेबाली नेपालको कुल क्षेत्रफल मध्ये दलहन बाली ३ लाख ३४ हजार ५ सय ५० हेक्टर क्षेत्रफल लगाइने गरेको कोसेबाली अनुसन्धान कार्यक्रम खजुराका प्रमुख डाक्टर अनिल पोख्रेलले बताए ।
डा. अनिल पोख्रेलका अनुसार यस्ता छन् उत्पादन र फाइदाहरु ः चना एक प्रकारको दाल अर्थात् गेडागुडी अन्तर्गत गर्ने बाली हो । चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ । रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खानाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक रहेको पाइन्छ ।
चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम लगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् । चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो । एक–दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ, डायबेटिज हुन पाउँदैन । चना भिजाएको पानीले अनुहार धुने गरेमा अनुहार चम्किलो हुन्छ । रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नले पत्थरीको समस्या देखापर्ने जोखिम कम हुन्छ । पत्थरीको समस्या देखा परिसकेको छ भने यसो गर्नले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ । चना पिठोको रोटी खानाले पेट सफा रहन्छ ।
१. चना बाली लगाउने उपयुक्त समय कुन हो ?
तराई क्षेत्रमा कार्तिकको पहिलोदेखि दोश्रो साता चना खेतीको लागि बीउ छर्नु उपयुक्त समय मानिने कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँकेका प्रमुख डा.अनिल पोख्रेलले बताउनु हुन्छ । यो समय भन्दा ढिलो चना लगाउँदा तराईमा फाल्गुन महिना मै तापक्रम बढ्ने भएकाले राम्रो तरिकाले कोसको वृद्धि विकास नहुँदै जवर्जस्ती वा छिटै पाक्ने गर्दछ ।
२. चना छर्ने उपयुक्त तरीका के हो ?
झारपात निकाल्न सजिलो बनाउनको लागि र उपयुक्त बोट संख्या कायम राख्नको लागि बीउलाई जमिनको मलिलोपना हेरि ४० देखि ५० से.मी. फरकको लाइनमा पातलो गरि वा ७ देखि १०५ से.मी. फरकमा बीउ खसाली ३ देखि ५ से.मी. गहिराईमा रोप्नु पर्दछ ।
३. चना लगाउने बाली प्रणाली कस्तो हुन्छ ?
धान–चना एकल, चना घुसुवा (रिले वाली) । बाँके जिल्लामा धान काटेपछि एकल बाली वा धान काट्ने बेलामा चना छरेर घुसुवा बालीका रुपमा लगाउने गरिन्छ । धान खेतमा वेशी क्षेत्रमा यसरी नै लगाउन सकिन्छ । यस बाहेक मध्य पहाडमा मकै वा भटमास वा मकैं भटमास पछि पनि चना एकल बालीका रुपमा लगाउन सकिन्छ ।
४. चना बालीका नया“ जातहरु कुन हुन र यिनका मुख्य विशेषताहरु के छन् ?
यस बालीमा नयां सिफारिस भएका (२०६४ सालमा) जातहरु तारा र अवरोधी हुन । यिनीहरु १३५ दिनमा पाक्दछन् र यिनीहरुले सरदर १.३–१.४ टन प्रति हेक्टर उत्पादन दिन्छन् । पुराना जातहरु भन्दा यिनीहरु चांडै पाक्ने जातहरु हुन् ।
५. चनाबालीका लागि हालसम्म सिफारिस भएका जातहरु के के हुन ?
चना बालीमा हालसम्म सात जातहरु कृषकका लागि सिफारिस गरिएका छन् । ती हुन धनुष, राधा, सीता, कोशेली, कालीका, तारा र अवरोधी । यी सबै जातहरु बाँके लगायत तराई तथा मध्य पहाडको बेशी क्षेत्रमा लगाउन सकिने कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँकेका प्रमुख डा. अनिल पोख्रेलले बताउनु हुन्छ ।
६. चना खेतीका लागि कस्तो माटोलाई सुहाउंदो मानिन्छ ?
धेरै किसिमको माटोमा चना खेती गर्न सकिन्छ । तथापि बलौटे दोमट माटो यसका लागि उपयुक्र मानिन्छ । घुलनशिल नुन रहित र न्युटूल पि.एच. भएको माटो चना खेतीका लागि आवश्यक छ ।
७. चनाको खेती कस्तो हावापानी भएको क्षेत्रमा गरिन्छ नेपालमा कुन क्षेत्रमा उपयुक्त छ ?
चना हिउंदे बाली हो । तर धेरै चिसो र हिंउ खेप्न सक्दैन । फुल खेल्ने वेलामा हिउँ पर्यो भने दाना लाग्न सक्तैन । वार्षिक ६००–९०० एम.एल. वर्षा हुने क्षेत्र यसका लागि अनुकुल मानिन्छ । साधारण तया यो बाली बर्षाकै भरमा गरिन्छ । तर हिउ“दमा पानी परेन भने फुल फुल्नु अगाडी एक पटक सिंचाई दिनु अनिवार्य नै हुन्छ । नेपालमा बाँके लगायत तराई तथा मध्य पहाडका बेशी क्षेत्रमा यो बाली लगाउन सकिन्छ ।
८. चना बालीमा सिंचाई गर्नु पर्दछ कि पर्दैन ?
चना साधारणतया आकाशे पानीको भरमा गरिने खेती हो । तर चिस्यानको अवस्था हेरी सिंचाईको निर्णय लिनु पर्दछ । हिउ“दमा पानी परेन भने फुल फुल्नु भन्दा अगाडी एक पटक र दाना लागिरहदा अर्को पटक गरी दुई पटक सिंचाई गर्नु आवशयक हुन्छ । तर सिंचाई गर्दा जमिनमा पानी जम्न भने दिनुहुँदैन । चिस्यान नभएको अवस्थामा चना छर्नु भन्दा अगाडी सिंचाई गरी जमिन जोती आवश्यक चिस्यानको ब्यवस्था गरेर मात्र छर्नु पर्दछ ।
९. चना खेतीका लागि गोडमेल कहिले र कसरी गर्न उपयुक्त हुन्छ ?
वीउ छरेको २५–३० दिन भित्र गोडमेल गरी सक्नु पर्दछ । रासायनिक तरिकाले झारपात नियन्त्रण गर्दा पेन्डिमेथालिन भएको बिषादी जस्तैः स्टम्प ३०, ३ देखि ४ एम.एल. प्रति लिटरपानीका दरले चना छरेकोे दोस्रो दिन माटोमा छर्दा कम खर्चमै झारपात नियन्त्रण गर्न सकिन्छ ।यस पश्चात २५ देखि ५० दिनमा फाटफुट भएको झारलाई हातले उखेली दिनु पर्दछ ।
१०. चनाको लागि मलखादको परिमाण कति प्रयोग गर्नु पर्दछ ?
वीउ छर्नु भन्दा करीब दुई हप्ता अगाडीनै ३ देखि ५ क्वीन्टल प्रति कटाका दरले कम्पोष्ट मल प्रयोग गर्न वेश हुन्छ । यस बाहेक ३०० ग्राम यूरिया, ३ के.जी. डि.ए.पी.र १ के.जी. पोटास प्रति कटृाका दरले जमिन तयारीकै समयमा प्रयोग गर्नु पर्दछ । चनामा शुक्ष्ममलको प्रयोग गर्दा उत्पादनमा सकारात्मक असर पर्ने हुँदा शुक्ष्ममल बोरन २५ ग्राम प्रति रोपनी वा १७ग्राम प्रति कट्टा दरले मसुरो छर्नु भन्दा पहिले मसिनो माटोमा मिसाई छर्नु पर्दछ वा बोरनको ०.१ प्रतिशत घोल बनाई चनाको फुलफुल्ने समयमा छर्दा उत्पादन बढाउन सकिन्छ ।
११. चना पाक्ने बेला भएको कसरी थाहा पाउने र काट्ने, चुटने र थन्क्याउंदा अपाउनु पर्ने सावधानी के हो ?
चनाका पातहरु जब राता खैरा रंगको हुन्छन् र झर्न शुरु गर्दछन अनि काट्ने बेला भएको संकते हुन्छ । काटी सकेपछि एक दुई घाम सुकाएर मात्र चुट्ने वा दांई गरेर गेडा दाना सफा गरी भित्र्याउनु पर्दछ । भण्डारण गर्नु भन्दा अगाडी ३–४ घाम राम्ररी सुकाएर मात्र राख्नु पर्दछ । वीउका लागि चिस्यान ९प्रतिशत भन्दा बढी हुनु हुंदैन ।
१२. चनाको कोसामा लाग्ने गवारो कस्तो हुन्छ ? यसको क्षति कसरी थाहा पाउने ? र यसको रोकथामका उपायहरु के हुन सक्छन् ?
पूर्ण विकसित लार्भाको रङ्गी विरङ्गी धर्साहरु हुन्छ र रंग बदली रहन्छ । वयस्क पुतली भने हल्का पहेंलो रङ्गका हुन्छन् । लार्भाले कलिला पातहरुबाट खान शुरु गरी कोसामा प्वाल पार्दछ । लाभ्रेले आधा शरीर कोसा भित्र पसाएर खान्छ र एक पछि अर्को गर्दै कोसा तथा दाना सखाप पार्दछ ।
ब्यवस्थापनका उपायहरुः
तलका कुनै एक प्रभावकारी प्रविधि अनुसरण गर्ने ।
– कीरा यौन जन्य आकर्षण पदा्र्थ हेलिल्यूर को प्रयोग गरेर भाले पुतलीलाई समात्न सकिन्छ ।
– मसिनो लाभ्रे देखिनासाथ ल्यासीलस थरिन्जेन्सिस भेराइटी कर्सटाकी को पानीमा मिसिने धुलो एक ग्राम प्रति लिटर पानीका दरले मिसाएर बेलुकी पख छर्ने ।
– न्यूक्लियर पोलि हेडूोसिस भाइरस हेली (एन.पि.भी) को १०० एल.इ.को १ मि.लि. वा २०० एल. ई को ०.५ मि.लि. प्रति लिटर पानीमा मिसाएर बनाएको झोल बेलुकी पख छर्ने । छर्दा २ ३ थोपा निर मिसाई दिएमा प्रभावकारी हुन्छ ।
– निममा आधिरित कीटनाशक विषादीहरु जस्तैः मार्गोसोम ०.१ इ.सी. वा मल्टिनिम ०.०३ इ.सी. ५ मि.लि. प्रति लिटर पानीका दरले बनाएको झोल छर्ने ।
– इमामेक्टिन वेनजोएट ५% (भ्mबmभअतष्ल दभलशयबतभ ५% क्न् प्ष्लन कतबच, ल् कतबच)०.५ मि.लि. प्रति लिटर पानीमा वा क्ष्लमयहअबचद१५.८% इ.सी. ०.७५ मि.लि. पानीका दरले बनाएको झोल छर्ने ।
१३. चनामा आईलाउने रोग (ध्ष्ति) के हो ? यसको लक्षण कस्तो हुन्छ रुर ब्यवस्थापन विधी के हो ?
चनामा ओईलाउने रोग पनि ढुसिजन्य रोग नै हो । यो वेर्ना वा ठुलोबोट दुवै अवस्थामा लाग्नसक्दछ । शुरु अवस्थामा पात पहेंलिन्छ र सुक्न थाल्दछ । वेर्ना बोटनै पहेंलो हुन्छ र सुकेर जान्छ । जरा कालो हुन्छ र सड्दछ ।
ब्यवस्थापन विधीः
रोग सहन सक्ने वा नलाग्ने जात लगाउने । कार्वेन्डाजिम ५०५ डब्लु.पी. (वेभिस्टिन) ३ ग्राम प्रति किलो वीउका दरले उपचार गरेर रोप्ने । वीउ छर्दा गहिरो (८–१० से.मी.) गरी छर्ने । धेरै अगाडी बाली नलगाउने । घुम्ती बाली प्रणाली अपनाउने ।
१४. चनामा कालो जरा कुहिने रोगको लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्ने ?
यो रोग लागेपछि बोट पहेंलो हुन्छ र ओइलाउंदछ । मसिनो जराहरु कुहिएर झर्दछन् र बांकी भएका जराहरु कालो हुन्छन् ।
ब्यवस्थापन विधीः
घुम्ती बाली प्रणाली अपनाउने ।
१५. चनामा फेदमा कुहिने रोगको लक्षण कस्तो हुन्छ र यसको ब्यवस्थापन कसरी गर्ने ?
रोगी बेर्ना वा बोटहरु पहेंला हुन्छन् तर पातहरु ओईलाएका हुंदैनन् । माटोको सतहमा तलतिर बोट कुहिएको हुन्छ र सेतो ढुसीले ढाकेको हुन्छ ।
ब्यवस्थापनका उपायहरुः
– घुम्ती बाली प्रणाली अपनाउने । कार्वेन्डाजिम ५०५ डब्लु.पी. (वेभिस्टिन) ३ ग्राम प्रति किलो वीउका दरले उपचार गरेर रोप्ने ।
१६. चनामा देखिने खैरे रोगको लक्षण कस्तो हुन्छ ? र यसको ब्यवस्थापन कसरी गर्नु पर्दछ ?
फुल कुहेर कोसा नलाग्नु नै रोगको प्रमुख लक्षण हो । शुरु अवस्थामा पातका टुप्पाहरु रङ्गविहिन भएर सुकेर जान्छन् । रोग पैmलदै जांदा बोटको सबै भागमा फुस्रो वा काला खैरा थोप्लाहरु देखा पर्दछन् ।
ब्यवस्थापनका उपायहरुः
चनाको बोट ठाडो हुने जात पातलो गरी लगाउने । कार्वेन्डाजिम ५०५ डब्लु.पी. (वेभिस्टिन) १ ग्राम प्रतिलिटर पानीमा मिसाई फुल फुल्ने वेलामा छर्ने ।