Thursday, June 12सत्यम खबर
Shadow

गाैरव स्मृतिद्वारा “ठुलाे मंगलबार” प्रसाद वितरण

नेपालगन्ज, ३० बैशाख – गाैरव स्मृति तथा बी याेर सेल्फ फाउण्डेशनद्वारा आज मंगलबारका दिन बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

 

प्रत्येक वर्ष झै यश वर्ष पनि ज्येष्ठ महिनाकाे पहिलाे ठुलाे मंगलबारका दिन भक्तजनहरूमा गाैरव स्मृतिद्वारा बृहत् प्रसाद वितरण कार्यक्रम गरिएकाे संरक्षक प्रदीप शाहले बताउनु भयाे ।

ठूलाे मंगलबारकाे महत्व :

हिन्दू धर्ममा ठूलाे मंगलको ठूलो महत्व छ । यस दिन हनुमान जीको पूजा गरिन्छ। बृहत् मंगलको अवसरमा हनुमानजीको पूजा–आराधना गरी गरिबलाई खाना खुवाउँदा पुण्य प्राप्त हुन्छ ।

ठूलाे मंगल भगवान हनुमानको पूजा गर्नको लागि उत्तम मानिन्छ। बडा मङ्गल हरेक जेठ महिनाको मंगलबार मनाइन्छ ।

 

जेष्ठ महिना हिन्दू नयाँ वर्षको तेस्रो महिना हो। यस महिनामा कुल ४ प्रमुख मंगल ग्रह रहनेछन्, जसमा हनुमान जीको पूजा गर्नाले धेरै समस्याबाट बच्न सकिन्छ । अशुभ मंगल पर्वमा हनुमानको पूजा गर्नाले धेरै संकटबाट मुक्ति मिल्छ ।

हनुमान जीले जेष्ठ महिनामा भगवान श्रीरामलाई पहिलो पटक भेटेका थिए भन्ने मान्यता छ । त्यसैले यस महिनाको मंगलबारलाई ठूलाे मंगल भनिन्छ ।

जेठ महिनाको ठूलाे मंगल पर्वमा दानको विशेष महत्व रहेको छ । यस समयमा हनुमान जी खाँचोमा परेकाहरूलाई आवश्यक चीजहरू दान गरेर प्रसन्न हुन्छन्।

ठुलो मंगल पर्वको अवसरमा भंडाराको आयोजना गर्नाले हनुमानजीले आफ्ना भक्तजनमा आशिर्वाद राखेर हरेक संकट र दुःखको अन्त्य गर्ने जनविश्वास रहेको छ ।

प्रसाद वितरण कार्यक्रम नेत्र ज्याेति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा स्थित रहेकाे विनायक मेडिकल हलकाे सामुन्ने सम्पन्न गरिएकाे थियाे भने प्रसाद वितरण कार्यक्रममा साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, गाैरव स्मृतिका अध्यक्ष मधु शाह, करण साहु, विजय काेरी, शिवम् गुप्ता, सुखराम ठाकुर, शिवम् शाह, मुंशी हज्जाम लगायत कार्यसमितिका पदाधिकारी, सहयाेगीहरूकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *