
नेपालगन्ज, २ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा पुर्ब खेलाडी समाज बाँकेको आयोजनामा यही जेष्ठ ९ र १० गते ब्याडमिन्टन तथा जेष्ठ १६ देखि १८ गतेसम्म भलिबल प्रतियोगिता हुने भएको छ ।
आज पत्रकार सम्मेलन गर्दै पूर्व खेलाडी समाज बाँकेद्वारा जानकारी गराउँदै उहाँहरुले – खेलकुद जीवनमा महत्वपुर्ण योगदान पुर्याउनु भएका पुर्ब खेलाडीहरुलाई एउटै मञ्चमा गोलबद्ध गरि उनीहरुको हकहित र संरक्षण गर्नका साथै खेलकुद क्षेत्रको सम्बर्धन गर्ने उद्देश्यले बिधिवत रुपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा २०८१ साल पौष १६ गते पुर्ब खेलाडी समाज बाँके दर्ता गराईएको बताए । संस्था दर्तासंगै हामीले यस बर्ष नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा अण्डर–१५ ब्वाईज सिंगल र मेन्स डबल बी लेबल ब्याडमिन्टन प्रतियोगिता तथा बिधालय स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने जमर्को गरेको जनाएका छन् ।
नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आगामी जेष्ठ ९ र १० गते ब्याडमिन्टन तथा जेष्ठ १६ देखि १८ गतेसम्म भलिबल प्रतियोगिता आयोजन गरिने समेत जानकारी गराए । ब्याड्मिन्टनमा ३ लाख पचास हजार तथा भलिबल खेलमा ४ लाख पचास हजार गरि करिब ८ लाख रुपैया लाग्ने अनुमानित बजेट रहेको बताउँदै ब्याडमिन्टन अण्डर–१५ मा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ५ हजार र दुई हजार पाँच सय तथा मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने बताएका छन् ।
त्यस्तै भलिबलमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय र तृतीय हुने टीमलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार रहने जानकारी गराए । पुरस्कार राशीमा सरकारी नियम अनुसार कर कट्टी गरिने जानकारी गराउँदै बिजयी खेलाडीहरुलाई नगद पुरस्कारका साथै प्रमाणपत्र, पदक, कप र ट्रफीसमेत प्रदान गरिने जनाए । नक आउट प्रणालीमा खेलाईने प्रतियोगितामा भलिबलतर्फ महिला र पुरुष गरि २५ वटा टीम तथा ब्याडमिन्टनतर्फ ७५ जना खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जनाएका छन् ।
उक्त खेलमा निःशुल्क प्रवेश रहेको प्रतियोगिता सभ्य र भब्य रुपमा सञ्चालन गर्नका लागि प्रतियोगिता सञ्चालन समिती, निर्णायक समिती, मञ्च ब्यवस्थापन समिती लगायतका विभिन्न समितीहरु समेत गठन गरिने जनाएका छन् । सम्पूर्ण खेलप्रेमी, सहयोगहरुलाई प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा उपस्थितीका लागी पुर्ब खेलाडी समाज बाँकेका कावा अध्यक्ष निजामुद्दिन सिद्दिकीले हार्दिक अनुरोध गरेका छन् ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस