Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

१८ नं. वडा १ करोड ३० लाख ६२ हजार बजेटसहित कृषि, शिक्षा, स्वास्थ्य, विकास निर्माणतर्फ केन्द्रित हुने……

१८ नं. वडा १ करोड ३० लाख ६२ हजार बजेटसहित कृषि, शिक्षा, स्वास्थ्य, विकास निर्माणतर्फ केन्द्रित हुने……

आर्थिक, आस्था, खेल, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को वार्षिक योजना तर्जुमा तथा वडा भेला आज शनिबार नेपालगन्जमा भब्यरुपले सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक योजना तर्जुमा तथा वडाभेलाको अध्यक्षता वडाअध्यक्ष दिपककुमार बर्माले गरेका थिए । गत आर्थिक वर्ष २०८१/०८२ को कार्य प्रगति प्रतिवेदन सार्वजनिक गर्दै वडाअध्यक्ष बर्माले पाटेश्वरी आधारभूत विद्यालय, भेरी स्पोटस क्लब तथा कारकाँदो स्पोर्ट क्लबलाई खेलकुद सामाग्री वितरण, वडाबासीका लागि स्वास्थ्उय बिमा कार्यक्रम, दाह संस्कार तथा मृत्यु संस्कार, तिरुपति बालाजी मन्दिर निर्माण, शिव पार्वती मन्दिर सत्संग भवन निर्माण, कालीमाता मन्दिर निर्माण, फोहोर व्यवस्थापनका लागि ट्याक्टर खरीद, मानव धर्म सेवा समितिमा सिसिटिभि जडान, वडाको विभिन्न टोलमा पिसिसि तथा स्तरोन्नती, ...
६५ लाख ५२ हजारको बजेट तर्जुमा गर्दै ७ नं. वडा भेला सम्पन्न

६५ लाख ५२ हजारको बजेट तर्जुमा गर्दै ७ नं. वडा भेला सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ ले वार्षिक योजना तर्जुमा तथा वडा भेला आज सम्पन्न गरेको छ । वडाअध्यक्ष प्रशान्त श्रेष्ठद्वारा वडाको वार्षिक बजेटमा शिक्षा, स्वास्थ्यलाई प्राथमिकता साथ राखेर वडाको बजेट विनियोजित गर्ने बताउनुभयो । वडाअध्यक्ष श्रेष्ठ यस आर्थिक वर्षमा प्राप्त ६५ लाख ५२ हजार बजेटमा अति विपन्न विद्यार्थीहरुको लागि छात्रवृत्तिका साथै वडा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजित गर्नुका साथै वडाबासीहरुद्वारा प्राप्त सल्लाह सुझाव अनुसार बजेट बिनियोजित गरिने बताउनुभयो । वडा भित्र रहेको स्वास्थ्य शाखा बारे संक्षिप्त भनाई राख्दै वडा स्वास्थ्य प्रमुखले बजेट सीमित भएता पनि स्वास्थ्यलाई विशेष ध्यान राखी थप बजेट प्रदान गर्नुपर्ने भनाई राखेका छन् । वडा नं. ७ का वडाबासीहरुद्वारा वडाध्यक्षले गरेका कार्यहरु बारे सकारात्मक टिप्पणी गर्नुका साथै छुटेक...
छात्रा प्रोत्साहन कार्यक्रम अन्तर्गत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्तर्गत डुडुवाद्धारा साइकिल वितरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ६ असार – डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्तर्गत एसइई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्तर्गतका सामुदायिक तथा नीजि विद्यालयहरुका छात्रालाई साइकिल वितरण गरिएको हो । २०८० सालमा एसइइ पास गरेका गाउँपालिकाका ८ वटा विद्यालयका ४१ जना छात्रालाई साइकिल वितरण गरिएको शिक्षा शाखाका स्रोतव्यक्ती राम एकबाल मण्डलले बताउनुभयो । पालिका कार्यालयमा आयोजित एक समारोहका विच साइकिल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको भन्दै उच्च शिक्षा हासिल गर्न टाढा तथा बजारसम्म आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको सम...
शीला मोटर्सको चौंथो शाखा नेपालगन्जमा

शीला मोटर्सको चौंथो शाखा नेपालगन्जमा

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असार – शीला मोटर्सले शाखा विस्तार गर्दै बाँकेको नेपालगन्जमा नयाँ विक्री कक्ष शुरु गरेको छ । शुक्रवार लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले रा“झा चोकस्थित नयाँ विक्री कक्षको उदघाटन गरेका हुन् । उदघाटन कायक्रममा पूर्व मन्त्री खत्रीले विद्युतीय सवारीसाधनको माग वढनु सकारात्मक भएको बताएका छन । वातावरण प्रदुषण र इन्धन खपत कम गर्न विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ थियो । उनले सेवा विस्तारसंगै गुणस्तरमा विशेष ध्यान दिन र यातायात ब्यवसायीलाई दीर्घकालीन रुपमा साथ दिन शशीला मोटर्सलाई सुझाव दिएका छन् । कार्यक्रममा विशिष्ट अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले नेपालगन्ज र कोहलपुर क्षेत्रमा पछिल्लो समय इभी गाडिको प्रयोगमा बढोत्तरी भएको बताए । आगामी दिनमा यो संख्या अझै बढने भएकाले ग्राहकको रुची अनुसारको सेवा प्रवाह गर्नु आ...
फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असार – नेपालगन्जका फोटोग्राफरअमित रावलले चौथो नेपालगन्ज फोटो फेस्टिवलकोपिपुल्स च्वाइस अवार्ड प्राप्त गर्न सफल भएका छन् । रावलले बर्दियाको बढैयातालमा खिचेको रेडसांक प्रजातिको चराहरुको फोटोले इसेवा भोटिङमा सर्वाधिक ६ हजार ७ सय ७७ भोट प्राप्त गर्दै ५० हजार १ सय ११ रुपैँया राशीको पुरस्कार सहित पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्न सफल भएको हो । अन्तरालको आयोजनामा भएको फेष्टिवलमा राष्टिूय फोटो प्रतिस्पर्धाबाट टप ३१ मा पर्न सफल फोटोहरु भोटिङका लागि इसेवामा राखिएका थिए । अर्वाड प्राप्त गरेपछि फोटोग्राफररावलले पुरस्कारले फोटो खिच्न र संरक्षणको काममा आफुलाई अझै प्रोत्साहित गरेको बताए । पुरस्कारको केही राशी परोपकारी काममा लगाउने बताउदै उनले भने ‘कोहलपुरका मृगौला रोग पिडित फिरोज बक्सलाई यस पुरस्कारबाट १० हजार रुपैँया दिने उद्घोष गर्दछु ।’ फेष्टिबलको समापन कार्यक्रमका प्रमुख अतिथी ...
बजेट कार्यान्वयनमा समस्या: सरकार असक्षम कि योजना विहीन ?

बजेट कार्यान्वयनमा समस्या: सरकार असक्षम कि योजना विहीन ?

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार
रमेश कुमार बोहोरा मितिः २०८२ असार ६ गते, शुक्रबार चालु आर्थिक वर्ष २०८०/०८१ सकिन अब केही दिन मात्र बाँकी हुँदा मुलुकको बजेट कार्यान्वयनको अवस्था फेरि एकपटक आलोचना र चिन्ताको विषय बन्न पुगेको छ । नेपालको संघीय संसदीय व्यवस्थाको कार्यान्वयन र सरकारको संरचनात्मक बलियोपनका बाबजुद पनि विकास खर्चको गति आशानुकूल देखिएको छैन । यस आर्थिक वर्षमा सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेजस्ता संसदका दुई ठूला दल मिलेर गठन गरिएको सरकारको अपेक्षित प्रभाव बजेट कार्यान्वयनमा नदेखिनु सरकारप्रतिको जनआस्थामा गम्भीर प्रश्न खडा गरिरहेको छ । यो अवस्था केवल संयोग वा समयको अभावले भएको होइन बरु संरचनागत समस्या कार्यान्वयन तहको लाचारी तथा नीतिगत अलमलको प्रतिबिम्ब हो । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि पुँजीगत खर्च अत्यन्त कमजोर देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित ३ खर्ब ५२ अर्ब रुपैयाँ ...
पत्रकार रामचन्द्र बस्नेतमाथि गालीगलौज र ज्यान मार्ने धम्कीप्रति महासंघको कडा भर्त्सना

पत्रकार रामचन्द्र बस्नेतमाथि गालीगलौज र ज्यान मार्ने धम्कीप्रति महासंघको कडा भर्त्सना

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाडौं, ५ असार – तामाकोसी सन्देश साप्ताहिकका प्रकाशक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व कोषाध्यक्ष वरिष्ठ पत्रकार रामचन्द्र बस्नेतमाथि विन मिडिया प्रा.लिमा कार्यरत लिला थापाद्वारा गरिएको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले एक विज्ञप्ति जारी गर्दै उक्त घटना केवल व्यक्तिगत रिसइवी वा असहिष्णुताको परिणाम नभई स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष हमला भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको आपत्तिजनक व्यवहारले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमा गम्भीर आघात पुर्‍याएको छ, जुन कुनै हालतमा स्वीकार्य छैन ।” शाखाका अनुसार पत्रकार बस्नेतले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गरिरहेका बेला अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएक...
वडाअध्यक्ष बर्माद्वारा शिलान्यास गरिएको विकास निर्माण कार्य धमाधम सम्पन्न हुँदै…

वडाअध्यक्ष बर्माद्वारा शिलान्यास गरिएको विकास निर्माण कार्य धमाधम सम्पन्न हुँदै…

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को विकास निर्माण कार्यहरु धमाधम सम्पन्न हुँदै गर्दा स्थानीयहरुद्वारा खुशी व्यक्त गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार शर्माद्वारा विगत केही महिना अगाडी वडा भित्र संघीय, प्रदेश तथा स्थानीय तह गरी तिनै ठाउँको बजेटको उपयोग गरी वडा भित्र धेरै ठाउँमा शिलान्यास गरिएको थियो । उक्त शिलान्यास गरिएको स्थानहरुमा हाल विकास निर्माणका कार्यहरु सम्पन्न हुँदै गर्दा स्थानीयहरुले खुशी व्यक्त गर्दै वडाअध्यक्ष बर्मालाई धन्यवाद ज्ञापन गरेका छन् । सोही क्रममा नेपालगन्ज वडा नं १८ कारकाँदौं राधाकृष्ण टोलमा पीसीसी सडक निर्माण कार्य तिब्र गतिमा अगाडि बढ्नुका साथै यही असार २४ गते भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने ठेकेदारको भनाई रहेको छ । यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित ओम शान्ति...
मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार
रमेश कुमार बोहोरा मिति : २०८२ असार ४ गते, बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति निर्माणको प्रक्रिया आरम्भ गरिसकेको छ । प्रारम्भिक बहसहरू सुरु भइसकेका छन् तर मूल प्रश्न भने यथावत् छ के नेपालले स्वतन्त्र, वैज्ञानिक र देशको आर्थिक यथार्थमा आधारित मौद्रिक नीति ल्याउन सक्ला ? नेपालजस्तो आयातमुखी र विकासोन्मुख अर्थतन्त्रमा मौद्रिक नीति कुनै अमूर्त दस्तावेज होइन । यो वित्तीय स्थायित्व, मुद्रास्फीति नियन्त्रण, ब्याजदर व्यवस्थापन, रोजगारी सिर्जना र समग्र लगानी वातावरणलाई प्रभाव पार्ने नीतिगत औजार हो । तर हालसम्मको अभ्यासले मौद्रिक नीतिको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ । विनिमय दर भारतीय रुपैयाँसँग स्थिर (पेग) भएको अवस्थामा नेपालले स्वतन्त्र मौद्रिक नीति सञ्चालन गर्न सक्दैन । यो संरचना परिवर्तन नगरेसम्म मौद्रिक नीतिको कक्षा सीमित नै रहनेछ ...
‘बैङ्कसम्म कृषकको पहुँच पुर्याउन अभियान चलाईने’

‘बैङ्कसम्म कृषकको पहुँच पुर्याउन अभियान चलाईने’

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बुटवल, ३ असार – कृषि उत्पादन बृद्धिका लागि साना किसानहरुको पहुँच बैंक सम्म पुर्याउँदै लगानीलाई सरल र सहज बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । उनीहरुले सबैले अभियान नै चलाएर कृषकको पहुँच बृद्धि गर्नु पर्नेमा जोड दिएका हुन् । हेफर ईन्टरनेशनल नेपालको आयोजनामा बुटवलमा आयोजित कार्यक्रममा उपस्थित बैंक तथा वित्तिय संस्थाका प्रमुख, बीमा कम्पनीका प्रमुख र सहकारीका पदाधिकारीहरुले उक्त विषयमा जोड दिएका हुन । सरल र सहज लगानीबाट कृषि उत्पादन बृद्धि गर्न सकिने निश्कर्ष निकालिएको छ । लुम्बिनी प्रदेशमा कृषि उत्पादन बृद्धिका लागि लगानी बढाउन र लगानीको सही सदुपयोग गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन । कार्यक्रमका प्रमुख अतिथी कृषि विकास बैंक लिमिटेडका लुम्बिनी प्रदेश निर्देशक नवराज न्यौपानेले कृषकहरुको उत्पादन परिमाण र गुणस्तर बृद्धि गर्दै बजारीकरणमा जोड दिनका लागि बैंकह...