खल्तीबाट नियुक्ति गरेपछि कसरी हुन्छ सुशासन !
हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्तिको सन्दर्भ विवादमा आयो । अढाई दशकदेखि विभिन्न सार्वजनिक पदमा रहँदै आएका नेताको नातेदार व्यक्ति उक्त पदका लागि सबभन्दा योग्य हुन वा नहुन सक्ने दुवै अवस्था थियो ।
– शंकरप्रसाद अधिकारी
स्वतन्त्र, निष्पक्ष र पारदर्शी विधि तथा संयन्त्रले योग्यता परीक्षण गर्ने पद्धति नहुँदा योग्यता परीक्षण हुन पाएन । यदि उनी सबभन्दा योग्य थिए भने विवादले उनलाई निश्चय पनि अन्याय भयो ।पद्धति हुन्थ्यो भने न्यूनतम योग्यता र अनुभवसहित दरखास्त दिन सार्वजनिक सूचना जारी हुन्थ्यो । त्यस्तो योग्यता र अनुभव भएका इच्छुकले दरखास्त दिन्थे । योग्यता परीक्षणका लागि लिखित वा व्यवसायिक योजनाको प्रस्तुति वा अन्तर्वार्तामध्ये सबै वा कुनै विधिबाट योग्यता परीक्षण हुन्थ्यो । त्यस्तो परीक्षणले सबभन्दा योग्यको नाम सिफारिस गर्थ्यो । यसरी परीक्षणबाट सर्वोत्कृष्ट भएको व्यक्ति जुनसुकै नेता...









