अतिविपन्न परिवारलाई युनेस्को क्लबद्धारा कुखुराका चल्ला र दाना वितरण
नेपालगन्ज, ६ असोज – बाँकेको नेपालगन्ज, राप्तीसोनारी र नरैनापुरका अति विपन्न तथा पिछिडिएका परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले कुखुरा पालनका लागि चल्ला, दाना र अन्य सामाग्री वितरण गरिएको छ ।कतार च्यारेटी नेपालद्वारा बाँके युनेस्को क्लबमार्फत सञ्चालन गरिएको जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरापालन कार्यक्रमबाट सो सहयोग प्रदान गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको कालाफाँटाका अति विपन्न २८ परिवारलाई कुखुरापालनका लागि प्रति परिवार १ सय ४० वटा कुखुराका चल्ला, ४ बोरा दाना, पानी खुवाउने ड्रम ३ वटा, दाना खुवाउने ड्रम ३ वटालगायतका सामाग्री प्रदान गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याएर उनीहरुलाई सक्षम बनाउनका लागि...









