Monday, March 9सत्यम खबर
Shadow

लकडाउनमाथि पुनर्विचार गर्न अनुरोध

नेपालगन्ज, २५ भाद्र – उपभोग्य एवं अत्यावश्यक उत्पादन तथा बिक्री वितरण कार्य प्रभावित भएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक लकडाउनमाथि पुर्न बिचार गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।


वाणिज्य संघको बिहिबार बसेको बैठकले आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्ण रुपमा हटाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गरेको छ ।
अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वमा बसेको संघको बैठकले उपभोग्य एवं अत्यावश्यक उत्पादनको बिक्री वितरण गर्ने कार्य प्रभावित भएकोको भन्दै असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्ण रुपमा हटाउन तथा शुक्रबार र शनिबारको निषेधाज्ञाको विषयमा पुर्नविचार गर्न जिल्ला प्रशासन कार्यालय, बाँकेलाई पुर्नबिचार गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *