सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट पौडेल सम्मानित
राप्तीसोनारी, २३ भाद्र – राप्तीसोनारी गाउँपालिकाले योजना शाखा प्रमुख बालानन्द पौडेललाई सर्वोत्कृट कर्मचारीको रुपमा सम्मान गरेको छ । निजामति कर्मचारी दिवसको अवसरमा गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले पौडेललाई नगद १० हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । उहाँको कार्यसम्पादन, अनुशासन र सेवाग्राहीलाई गर्ने ब्यवहारको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनु भएको छ ।
यसैगरी गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडाली, सब इन्जिनियर रामबहादुर बुढा, वडा नम्बर ३ का वडासचिव बुद्धिराम भण्डारी, वडा नम्बर ४ का वडासचिव शैलजा चौधरी, स्वास्थ्य चौकी बिनौनाका स्वास्थ्यकर्मी जश्मी बुढाथोकी र कार्यालय सहयोगी मोतिराम ...









