Wednesday, March 11सत्यम खबर
Shadow

समसामयिक विषयमा जिल्ला स्तरिय अन्तर सम्बाद

नेपालगन्ज २८ भाद्र–कोभिड–१९ मा स्थानिय सरकारका समस्या, चुनौती र पहलका लागि नागरिक समाजको भूमिकाका विषयमा आज नेपालगन्जमा अन्तरसम्वाद कार्यक्रम गरिएको छ । अनलाईन भर्चुअल रुपमा भएको कार्यक्रममा स्थानिय तहले कोरोनाको महामारीको व्यवस्थापनमा भोगेका चुनौतीहरु र बन्दाबन्दीको समयमा सेवा प्रवाह गर्दा आएका समस्याका बारेमा छलफल भएको थियो ।


पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले गरेको छलफलमा कोभिड महामारीका कारण शिक्षामा परेकोे असरलाई न्युनीकरण गर्न बालबालिकाहरुको शिक्षण सिकाईलाई निरन्तरता दिन तीन वटै सरकारलाई जिम्मेवार बनाउन नागरिक दबाब आवश्यक रहेको जोड दिइएको थियो । किसानले भोगेका समस्या मलखादको अभाव, कृषि समाग्रीको अभावलाई समाधान गर्न सरकारले लागु गरेको कृषि नीति तथा कार्यक्रमको कार्यान्वयन व्यवहारिक रुपमा प्रभावकारी बनाउनु पर्ने जस्ता सवाललाई सहभागिहरुले उठाएका थिए ।
कार्यक्रममा सेप्टेम्बर महिनालाई सूचनाको हकको महिनाको रुपमा मनाउने बारेमा छलफल भएको थियो । त्यसक्रममा स्थानीय निकायलाई जवाफदेहि, पारदर्शि बनाउन सूचनाको हकलाई प्रयोग गरि व्यापकता दिने प्रतिबद्धता गरिएको थियो । कार्यक्रममा डुडुवा गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, अधिकारकर्मी रविन्द्र कर्ण, बसन्त गौतम, विश्वजित तिवारी, मैमुना सिद्दिकी लगायतले आ आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण अधिकारकर्मी प्रकाश उपाध्यायले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *