Sunday, November 24सत्यम खबर
Shadow

वडाबासीद्वारा बाटो निर्माणमा कमसल सामाग्री प्रयोग गरेको आरोप

नेपालगन्ज, २६ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का विकास प्रेमी नेता जुम्मन खाँको भनाई गलत सावित भएको छ । ४ दिन अगाडी बनाईएको बाटो कमसल सामाग्री प्रयोग गर्दा भत्काउनु परेको स्थानीयहरुले बताउँछन् ।


नेपालगन्ज उपमहानगरपालिका–७ का वडाअध्यक्ष खाँको अटेरी र लापरवाहीले गर्दा बनेको कालोपत्रे सडक चार दिन मै भत्काउन परेको भनाई स्थानीय मोहम्मद बहाव खानले राखे ।
बहाव खानका अनुसार वडाअध्यक्ष खाँलाई बाटो निर्माणमा कमसल सामाग्रीको प्रयोग ठेकेदारले गरेको पटक–पटक जानकारी गराउँदा मेरो फोन नै उठाउन छोडे भनी बताउनुभयो ।
बहाव खानका अनुसार वडा नं. ७ मा हाल गरिएको कालोपत्रे बाटोमा सम्पूर्ण कमसल सामाग्री प्रयोग गरिएको हुँदा हदै ६ महिनाभन्दा बढी बाटो नटिक्ने र उनकै लापरवाहीले वडाको बजेट पुनः बाटो निर्माण मै खर्च हुने देखिन्छ भनी बताउनुभयो ।


यसैगरी, स्थानीय नसिम हलवाईले पटक–पटक भन्दा पनि अटेरी गरेर सडक बनाउँदा अहिले बनेको सडक तोड्नु परेको तथा सडक निर्माण गर्नेहरुले पनि नालाको पानी निकास बन्द गरी सड्क बनाएको हुँदा सडक तोड्नु परेको बताउँछन् । ।
४ दिन अगाडि ४ सय मिटर बाटो कालोपत्रे गरिएको थियोे । बल्लतल्ल सडक बनेर खुसी भएका स्थानीय बाटो भत्काएर छाडिदिएपछि खिन्न् भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र प्रदेश सरकारको बजेटबाट उक्त बाटो पिच भएको थियो । तर लाखौ रुपैयाँ लगानी गरेर बनाइएको बाटो वडाअध्यक्ष खाँका कारण चार दिन मै भत्काएर छाडिएको छ । स्थानीय भन्छन् ‘हतार–हतारमा गरेको कामले समय र बजेट बर्बाद भयो ।’
यसबारे वडाअध्यक्ष खाँको भनाई अनुसार बाटो तल खानेपानीको पाईप भएको हुँदा पानी देखियो, अब हामीले पहिला खानेपानीको पाईप चल दबाएर पुनः कालोपत्रे बाटो बनाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *