भेरी अस्पताल: समाचार संकलनमा रोक
नेपालगन्ज ३० जेष्ठ – भेरी अस्पताल नेपालगन्जमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रबेशमा रोक लगाइएको छ ।कोरोना संक्रमणको हटस्पट मानिएको बाँकेमा कोरोनाको संक्रमण दर घटेपछिको अवस्था बारे बुझन न्युज २४ टिभीका बाँके समाचारदाता भगतराम थारु जाँदा प्रबेशमा रोक लगाईएको हो ।कोरोनाको हटस्पट मानिएको बाँकेमा केही दिन अगाडी कोरोना संक्रमित तिब्र बढेको बाँकेमा संक्रमित दर र अस्पताल आइसुलेशनका बेड रित्तिदै गएको हुनाले बुझ्न जाँदा ड्युटिमा रहेका प्रहरी र गार्डले न्युज २४ टिभीका बाँके समाचारदाता थारु र सगरमाथा गन्तव्य दैनिक, सगरमाथा गन्तव्य डटकमका क्यामरा पर्सन रोहित गोडिया प्रबेशमा रोक लगाएका छन् । पत्रकार आएर अनावश्यक भिडियो खिच्ने भन्दै प्रबेशमा रोक लगाइएको ड्युटिमा खटिएका प्रहरीले भन्नुभयो ।
फाईल फोटो
अस्पतालको बारेमा समाचार संकलनका लागि अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललाई जानकारी र...









