Monday, May 4सत्यम खबर
Shadow

भेरी अस्पताल: समाचार संकलनमा रोक

नेपालगन्ज ३० जेष्ठ – भेरी अस्पताल नेपालगन्जमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रबेशमा रोक लगाइएको छ ।
कोरोना संक्रमणको हटस्पट मानिएको बाँकेमा कोरोनाको संक्रमण दर घटेपछिको अवस्था बारे बुझन न्युज २४ टिभीका बाँके समाचारदाता भगतराम थारु जाँदा प्रबेशमा रोक लगाईएको हो ।
कोरोनाको हटस्पट मानिएको बाँकेमा केही दिन अगाडी कोरोना संक्रमित तिब्र बढेको बाँकेमा संक्रमित दर र अस्पताल आइसुलेशनका बेड रित्तिदै गएको हुनाले बुझ्न जाँदा ड्युटिमा रहेका प्रहरी र गार्डले न्युज २४ टिभीका बाँके समाचारदाता थारु र सगरमाथा गन्तव्य दैनिक, सगरमाथा गन्तव्य डटकमका क्यामरा पर्सन रोहित गोडिया प्रबेशमा रोक लगाएका छन् । पत्रकार आएर अनावश्यक भिडियो खिच्ने भन्दै प्रबेशमा रोक लगाइएको ड्युटिमा खटिएका प्रहरीले भन्नुभयो ।


अस्पतालको बारेमा समाचार संकलनका लागि अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललाई जानकारी र अनुमति लिँदा पनि ड्युटिमा खटिएका प्रहरी र अस्पतालका गार्डले प्रबेशमा रोक लगाएका थिए । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुमन आर्यालसँग पनि मौखिक ३ पटक अनुमति लिएर जाँदा पनि अस्पताल प्रशासनको पास चाहिन्छ भन्दै ४÷५ पटक प्रबेशमा रोक लगाइएको पत्रकार थारुले बताउनुभयो ।
बारम्बार सोधपुछ गरेर जाँदा पनि गेटमा रोक लगाउँदा अनावश्यक दुख दिएको पत्रकार थारुले जानकारी गराउनुभयो । यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग जानकारी गराउँदा भेरी अस्पतालका मेसुलाई जानकारी गराएर जाँदा उपयुक्त हुन्छ भन्ने किसिमको जानकारी आएसँगै मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर प्रकाश थापा बाहिर गएको खबर र उहाँको फोन रिसिभ नभएपछि अस्पताल प्रशासन फाँटमा गएर जानकारी गराउँदा जानुस भन्दिएको छु, कसैले केही भन्दैन भन्दा पनि पुनः जाँदा रोक लगाउने र अनावश्यक दुख दिएकोप्रति चिन्ता लागेको पत्रकार थारुले भन्नुभयो ।
ड्युटिमा रहेका गार्ड, प्रहरी र अस्पतालका कर्मचारीले एक अर्कालाई देखाउने प्रबृत्तिले आफु एकदमै दुख पाएको पत्रकार थारुले जानकारी गराउनुभयो । आफ्नै अगाडी फोन गरेर जान दिनुभन्दा पनि रोक लगाउनु दुख दिने नियत रहेको स्पष्ट बुझिने गरेको पत्रकार थारुले बताउनुभयो ।

यसबारे प्रमुख जिल्ला अधिकार शिवलाल गेलालले भन्नुभयो– ‘समाचार संकलनको लागि कुनै पनि पत्रकारलाई रोक लगाईएको निर्देशन जारी गरिएको छैन । तर विगत केही दिन अगाडी घटेको घटनाबाट जारी गरिएको प्रतिवेदनको आधारमा कोभिड वार्ड आदिमा जाँदा स्वास्थ्य मापदण्ड अपनाएर जान दिने कुरा भएको बताउनुभयो ।’
यसबारे जिल्ला प्रहरी प्रमुख ओमबहादुर रानालाई फोन गर्दा फोन उठेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *