Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

डुडुवामा ७० बुँदे निति तथा कार्यक्रमसहित ६८ करोड बढीको बजेट सार्वजनिक

डुडुवामा ७० बुँदे निति तथा कार्यक्रमसहित ६८ करोड बढीको बजेट सार्वजनिक

CoVid19, अवधी, आर्थिक, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १० अषाढ - डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज बिहीबार बसेको नवौ गाउँसभाले दुई वटा विधियेक, ७० बुंदे निति तथा कार्यक्रम र रु ६८ करोड ६३ लाख ११ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले कोभिड १९ लाई समेत लक्षित गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका ७० बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कोभिड-१९ महामारी नियन्त्रणको लागि कार्ययोजना निमार्ण, शाहपुर्वामा १५ शैय्याको अस्पताल निर्माण, चिकित्सक सहितको स्वास्थ्य सेवा सञ्चालन, संस्कृति, अवधी र उर्दु भाषाको संरक्षण र सम्बद्र्धन गर्न मातृभाषाका सहजकर्ता नियुक्त गरि मातृभाषाको संरक्षण, हरेक वडामा माध्यमिक विद्यालयको स्थापना, दक्ष प्राविधिक नि...
कृष्णनगर नगरपालिकाकाे ८३ कराेडकाे बजेट सार्वजनिक

कृष्णनगर नगरपालिकाकाे ८३ कराेडकाे बजेट सार्वजनिक

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कृष्णनगर , १० अषाढ - कृष्णनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ८३ करोड बराबरको बजेट नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ । बिहीबार कृष्णनगर नगरपालिकाको छैंठाे नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गरिएकाे छ । आ.ब. ०७८/०७९संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण शसर्त अनुदान, राजस्व बांडफांड, समपुरक अनुदान, विशेष अनुदान, माैजदात रकम र ३ कराेड आन्तरिक आय लागत सहभागिताबाट ८३ कराेड ३ लाख ९२ हजार ४८४ बजेट विनियोजन गरिएकाे प्रमख प्रशासकिय अधिकृत विजय बहादुर कार्कीले बताउनुभयाे । यस बर्षमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ तथा आवश्यक पुर्वाधारर केही बहुवर्षिय याेजनाहरुमा बजेट बांडफांट गरिने नगरप्रमख रजतप्रताप शाहले बताउनुभयाे । उनले अबकाे याेजना कार्यक्रममा सामाजिक विकास तर्फ विशेष बजेट विनियोजन गर्ने बताए ।...
उपमहानगरपालिकाको बजेट १ अर्ब ५४ करोड

उपमहानगरपालिकाको बजेट १ अर्ब ५४ करोड

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० अषाढ – नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि १ अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट वजेट ल्याएको छ ।बिहिवार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नु भएको हो । बजेट प्रस्तुत गर्दै उपप्रमुख थापा मगरले नगरका २३ वडाका लागि २८ करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो । नेपालगन्जले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियान कै रुपमा लिई कार्यान्वयन गर्नु अपरिहार्य रहेको जनाएको छ । चालु आव २०७७÷७८ मा नेपालगन्जको कुल बजेट १ अरब ४९ करोड ४२ लाख १७ हजार ५१० रुपियाँको छ । कोभिडका कारण गतवर्ष नेपालगन्जले आन्तरिक आय लक्ष्य अनुसार उठाउन सकेको छैन । कर संकलनमा नेपालगन्ज उद्योग बाणिज्य संघसँग सहकार्य गरिने भएको छ । बजेटमा अनुमानित भन्दा बढि ब्यवसाय कर बृद्धि भएमा ...
चक्रपथ विस्तारका लागि पहल गरिने

चक्रपथ विस्तारका लागि पहल गरिने

CoVid19, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० अषाढ – नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ मा चक्रपथ विकासका लागि आवश्यक पहल गर्ने भएको छ । बिहिवार भएको ९ औं नगरसभामा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख डा. धवलशम्शेर राणाले भौतिक पूर्वाधार विकासमा प्राथकिता दिइएको बताउनुभयो । उपमहानगरपालिकाले सम्पूर्ण वडामा भवन निर्माण कार्यलाई निरन्तरता दिने भएको छ । वडा नम्बर ६ मा क्रिक्रेट रंगशाला निर्माणलाई अगाडी बढाउन आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । वडा कार्यालयहरुलाई पक्कि सडकले जोडिने र सार्वजनिक भौतिक संरचनाहरु निर्माण गर्दा अपांगमैत्री हुने गरि निर्माण गरिने भएको छ । नाला नभएका ठाउँमा नाला र नाला सहितको कालोपत्रे पिसिसी र ग्राभेल गर्ने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सुर्खेतरोडको दायँबायाँ नाला नभएको स्थानमा ब्यवस्थित पक्कि नाला बनाउनक...
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कृष्णनगर, ९ अषाढ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका ८२ जना स्वास्थ्य स्वयंसेविकालाई मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको छ । कृष्णनगर नगरपालिकामा ११५ स्वास्थ्य स्वयंसेविका रहेको जस्मा ८२ जनालाई वितरण गरिएको र छुटेकालाई आगामी बर्षमा निरन्तरता दिने कुरा कृष्णनगर नगरपालिकाले जनाएको छ । साइकल वितरण कार्यक्रमको बजेट आठ लाख रहेको थियो । कृष्णनगर नगरपालिका रहेको पुरानो भवनमा साइकल वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश भौतिक योजना तथा पूर्वाधार मंत्री सन्तोषकुमार पाण्डेयले स्वयंसेविकालाई साइकल हस्तांतरण गरि कार्यक्रमको शुभारंभ गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख रजतप्रताप शाहले गाउँमा स्वास्थ्य स्वयंसेविकालाई सेवा दिन सजिलो हुने उद्देश्यका साथ साइकल वितरण गरिएको बताए । कार्यक्रममा कृष्णनगर नगरपालिका प्रमुख प्रशासक...
सूचना प्रणाली व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

सूचना प्रणाली व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ अषाढ - आयुर्वेद सूचना प्रणाली व्यवस्थापन सम्बन्धि २ दिने तालिम आज विहिवार सम्पन्न भएकाे छ । प्रर्देश सरकार लुम्बिनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्तर्गत बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित २ दिने तालिममा बोल्दै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष जनकराम भण्डारीले तथ्यांकलाई चुस्त दुरुस्त राख्नको निम्ति स्थानिय तहमा जसले रीपोट पठाउँछ उसलाई तालिम आवश्यक रहेको भन्दै नागरिक आरोग्य सेवा केन्द र आयुर्वेद औषधालयहरुले प्रत्येक वडा नगरस्तरीय स्थानिय निकायसँग समन्वय गर्न जरुरी रहेको बताउनु भयो । आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका सदस्य अछरी पोखरेलले तालिममा सिकेका कुरा व्यवहारमा ल्याउनु पर्ने भन्दै आयुर्वेद औषधिको निकै ठूलो महत्व भए पनि अस्पतालको तुलनामा आयुर्वेद अस्पताल ओझेलमा परेकोले स्तर उन्नतीको खाँचो रहेको प...
छितौनी जोड्ने घोरही पुल मंत्री पाण्डेय द्वारा समुद्घाटन

छितौनी जोड्ने घोरही पुल मंत्री पाण्डेय द्वारा समुद्घाटन

CoVid19, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, ९ अषाढ – भौतिक योजना तथा पुर्वाधार मन्त्री सन्तोष पाण्डेयद्वारा कृष्णनगरमा घोरही पुल उद्घाटन गरिएको छ ।कृष्णनगर नगरपालिकाले निर्माण गरेको वडा १ मा पर्ने घोरही नदीमा पुललाई आज विहिबार लुम्बिनी प्रदेशका भौतिक योजना तथा पुर्वाधार मन्त्री पाण्डेयले उद्घाटन गर्नु भएको हो । आर्थिक बर्ष ०७६÷७७ मा बजेट विनियोजन गरि नगरपालिकाको छितुहनी, सिसहनिया लगायतका आधा दर्जन गाउँलाई मुख्य बजार जोड्ने घोरही नालाको पुल निर्माण गरिएपछि स्थानीयहरु हर्षित भएका छन् । बर्षायाममा शिवानगरको श्रीदेवी माविमा पढ्न जाने बिद्यार्थीहरुमा उत्सह थपिएको छ । मन्त्री पाण्डेयले पनि यो पुल निर्माण नगरपालिकाले गरेको छ अब बाटो मैले बनाईदिने प्रतिवद्धता गर्नुभएको छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफू अबिकसित गाउंलाई शहरसंग जोडेर बिकास कार्यलाई तिव्रता दिएको बताउनुभएको । उनले सुरई खोलामा झोलुं...
खजुरा गाउँपालिकाको नीति कार्यक्रम पारित

खजुरा गाउँपालिकाको नीति कार्यक्रम पारित

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ९ अषाढ – खजुरा गाउँपालिकाको नवौं गाउँसभामा अध्यक्ष किस्मतकुमार कक्षपतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पारित भएको छ ।उपाध्यक्ष एकमाया विकको सभाध्यक्षतामा आज बुधबारदेखि शुरु भएको गाउँसभामा अध्यक्ष कक्षपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष कक्षपतिले प्रस्तुत गरेको नीति कार्यक्रममा सभा सदस्य कान्तुराम गौतम, देउमाया थापा, भागीरथ सुनार, डिल्लीप्रसाद रेग्मी, हजुरा बलमे छलफलमा भाग लिँदै सुझाव पेश गरेसंगै नीति कार्यक्रम सर्वसम्मतले पारित भएको हो । अध्यक्ष कक्षपतिले खजुरा समुन्नति मूल आधार उच्च सीपमुलक मानव संसाधनको विकास भएको भन्दै नागरिकको जीवनस्तरमा परिवर्तन गर्न उत्पादन सहयोगी भौतिक पूर्वाधारको विकास गर्ने, कृषि क्षेत्रको व्यवसायिककरण आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाउँदै बहुआयामिक कृषि क्षेत्र विकासको नीति लिने, गुणस्तरीय स्वास्थ्...
स्वास्थ्य स्वयंमसेविकाहरु स्वास्थ्य सामाग्रीसहित समुदायमा सेवा प्रवाह गर्दै

स्वास्थ्य स्वयंमसेविकाहरु स्वास्थ्य सामाग्रीसहित समुदायमा सेवा प्रवाह गर्दै

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, ९ अषाढ – सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुले ५५ सय ५८ जना महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ ।युनिसेफ नेपालको सहयोगमा कपिलवस्तु सहित लुम्बिनी प्रदेशका ६ जिल्ला रुपन्देही, बाके, बर्दिया, दाङ, पश्चिम नवलपरासीका गरि ५९ स्थानिय तहमा रहेका महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको हो ।कोभिड १९ को संक्रमण नियन्त्रण र उपचारमा समुदाय स्तरमा खेलेको भूमिकालाई सम्मान गर्दै थप अझ समुदाय स्तरमा सेवा प्रबाह गर्न सहज होस भन्ने उद्देश्यले सामाग्रीहरु वितरण गरिएको हो । स्वास्थ्य सामाग्री स्वारुप मास्क ,सेनिटाईजर ,साबुन ,फेस शिल्ड र पोषण संग सम्बन्धि सचेताना सामाग्रीहरु वितरण गरिएको सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरेले बताउनुभएको छ । सम्बन्धित पालिकामा रहेका स्वास्थ्य शाखा संग सहकार्यमा...
बैजनाथमा ५०% अनुदानमा बिरुवा बितरण

बैजनाथमा ५०% अनुदानमा बिरुवा बितरण

CoVid19, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
बैजनाथ, ८ अषाढ - बाँके जिल्लाको बैजनाथ गाउँपालिका कृषि शाखाको सहकार्य र राष्ट्रिय कृषक समुह महासंघ नेपालको आर्थिक सहयोगमा बैजनाथ गाउँपालिकाका कृषकहरुलाई ५०% अनुदानमा आज मंगलबारदेखि आँप र लिचिका बिरुवा बितरण शुरु गरिएको छ। बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालको प्रमुख आतिथ्य एवं कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्मा, राष्ट्रिय कृषक समुह महासंघ नेपालका उषा खत्री लगायतको उपस्थितिमा कृषकलाई बिरुवा हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष रुचालले राष्ट्रिय कृषक समूह महासंघ नेपाललाई धन्यवाद दिनुका साथै यो सुनौलो अवसरमा स्थानीय कृषकहरुले लाभ मिल्ने बताउनुभयो । आगामी दिनहरुमा पनि यसरी नै कृषक लक्षित कार्यक्रमलाई निरन्तरता दिन महासंगलाई अनुरोध समेत गर्नु भयो । बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख विश्वकर्माले कृषकलाई उन्नत जातको आँपको बिरुवा ५ वटा र लिचिको बिरुवा ५ वटा ग...