Friday, November 22सत्यम खबर
Shadow

बैजनाथमा ५०% अनुदानमा बिरुवा बितरण

बैजनाथ, ८ अषाढ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका कृषि शाखाको सहकार्य र राष्ट्रिय कृषक समुह महासंघ नेपालको आर्थिक सहयोगमा बैजनाथ गाउँपालिकाका कृषकहरुलाई ५०% अनुदानमा आज मंगलबारदेखि आँप र लिचिका बिरुवा बितरण शुरु गरिएको छ।

बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालको प्रमुख आतिथ्य एवं कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्मा, राष्ट्रिय कृषक समुह महासंघ नेपालका उषा खत्री लगायतको उपस्थितिमा कृषकलाई बिरुवा हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष रुचालले राष्ट्रिय कृषक समूह महासंघ नेपाललाई धन्यवाद दिनुका साथै यो सुनौलो अवसरमा स्थानीय कृषकहरुले लाभ मिल्ने बताउनुभयो । आगामी दिनहरुमा पनि यसरी नै कृषक लक्षित कार्यक्रमलाई निरन्तरता दिन महासंगलाई अनुरोध समेत गर्नु भयो ।

बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख विश्वकर्माले कृषकलाई उन्नत जातको आँपको बिरुवा ५ वटा र लिचिको बिरुवा ५ वटा गरि माग अनुसात ५- १५ वटा बिरुवा प्रतिबिरुवा रु ६० तिरेर लिन पाउने ब्यवस्था गरिएको बताउनु भयो ।
राष्ट्रिय कृषक महासंघ नेपाल बाँकेका कृषि अभियन्ता सचिन मेघनाथले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *