Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

खजुराका किसानलाई मोटर प्रदान

खजुराका किसानलाई मोटर प्रदान

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
खजुरा, ७ अषाढ - खजुरा गाउँपालिकाले लघु उद्यम कार्यक्रम अन्तर्गत १८ जना किसानहरूलाई मोटर वितरण गरेको छ । गाउँपालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा मोटर प्रदान गरिएको हो ।करीब १७ हजार लागत रहेको १ दशमलव ५ हर्ष पावर मोटर २ इन्च पानी फाल्ने बताइएको छ । मोटर हस्तान्तरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले कृषिमार्फत रोजगारी श्रृजना गर्ने उद्देश्यले किसानलाई कृषि सामाग्री वितरण गर्दै आएको बताए ।कार्यक्रममा उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्य भागीरथ सुनार, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिलबहादुर पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, मन्जु खनाल लगायतको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको हो ।...
खजुरामा कुल बजेटको ९० प्रतिशत खर्च गर्ने लक्ष्य

खजुरामा कुल बजेटको ९० प्रतिशत खर्च गर्ने लक्ष्य

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ७ अषाढ – अषाढ महिना लागेपछि नेपाल सरकारको कार्य प्रगति अनुसार देशभरका सम्पूर्ण निकायहरुले आ–आफ्नो निकायमा हुने र गरिने कार्यहरुको प्रगति विवरण बुझाउने गर्दछन् । सोही अनुसार आउने आ.व.मा आर्थिक बजेट विनियोजन समेत गर्ने गर्दछन् ।हाल कोभिड–१९ को चपेटाले पूर्वाधार निर्माणदेखि अन्य क्षेत्रमा समेत यसको असर परेको छैन् भन्न मिल्दैन । तर पनि स्थानीय स्तरमा निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय स्तरबाट हुने पूर्वाधार निर्माण कार्य गरिरहेको पाईन्छ । लेखा अधिकृत प्रदीप सुनार सोही अनुसार बाँकेको खजुरा गाउँपालिकाले ८ वटै पालिकाभन्दा अलि फरक तवरले कार्य गरेको र गरिरहेको तथ्यांकले देखाईरहेको छ । आर्थिक वर्ष अन्तिम अवस्थामा पुगिसक्दा खजुरा गाउँपालिकाले ९० प्रतिशत बजेट खर्च गरिसकेको खजुरा गाउँपालिका लेखाअधिकृत प्रदीप सुनारले बताउनुभयो ।प्रदीप सुनारका अनुसार आ.व. ०७७÷०७८ मा खजुरा गा.पा.को कुल बजेट ८...
अमर प्रहरी स्मारक उद्घाटन

अमर प्रहरी स्मारक उद्घाटन

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ अषाढ – जिल्ला प्रहरी बाँकेको कार्यालय परिसरमा नव निर्मित अमर प्रहरी स्मारकको एक कार्यक्रमका बिच उद्घाटन सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेनाका सेनानी नकुल थापा, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, सशस्त्र प्रहरी उपरीक्षक असोक बम, राष्ट्रिय अनुसन्धान निर्देशक नरेन्द्र गिरि लगायत स्मारक निर्माण समितिका पदाधिकारीहरु तथा स्मारक निर्माणमा सहयोग पु¥याउनु हुनेहरु तथा पुर्व प्रहरी, अशक्त प्रहरीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलालले स्मारक निर्माण समितिलाई धन्यवाद दिँदै अमर प्रहरीको अस्तित्व जोगाई राख्न स्मारक आवश्यक हुने कुरा समेत ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रहरी उपरीक्षक रानाले स्मारक निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहर...
प्रभावकारी नीती र बजेटमा जोड

प्रभावकारी नीती र बजेटमा जोड

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ अषाढ – स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि प्रभावकारी निती, कार्यक्रम तथा प्रयाप्त बजेटको आवश्यक्तामा जोड दिइएको छ । सम्वाद समूह, सचिवालय तल्सीपुर दाङको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनी प्रदेशको सहकार्यमा आज आईतबार सरोकारवालाबीचको भर्चुअल संवादमा सो कुरामा जोड दिइएको हो । स्वास्थ्य क्षेत्रमा बजेटको प्राथमिकीकरण, प्रदेश सरकार र स्थानीय सरकार बिचको समन्वय र बजेटको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा प्रदेशस्तरिय भर्चुअल संवाद गरिएको हो । लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले असार १ गते प्रस्तुत गरेको बजेटमा कोभिड–१९ को रोकथाम र नियन्त्रणलाई प्रभाबकारी बनाउने र स्वास्थ्य सेवामा नागरिकहरुको पहँच बढाउने उल्लेख गरिएको छ ।यसैगरी स्थानीय सरकारले पनि बजेट सार्वजनिक गर्न लागिरहेको स्थितीमा स्वास्थ्य सरोकारवाला र जनप्रतिनीधीबीच संवाद गरि...
डुडुवामा वडास्तरिय योजना धमाधम छनौट हुँदै

डुडुवामा वडास्तरिय योजना धमाधम छनौट हुँदै

CoVid19, अवधी, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ५ अषाढ - संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारी गरिरहेका छन् । बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७८/०७९ को निती तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ । यही अषाढ १० गते बस्ने डुडुवाको नवौं गाउँसभाले निति तथा कार्यक्रम र बजेट ल्याउने भएकाे छ । कोभिड–१९ को संक्रमणको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत, वन तथा वातावरण, विकास निर्माण लगायतका विषयलाई प्राथमिकीकरण गरि यस वर्ष केही ठुला र महत्वपूर्ण योजना ल्याउने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । स्थानीय तहमा योजना छनौटका चरण अन्तर्गत अहिले वडास्तरिय योजनाहरु छनौट भईसकेर आउने क्रम जारी छ भने ति योजना आइसकेपछि विषयगत समितिको बैठकबाट योजना पास हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । उहाँ...
सशस्त्र प्रहरीद्वारा ६० हजार बढी मास्क वितरण

सशस्त्र प्रहरीद्वारा ६० हजार बढी मास्क वितरण

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ अषाढ - नेपालगन्जको जमुनाह नाकामा भारतबाट फर्किने नेपालीहरुलाई ६० हजारबढी मास्क वितरण गरिएको छ । बैशाख २२ गतेदेखि असार ३ गतेसम्मको अवधिमा ६० हजार ५ सय पीस सर्जिकल मास्क वितरण गरिएको सशस्त्र प्रहरीका एसपी अशोककुमार बमले जानकारी गराउनुभयाे । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको मातहत रहेको जमुनाह बिओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले उक्त अवधिमा ६० हजारबढी मास्क, २ सय ७० लिटर सेनिटाइजर, कोभिड विरुद्धका १ हजार १ सय पिस सचेतिकरण पर्चा समेत वितरण गरिएको एसपी बलमे जानकारी गराउनुभयाे । स्वास्थ्य मन्त्रालय युनिसेफ, आधार विकास नेपाल र नेपाल रेडक्रसको संयुक्त सहयोग र सहकार्यमा सशस्त्र प्रहरीले ८ सय एन्टिजेट किट, १० पिस गाउन, २ सय ७२ पिस ग्लोब्स र ४९ पीस फेस माक्स समेत वितरण गरिएको बताए । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि नेपाल सरकारले २२ वटा नेपाल भारत सीमा नाकालाई ब...
वडा सदस्य बर्माकाे पहलमा मन्दिर निर्माण

वडा सदस्य बर्माकाे पहलमा मन्दिर निर्माण

CoVid19, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ अषाढ - बाँकेको जानकी गाउँपालिका वडा नंं.–३ का वडा सदस्य उमेश वर्माको नेतृत्वमा अफ्नो वडा र टोलहरुमा जनताको मन जित्न सफल भएका युवा नेता उमेश वर्माको विशेष पहलमा करमोहना गाउँ स्थित श्री कालीमाई माताको मन्दिर निर्माण गरिएको छ । करमोहना गाउँदेखि ढोढेगाउँ र परसपुर जाने सडकमा जोडिएको छ, वर्माको विशेष सहयोगमा सडक निर्माण भएको छ । कोरोनो महामारीमा पनि रात दिन नभनी जनताको सेवामा निरन्तरता दिएकाेले वडाबासीहरुमा खुशी छाएको छ । बर्मा वडा सदस्य भएतापनि विकास कार्यमा हर समय आफनो पाइला अगाडी बढाउँदै आई रहेका छन् । त्यसकारण जनताहरुले पनि उहाँको माथि विश्वास पनि गरी रहेका छन् ।...
युवा संघले विपतमा वडास्तरसम्मका कार्यकार्तालाई परिचालन गर्ने

युवा संघले विपतमा वडास्तरसम्मका कार्यकार्तालाई परिचालन गर्ने

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ अषाढ - राष्ट्रिय युवा संघ, बाँकेले हुन सक्ने विपतमा खटिन आफ्ना वडास्तरसम्मका कार्यकार्तालाई परिचालन गर्ने भएको छ । युवा संघ बाँकेका अध्यक्ष लिलकवीर सुनारको अध्यक्षतामा बसेको बैठकले बाढी र डुबानबाट हुन सक्ने कुनै पनि अबस्थामा युवा संघका कार्यकर्ता तम्तयार रहन आग्रह गरेको छ । युवा संघका स्थायी कमिटी सदस्य तथा बाँके जिल्ला इन्चार्ज खेमराज शर्माको प्रमुख आथित्यमा भएको बैठकले युवा संघ बाँकेका पूर्व अध्यक्ष डम्बर थापाको असामयिक निधनप्रती दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा युवा संघ बाँकेका पदाधिकारी, नगर तथा गाउँपालिकाका संयोजकहरुको सहभागिता रहेका थिए । अध्यक्ष सुनारका अनुसार कोभिड्विरुधको खोप हरेक बाँकेबासी माझ पुर्याउन केन्द्रिय सर्कुलर बमोजिम बाँकेका ८१ वडामा युवा संघ परिचालन हुनेछ ।...
लोककल्याणकारी विज्ञापनको भुक्तनी पाउनु पर्ने माग

लोककल्याणकारी विज्ञापनको भुक्तनी पाउनु पर्ने माग

CoVid19, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ अषाढ - साप्ताहिक पाक्षिक संजाल बाँकेको आज बसेको बैठकले विभिन्न संचार माध्यमहरुलाई नेपाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनको भुक्तानी रोक्का गरेको प्रति गुनासो व्यक्त गरेको छ ।साप्ताहिक पाक्षिक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा बसेको बैठकले विगत लामो समयदेखि विभिन्न पत्रपत्रिकाहरुलाई सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा गएको साउन महिना प्राय सबै जिल्लामा यातायात बन्द भएका थिए ।नेपालगन्जबाट नियमित पत्रपत्रिका प्रकाशन गदै आएपनि यातायात बन्दभएका कारण रुपन्देहि हुलाक कार्यालयमा समयमा पढाउन कठिन भयो । यस्तो कठिन परिस्थिति र कुनै पनि यातायात नचलेकाे तथा निषेधाज्ञ कामय रहेका कारण उक्त महिनाको विल भरपाइ यातायात खुल्ना साथ रुपन्देहि जिल्ला हुलाक कार्यालयमा पठाइएको भएपनि उक्त रकमको भुक्तानी आ...
नालामा बच्चा खस्दा आमाले हाम फालेर जोगाइन

नालामा बच्चा खस्दा आमाले हाम फालेर जोगाइन

CoVid19, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
समीर अली बेहना नेपालगन्ज, ३ अषाढ - बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको नाका टोलको नागरिकलाई नालामा फोहोर मैला र पानी जम्मा हुँदा सास्ती भएको छ । वर्षाको मौसममा नालामा पानी जम्मा हुँदा नालापारी रहेको घरपरिवारलाई आवतजावत गर्न निकै कठिनाईको सामना गर्नु परेको हुन्छ ।वर्ष २०५२ तिर तत्कालीन मेयर धवल शम्शेर राणाको कार्यकालमा बनाइएको नाला निकै दयनीय अवस्थामा छ । स्थानीयले बताउँछन यो नाला टाँगा स्टेण्ड भएर टण्डन राइस मील तिर जाने गर्थ्यो जबकी मेयर राणाको कार्यकालमा नालालाई घुमाएर हाम्रो टोल तिर बनाइयो । नालामा पानी जम्मा हुँदा आउन जान गाह्रो भएको हुन्छ भने घरको सरसामान समेत पानीले बगाएर लगेको हुन्छ ।एकजना महिलाले भनिन् तीन दिन अगाडि उहाँको ६ वर्षीय छोरो पानीमा डुब्न लागेको थियो । आमाले छोरो डुब्न लागेको देखेर पानीमा हाम फालेर छोरो ...