Friday, November 22सत्यम खबर
Shadow

छितौनी जोड्ने घोरही पुल मंत्री पाण्डेय द्वारा समुद्घाटन

कपिलवस्तु, ९ अषाढ – भौतिक योजना तथा पुर्वाधार मन्त्री सन्तोष पाण्डेयद्वारा कृष्णनगरमा घोरही पुल उद्घाटन गरिएको छ ।
कृष्णनगर नगरपालिकाले निर्माण गरेको वडा १ मा पर्ने घोरही नदीमा पुललाई आज विहिबार लुम्बिनी प्रदेशका भौतिक योजना तथा पुर्वाधार मन्त्री पाण्डेयले उद्घाटन गर्नु भएको हो ।


आर्थिक बर्ष ०७६÷७७ मा बजेट विनियोजन गरि नगरपालिकाको छितुहनी, सिसहनिया लगायतका आधा दर्जन गाउँलाई मुख्य बजार जोड्ने घोरही नालाको पुल निर्माण गरिएपछि स्थानीयहरु हर्षित भएका छन् । बर्षायाममा शिवानगरको श्रीदेवी माविमा पढ्न जाने बिद्यार्थीहरुमा उत्सह थपिएको छ ।


मन्त्री पाण्डेयले पनि यो पुल निर्माण नगरपालिकाले गरेको छ अब बाटो मैले बनाईदिने प्रतिवद्धता गर्नुभएको छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफू अबिकसित गाउंलाई शहरसंग जोडेर बिकास कार्यलाई तिव्रता दिएको बताउनुभएको । उनले सुरई खोलामा झोलुंगे पुल निर्माण गरि डुमई गाउँलाई शहरसंग जोडियो, साथै चरंगहवा नदी पारीका भारतीय सिमासंग सटेका गाउंलाई शहरसंग जोड्न पनि प्रदेश सरकारसंग पुलका लागि बजेट माग गरि हाल सो पुल निर्माण भईरहेको जानकारी गराए ।
उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी शैलेषप्रताप शाह, प्रह्लाद पाण्डेय, दिनेशचन्द्र गुप्ता लगायत जनप्रतिनिधि र सर्वासाधारणको उपस्थित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *