नेपालगन्ज, ९ अषाढ – आयुर्वेद सूचना प्रणाली व्यवस्थापन सम्बन्धि २ दिने तालिम आज विहिवार सम्पन्न भएकाे छ ।
प्रर्देश सरकार लुम्बिनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्तर्गत बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित २ दिने तालिममा बोल्दै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष जनकराम भण्डारीले तथ्यांकलाई चुस्त दुरुस्त राख्नको निम्ति स्थानिय तहमा जसले रीपोट पठाउँछ उसलाई तालिम आवश्यक रहेको भन्दै नागरिक आरोग्य सेवा केन्द र आयुर्वेद औषधालयहरुले प्रत्येक वडा नगरस्तरीय स्थानिय निकायसँग समन्वय गर्न जरुरी रहेको बताउनु भयो ।
आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका सदस्य अछरी पोखरेलले तालिममा सिकेका कुरा व्यवहारमा ल्याउनु पर्ने भन्दै आयुर्वेद औषधिको निकै ठूलो महत्व भए पनि अस्पतालको तुलनामा आयुर्वेद अस्पताल ओझेलमा परेकोले स्तर उन्नतीको खाँचो रहेको प्रष्ट पार्नु भयो ।
यसैगरी आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख अनिलकुमार चौधरीले नेपालगन्जमा रहेका औषधालयका समस्या आयुर्वेद शाखाले हेर्नुपर्ने बताउँदै आगामी कार्यक्रममा कम्युटर सम्बन्धि तालिमको सहभागीबाट माग भए बमोजिम आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले पन्चकर्मको भवन आवश्यक रहेको भन्दै विगतमा आयुर्वेद स्वंयसेविका महिलालाइ दिइएको तालिम फलदायी भएको भन्दै पुन उक्त तालिमको आवश्यकता औल्याउनु भयो ।
२ दिनसम्म सञ्चालन गरिएको आयुर्वेद सूचना प्रणाली व्यवस्थापन तालिममा तथ्यांक कसरी बनाउने, तथ्यांक बनाउँदा आइपर्ने समस्यालाई कसरी समाधान गर्ने, तथ्यांक व्यवस्थापन कसरी गर्ने, कम्युटरमा डाटा इन्ट्री कसरी गर्ने, रोगको प्रकारलाई बर्गीकरण कसरी गर्ने, तथ्यांक प्रविष्टी, तथ्यांकको महत्व, तथ्यांकको गुणस्तर सम्बन्धमा आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेका प्रमुख अनिलकुमार चौधरी, सहलेखापाल मनोजकुमार चौधरी, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका तथ्यांक अधिकृत टंकप्रसाद पोखरेल लगायतले २ दिनसम्म प्रशिक्षण दिएका थिए ।
तालिममा जयसपुर आयुर्वेद औषधालय, परस्पुर आयुर्वेद औषधालय, भवनियापुर आयुर्वेद औषधालय, कोहलपुर आयुर्वेद औषधालय, टिटिहिरीया आयुर्वेद औषधालय, नागरिक आरोग्य सेवा केन्द्र नरैनापुर, खजुरा, राप्ती सोनारी र आयुर्वेद स्वास्थ्य केन्द्र बांकेका १/१जना गरी १०जनालाई सूचना प्रणाली व्यवस्थापन कसरी राख्ने भन्ने सम्बन्धि तालिम दिइएको हो ।