Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

नेपाल-भारतद्वारा संयुक्त रेल संरचना निरिक्षण

नेपाल-भारतद्वारा संयुक्त रेल संरचना निरिक्षण

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
जनकपुर, १९ असोज –भारत सरकारको सहयोगमा निर्मित रेल संरचनाको दुवै देशका अधिकारीहरुले संयुक्त निरीक्षण थालेका छन् । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाको नेतृत्वको ५ सदस्यीय नेपाली टोली तथा भारतीय इरकोन कम्पनीका जनरल म्यानेजर रवि सहाय नेतृत्वको ५ सदस्यी टोली सोमवार कूर्था रेल्वे स्टेशनबाट स्थलगत निरीक्षण सुरु गरेको हो । टोलीमा दुवै देशका प्राविधिकहरु पनि छन् । भारत सरकारद्वारा निर्मित ट्रेक, भवन, सिगनल, स्टेशन भवन आदि संरचनाको स्थलगत निरीक्षणपछि आवश्यक पर्ने मर्मत संभार गरेर संरचना हस्तान्तरण प्रक्रिया अगाडि बढाउने बताइएको छ ।नेपाल रेल्वेका महाप्रवन्धक निरञ्जन झाले स्थलगत निरीक्षण मिहिन रुपमा गरिएकोले एक सातासम्म लाग्नसक्ने बताएका छन् । संरचना हस्तान्तरण गराउन भारत सरकार नेपाल रेल्वे कम्पनीलाई बारम्बार ताकेदा गर्दैआए पनि संचालनमा नआउँदै अधिकांश ठाउँका भवन चुहिन लागेको तथा केही संर...
पत्रकारमाथी दुर्व्यवहार गर्ने असइ चौधरीले माफी मागे

पत्रकारमाथी दुर्व्यवहार गर्ने असइ चौधरीले माफी मागे

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १८ असोज - बाँकेको जानकी गाउँपालिका २ बेलभारमा समाचार संकलन गर्न गएका पत्रकार जाबेद अन्सारी र रबिन्द्र घिमिरेमाथी आक्रमण र दुव्र्यवहारको घटनामा प्रहरीले माफी मागेको छ । वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको बिषयमा समाचार संकलन गर्न गएका पत्रकारद्वयलाई वडाअध्य्क्ष चन्द्रीका प्रसाद गुप्ताको समुहले घेरा हाली आक्रमण र दुव्र्यवहारको प्रयास गरेको थियो । सोही क्रममा असइ एसके चौधरीले पत्रकारको क्यामेरा थुत्ने र गल्हत्याउने काम गरेका थिए । पत्रकार महासंघ बांकेका अध्यक्ष दामोदर भण्डारी नेतृत्वको पत्रकारको टिम र बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपाने बिच आज भएको छलफलमा असइ चौधरीले माफी मागेका हुन । चौधरीले हाम्रो छलफलमै गल्ती भएको भन्दै माफी माग्नु भयो महासंघका अध्यक्ष भण्डारीले भन्नुभयो-`पत्रकारहरुको सुरक्षाका लागि महासंघ प्रतिबद्ध छ । ´ वडाअध्यक्ष भने अहि...
नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्‍न

नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्‍न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १८ असोज – भारतको पिथौरागढमा सञ्चालित ‘एक्स सूर्य किरण’ पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्‍न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना फौजको सहभागिता रहेको उक्त अभ्यास यही असोज ४ देखि १६ गतेसम्म भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सैनिक युद्धकला, प्राकृतिक प्रकोप एवं कोभिड–१९ महामारीजस्ता विपद्का बेला सुरक्षा फौजको भूमिकाको व्यावहारिक अभ्यासका साथै सहभागी फौजले आ–आफ्नो पेशागत अनुभवसमेत अभ्यासका क्रममा साटासाट भएको थियो। भारतीय सेना मध्य कमाण्ड सेनापति रथी एसएस महलद्वारा शनिबार अन्तिम प्रवचन भएको उक्त अभ्यास समापन समारोहमा नेपाली सेनाको मध्य कमाण्ड सेनापति उपरथी विनयविक्रम राणा, ३ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कुमारबाबु थापा तथा नेपाल र भारतका सैनिक सहचारीलगायत सहभागी रहेको सेना...
पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न अवधी पत्रकार संघको माग

पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न अवधी पत्रकार संघको माग

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १८ असाेज - पत्रकारमाथि भएको आक्रमण प्रयासको घट्नाप्रति अवधी पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अवधी पत्रकार संघ नेपालका सदस्य तथा अनलाईन खोजखबरका पत्रकार जावेद अहमद शाह र माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार रविन्द्र घिमिरेमाथी बाँके जानकी गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष चन्द्रीका प्रसाद गुप्ता नेतृत्वको समुहले गरेको दुव्र्यवहार एवम् आक्रमण प्रयासको घटनाप्रति अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघले सोमबार एक बिज्ञप्ति जारी गर्दै समाचार संकलनका क्रममा वडाध्यक्ष र प्रहरीबाट भएको दुब्र्यवहार र आक्रमण प्रयासको घटना निन्दनीय रहेको उल्लेख गरेको छ । यसरी समाचार संकलनमा खटिएका पत्रकारको संविधान प्रदत्त अधिकारमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न ब्यक्तिलाई कानूनी दायरामा ल्याउन अवधी पत्रकार संघ ...
महिला अधिकारकर्मी रुबी खानको नेतृत्वमा न्याय माग्दै हिंडेको टोली राजधानीतर्फ बढ्दै

महिला अधिकारकर्मी रुबी खानको नेतृत्वमा न्याय माग्दै हिंडेको टोली राजधानीतर्फ बढ्दै

CoVid19, अपराध, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
- सन्दीप कुमार अग्रवालनेपालगन्ज, १८ असोज – महिला अधिकारकर्मी रुबी खानको नेतृत्वमा न्याय माग्न हिँडेको बाँकेको टोली पैदल राजधानीतर्फ अघि बढ्दै गएको छ ।असोज १ गते नेपालगन्जबाट पैदल हिँडेको टोली बुधवार दिन नवलपरासीको बर्दघाट पुगेको थियो भने शनिवार दिन चितवन पुगेको छ । यसअघि सो टोली बुटवल पुगेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परषिदको कार्यालय अगाडि धर्ना प्रदर्शन गरेको थियो । अहिलेसम्म उनीहरुलाई न्याय मिल्ने आश्वासन मिलेको छैन जसको कारण उनीहरुले मंगलवार राती नवलपरासीको बर्दघाट बजारको बाटोमा साइडमा रात व्यतीत गरेका थिए । अब टोली न्याय माग्न राजधानीतर्फ बढ्न शुरु गरेको छ । धर्ना प्रदर्शन गरी रहेको टोली महिला हत्या बन्द गर, दोषीलाई कारवही गर, मौन बस्ने सरकार खबरदार बन्ने किसिमको नारा लगाई अघि बढी रहेको छ ।गत साउन ६ गते जानकी गाउँपालिका वडा नं. २ नेवाजी गाउँकी नन्कुन्नी धोबीको उनीको पति...
शाह र घिमिरेमाथि आक्रमण घटनाप्रति महासंघको ध्यानाकर्षण, कानुनी दायरामा ल्याउन माग

शाह र घिमिरेमाथि आक्रमण घटनाप्रति महासंघको ध्यानाकर्षण, कानुनी दायरामा ल्याउन माग

CoVid19, अपराध, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १७ असोज – नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य एवम् अनलाईन खोजखबरका जावेद अहमद शाह, साधारण सदस्य माउण्टेन टिभीका रबिन्द्र घिमिरेमाथि जानकी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता नेतृत्वको समूहले गरेको दुव्यर्वहार एवम् आक्रमण प्रयासको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँकेको गम्भिर ध्यानाकर्षण भएको जनाईएको । नेपाल पत्रकार महासंघ बाँके शाखा सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा सिफारिस लगायतका सेवा नपाएको भन्दै शुक्रबारदेखि वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको विषयमा समाचार संकलन गर्न आईतबार वडा कार्यालय पुगेका पत्रकारद्वय शाह र घिमिरेमाथि वडा अध्यक्ष गुप्ताले पत्रकार हो भन्ने थाहा पाउने बित्तिकै आक्रमण गर्न समर्थकलाई उकासेका थिए भनी उल्लख गरिएको छ । विज्ञप्तीमा अगाडी लेखिएको छ ‘वडाअध्यक्ष गुप्ताको आक्रमणको धम्कीपछि समर्थकले प्रहरीकै सामुन्ने...
नेपाल र भारतीय अधिकारी बैठकमा पुनर्निर्माण परियोजनाहरूको समीक्षा

नेपाल र भारतीय अधिकारी बैठकमा पुनर्निर्माण परियोजनाहरूको समीक्षा

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डाै, १५ असाेज - भूकम्पपछिको पुनर्निर्माण परियोजना सम्बन्धी नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति (जेपिएमसी) मा पुनर्निर्माण परियोजनाहरूको समीक्षा भएको छ । भारतीय विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सह–अध्यक्षतामा काठमाडौंमा बिहीबार बैठक सम्पन्न भएको हो ।बैठकमा भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको बृहत् समीक्षा भएको छ । आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५० हजार निजी घरको पुनर्निर्माण भएकोमा बैठकमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए ।दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाह...
भारत नपसे चुलो नबल्ने अवस्था

भारत नपसे चुलो नबल्ने अवस्था

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
धनगढी, १४ असोज – ‘गाई चर्ने बनेली पाखा, भैंसी चर्ने लेकम कोपिला घरै छाडी, कसरी जाऊँ देश’ मुगलान पस्नेहरूको लाममा बसी डोटेली भाकाको यही गीत गुनगुनाइरहेका थिए २६ वर्षीय भरत ताम्राकार। यो गीतले बाध्यतामा परी परदेश जानेहरूको पीडा व्यक्त गरेको छ। यसमा कोपिला अर्थात् स–साना छोराछोरी छाडेर कसरी पर्देसिने भन्ने आशय पाइन्छ।यो पीडा भरत मात्रै होइन, थुप्रै युवाको हो। जो दसैंलगायत चाडबाड आउने बेला मुगलान जान बाध्य छन्। अहिले सोह्र श्राद्ध चलिरहेको छ। यो सकिनेबित्तिकै दसैंको रमझम सुरु हुन्छ। घटस्थापना अर्थात् नवरात्र असोज २१ गते आरम्भ हुँदैछ। राजधानीतिर पढ्न गएका र परदेश गएकाहरू दसैं मनाउन घर फर्किन थालेका छन्। नेपाल–भारत सीमा नाका गौरीफन्टामा एकाबिहानै भारतबाट फर्किनेको लर्को देख्न सकिन्छ। तर, साँझको समयमा त्यत्ति नै संख्यामा भरतजस्ता नेपाली भारत पसिरहेका छन्। भरतको घर कैलालीको गोदावरी नगरपा...
भारत सरकारले पाँच करोड अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता

भारत सरकारले पाँच करोड अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काभ्रे, १४ असोज – भारतीय सहयोगमा काभ्रेका विभिन्न ठाउँमा निर्माणसम्पन्न भएका ६ वटा विद्यालयको बुधबार उद्घाटन भएको छ । पूर्वसूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा, भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–१ का सांसद गंगाबहादुर तामाङ तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले विद्यालयहरूको संयुक्त उद्घाटन गरेका हुन् ।भारत सरकारको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत ६ वटा विद्यालयहरू १९ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण भएका हुन् । उद्घाटन कार्यक्रममा भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका, पनौती नगरपालिकाका प्रतिनिधि तथा सरोकारवालाहरू सहभागी थिए । नेपाल सरकारले निर्धारण गरेको भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्डअन...
रुपन्देहीको सीमानाकाबाट तीव्र मानव बेचबिखन, यस्तो छ तथ्याङ्क

रुपन्देहीको सीमानाकाबाट तीव्र मानव बेचबिखन, यस्तो छ तथ्याङ्क

CoVid19, अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भैरहवा, १४ असोज – रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको छ । चालु आर्थिक वर्ष २०७८–०७९ का दुई महिना साउन र भदौमा मात्र ५६ महिला तथा बालबालिकालाई सीमाक्षेत्र बेलहियाबाट मानव तस्करले भारततर्फ लैजाँदै गर्दा उद्धार गरिएको छ । गत तीन आवको तथ्याङ्क हेर्दा मानव बेचबिखन नरोकिएको देखिएको छ ।आव २०७५–०७६ मा २५३ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र बेलहियाबाट उद्धार गरिएको हो । पचास जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी नेपाल ल्याएको माइती नेपाल रुपन्देही शाखाले जानकारी दिएको छ ।आव २०७६–०७७ मा २४२ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र...