Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

नागरिक अधिकार मञ्चको अध्यक्ष पदमा रमेशचन्द्र कुमाल

नागरिक अधिकार मञ्चको अध्यक्ष पदमा रमेशचन्द्र कुमाल

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ असोज – मधेश मिडिया मिशन नेपालको मातहतमा नागरिक अधिकार मञ्चको गठन गरिएको छ ।मधेश मिडिया मिशन नेपाल बाँके जिल्ला शाखाको शनिबार बसेको बैठकले मञ्चको अध्यक्षमा रमेशचन्द्र कुमाल, उपाध्यक्षमा सन्तोषकुमार कौशल, सचिव सोनाली वैश्य, सहसचिव सबलु खान, कोषाध्यक्ष विजयलाल वैश्यलाई चयन गरेको छ । यसैगरी, सदस्यहरुमा क्रमशः सन्तोषकुमार वैश्य, उमेशनाथ मिश्रा, बनि अमीन सल्मानी, आकाश गुप्ता, बाबु गुप्ता, लक्ष्मी गुप्ता, आशा ढकाल, रामरुप साहूलाई चयन गरेको छ ।बैठकले नागरिक अधिकार मञ्चले नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडा, गाविस, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिकामा आफ्नो विभिन्न शाखा, उपशाखा गठन गर्ने समेत निर्णय गरेको छ । नागरिक अधिकार मञ्चको सल्लाहकारमा अजयकुमार गुप्ता, सीमा कशौधन, चन्द्रेश्वरराज त्रिपाठी र मनोजकुमार कौशल रहेका छन् । बैठकलाई सम्बोधन गर्दै सल्लाहकार अजयकुमार गुप्त...
चिनियाँ सामग्रीको भन्सार परिक्षणमा तिब्रता

चिनियाँ सामग्रीको भन्सार परिक्षणमा तिब्रता

CoVid19, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
रसुवागढी, २३ असोज – नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्र रूपमा अगाडि बढाइएको हो ।दैनिक रूपमा आयात हुने सामग्रीलाई टिमुरेस्थित भोटेकोसी खोलाबगरमा रहेको भन्सार हाताभित्र पल्टाइ परीक्षण गर्ने गरिएको छ । खोलाबगरको चिसो हावा एवं धुलो मैलालाई कुनै प्रवाह नगरी जाँचकीद्वारा छिटोभन्दा छिटो परीक्षण भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।चीनबाट आयात भएका सामग्री कन्टेनरबाट पूरै बाहिर निकाली परीक्षण गर्ने गरेको र नीति, नियमले परिभाषित गरेबमोजिम नियमानुसार शुल्कवापतको राजस्व असुली हुँदै आएको छ । व्यापारीले बडादसैँलाई के...
चीनको नाका कडाईले दशैंमा भेडा च्याङ्ग्राको मूल्य आकाशियो

चीनको नाका कडाईले दशैंमा भेडा च्याङ्ग्राको मूल्य आकाशियो

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
बेनी, २३ असोज – दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडा च्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडा च्याङ्ग्रा नआएपछि विगतको तुलनामा झण्डै आधाको संख्यामा भेडा च्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको संख्यामा भेडा च्याङ्ग्रा निकासी हुँदै आएका थिए ।निकासी भएका सबै भेडा च्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए । ‘स्वास्थ्य परीक्षणमा जम्मा तीन हजार ५६० पुगेको छ, व्यापारीले संख्या घटाएर टिपाएको भए पनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको संख्यामा भेडा च्याङ्ग्रा निकासी भएका छन्,’ उनले भने । पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा रु १५ शुल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीले आधाको मा...
भारतीय रेल काठमाडौंसम्म आउने, दिल्लीमा भयो सम्झौता, द्रूत गतिमा अघि बढ्यो काम

भारतीय रेल काठमाडौंसम्म आउने, दिल्लीमा भयो सम्झौता, द्रूत गतिमा अघि बढ्यो काम

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ असोज – प्रस्तावित रक्सौल–काठमाण्डौ ब्रोड गज रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ गर्ने सम्बन्धमा नेपाल र भारतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।असोज २० देखि २१ गतेसम्म नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त कार्यदलको पाँचौ बैठक तथा परियोजना सञ्चालन समितिको सातौं बैठकमा उक्त सम्झौता पत्रमा दुई देशका पदाधिकारीले हस्ताक्षर गरेका हुन् । बैठकमा जगनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवा सुरु गर्नका लागि दुवै पक्षले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसीडर्स’मा समेत हस्ताक्षर भएको छ ।काठमाण्डौस्थित भारतीय दूताबासले प्रस्तावित रक्सौल–काठमाण्डौ ब्रोड गज रेलमार्गले भारत र नेपालबीचको कनेक्टिभिटीलाई अझ मजबुत बनाउने जनाएको छ । (नेपालपाना)...
चीनले नाकामा लत्ताकपडा रोकेकोले दशैंमा महँगियो भाउ

चीनले नाकामा लत्ताकपडा रोकेकोले दशैंमा महँगियो भाउ

CoVid19, आर्थिक, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ असोज – विजयादशमीको बेलामा बाँकेको नेपालगन्जमा हाल जुन गतिले चहलपहल हुनुपर्ने हो त्यस अनुसार नभएको नेपालगन्जबासीहरुको भनाई रहेको छ ।नेपालगन्जबासीका अनुसार यसपटक विजयदशमीमा कपडा खरिद बिक्रीमा समेत ग्रहकहरुको अभाव खट्किएको पाईन्छ । गत वर्ष यस बेला दशैंमा ग्रहकको भिडलाई थेक्ने नसक्ने अवस्था भएपनि यस पटक त्यस्तो नभएको बताएका छन् । यसैगरी, दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा राम्रो व्यापार हुन नसकेको व्यापारीहरूको भनाइ छ । तर मूल्यचाहिँ गत बर्षको भन्दा २० प्रतिशत भन्दा धेरैले बढेको उनीहरुले बताए ।खासगरी नेपालगन्जको त्रिभुवन चौक, घरवारीटोल, न्यूरोड क्षेत्रमा भिडभाड हुने गरेको थियो भने काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायतका क्षेत्रमा आउने ग्राहकहरुले पनि लत्ताकपडा, जुत्ता लगायतका सबै सामानको भाउ निकै महङ्गो ...
नेपाल–भारत, भुटान र वंगलादेशबीच आवागमन सहज हुने

नेपाल–भारत, भुटान र वंगलादेशबीच आवागमन सहज हुने

CoVid19, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १९ असोज – भारतको पासाखा नाकामा आएर ठोक्किने एसियन राजमार्गबाट नेपाल, भारत, भुटान र बंगलादेशबीचको यातायात आवागमन सहज हुने देखिएको छ ।पुरानो चल्तीको फुन्चोलिङलाई ओझेलमा पार्ने गरी भारत र भुटानको सीमावर्ती विन्दु पासाखा क्षेत्रमा मात्रै भुटानले ५० भन्दा बढी ठूला उद्योग सञ्चालनमा ल्याइसकेको छ ।त्यहाँबाट सिमेन्ट, क्लिंकर, जस्तापाता, निर्माण सामग्रीको उत्पादन–पैठारी हुन थालिसकेको छ । भारत–भुटान–बंगलादेश जोड्ने एसियन हाइवेको एउटा विन्दुसमेत पासाखा हो ।पश्चिम बंगालको दलसिंहपारा हुँदै भुटान जाने सडक र बंगलादेशको मोंग्ला पोर्ट र फूलबारी–बंगलाबन्ध नाकाबाट भारत जोड्ने एसियन राजमार्गको सम्पर्क विन्दुसमेत ‘पासाखा’ बनेको छ । एसियाली राजमार्गकै विकास र नेपालको पूर्वी नाका काँकडभिट्टासमेत एसियाली राजमार्गसम्म जोडिसकिएको छ । एसियाली राजमार्गमा जोडिने पहुँचको ४ लेनको सडक नेपालतर्फ पनि तयार ...
युथ टुडेकाे प्रथम वार्षिक उत्सवमा दुई जना पत्रकार सम्मानित

युथ टुडेकाे प्रथम वार्षिक उत्सवमा दुई जना पत्रकार सम्मानित

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० असाेज - बाँकेको डुडुवा गाँउपालिकाबाट संचालित युथ टुडे न्युजले मंगलबार आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सिराजुद्दीन खान, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्टप्रसाद धिताल, नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहना र अनलाईनका प्रधान सम्पादक आलम खानले संयुक्त रुपमा केक काटेर उद्घाटन गर्नु भएको थियो । वार्षिक उत्सवमा बोल्दै प्रधान सम्पादक खानले अनलाईन प्रथम वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गर्नुमा सम्पुर्ण पाठक, विज्ञापनदाता, सहयोगी, संघ संस्था युथ टुडे टिमको हात रहेको भन्दै युथ टुडे न्युजलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो । वार्षिक उत्सवको अवसरमा युथ टुडेकी संवाददाता प्रेरणा गिरीलाई युथ टुडे युवा पत्रकारिता पुरस्कार र संवाददाता बन्दना सोनीलाई युथ टुडे पत्रकारी...
भोलि  “द रोयल युनिसेक्स सलुन” उद्घाटन हुँदै

भोलि “द रोयल युनिसेक्स सलुन” उद्घाटन हुँदै

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० असाेज - बाँके नेपालगन्जको न्युरोडमा भोलि `द रोयल युनिसेक्स सलुन´ काे शुभारम्भ हुँदै उद्घाटन गरिने तयारी पूरा भएकाे छ ।ब्युटिसियन मन्जु चन्दले आफ्नो ब्युटिपार्लरलाई नयाँ ढङ्गबाट सुरुवात गर्ने भएकी छिन् । बाँके नेपालगन्जको न्युरोडमा ‘द रोयल युनिसेक्स सलुन’ भोलिदेखि नयाँ स्वरुपमा सञ्चालनमा ल्याउन लागेकी छिन् । असोज २१ गते अथवा घटस्थापना दिवसको अवसर पारेर भोलि बुधबार दिउँसो ११ सो व्युटिपार्लर तथा सलुनको उद्घाटन गरिने भएको छ। `द रोयल युनिसेक्स सलुन’ मा ब्युटिपार्लर सम्बन्धि सम्पूर्ण सुविधा, जेन्स, लेडिज सैलुन तथा ट्रेनीङ सेन्टर समेत उपलब्ध भएको उक्त पसल अत्याधुनिक प्रबिधियुक्त गुणस्तरीय सिस्टममा व्युटिपार्लर नेपालगन्जमा भित्र्याईएकाे जनाईएकाे छ । ब्युटिपार्लरमा लेडिज सम्बन्धि विभिन्न ब्रान्डका ब्युटिसियन सामान पाउनुका साथै भित्रि बस्त्रहरु समेत बिक्री वितरण गरिने सञ्चालकले बताए...
६६ औं प्रहरी दिवसमा उत्कृष्ट कार्य गर्ने प्रहरी सम्मानित (फोटोफिचरका केही झलक)

६६ औं प्रहरी दिवसमा उत्कृष्ट कार्य गर्ने प्रहरी सम्मानित (फोटोफिचरका केही झलक)

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० असोज – जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा ६६ औं प्रहरी दिवस २०७८ भब्यताका साथ आज बुधबार सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेको स्वागत मन्तब्यबाट शुरु गरिएको कार्यक्रमको प्रमुख अतिथि बाँके जिल्ला प्रमुख शिवराम गेलाल रहेका थिए भने प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले वाचन गर्नु भएको थियो । सो अवसरमा पुर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा संचारकर्मी, नागरिक समाज, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, ससस्त्र प्रहरी बलका स.प्र.उ. अशोकबहादुर बम, नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्की, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख नरेन्द्रराज गिरी लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो । स...
प्रहरीद्वारा तीन महिने प्रगति विवरण सार्वजनिक

प्रहरीद्वारा तीन महिने प्रगति विवरण सार्वजनिक

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ असाेज - बाँके प्रहरीले तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी एसपी श्यामकृष्ण अधिकारीले असार १८ गतेदेखि असोज १८ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् । उक्त समय अवधिमा १ हजार ५ सय ५० जनालाई सेवा दिइएको उनले जानकारी गराएका थिए । यस्तै उक्त अवधिमा २ सय ३७ मुद्दा दर्ता भएका छन् । एसपी अधिकारीले अघिल्लो वर्षको यो अवधि भन्दा पक्राउ पर्नेको संख्या भने दोब्बरले बढेको बताएका छन् । यस्तै उक्त समय अवधिमा २ करोड ७८ लाखको राजश्व संकलन भएको एसपी अधिकारीले जानकारी गराएका छन् । भारतबाट भन्सार छलिका अवैध सामान बरामदबाट राजश्व असुली भएको बताए । कार्यक्रममा सहभागी स्थानीयलाई प्रहरीले आफ्नो आचरण र व्यवहारलाई सुधार गर्दै जनतामैत्री सेवा दिनुपर्ने माग गरेका थिए । उद्योग बाणिज्य संघका पूर्वअध्यक्षद्धय कृष...