Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

नेपालगन्जमा २२ औं मुटु दिवस मनाईओ

नेपालगन्जमा २२ औं मुटु दिवस मनाईओ

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ असोज – नेपालगन्ज साइक्लिङ क्लवका आयोजना तथा क्रिएटिभ ह्यान्दको सहकार्यमा नेपालगन्जमा २२ औं विश्व मुटु दिवस मनाइएको छ । भेरी अस्पताल सञ्चालक समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा भेरी अस्पतालका मुटु रोग विशषज्ञ डा. कृष्ण अधिकारीले मुटु दिवसको औचित्य तथा मुटुलाई अवस्था राख्नु पर्ने कारण र उपायका बारेमा चर्चा गर्नु भएको थियो । मुटु स्वास्थ राख्न नियमित दैनिक ३० मिनेट व्यायाम जरुरी रहेको र साइक्लिङ त्यसको राम्रो माध्यम भएको बताउनु भयो । उक्त कार्यक्रममा भेरी अस्पतालका अस्पताल निमित्त प्रमुख डा. प्रकाश थापा, नेपालगन्ज उमनपा वडा नं २ अध्यक्ष सुनिलसिंह हमाल, नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. सुरेशकुमार कनोडिया लगायतको सहभागिता थियो । साइकल र्याली भेरी अस्पताल बाट सुरु भई त्रिभुवन चौक, त्रिवेणी मोड, सेतु बिक चौक, बासपा...
भारत र अमेरिका विरुद्ध प्रयोग, कान्तिपुरमा चीनको अरवौं लगानी

भारत र अमेरिका विरुद्ध प्रयोग, कान्तिपुरमा चीनको अरवौं लगानी

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १२ असोज – १९ भदौ ०७८ मा कान्तिपुर डटकमले ‘सीमामा सधैं भारतीय ज्यादती’ शिर्षकमा एउटा समाचार लेख्यो। नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ एसएसबीका सुरक्षाकर्मीले नेपालीमाथि गरेका ज्यादतीका घटनाहरुलाई उल्लेख गर्दै ज्यादतीजन्य घटनामा कमी नआएको विषयलाई समाचारमा उठाईएको छ। भारतीय एसएसबीका सुरक्षाकर्मीले गत साउन १५ मा महाकालीमा तुइनको लट्ठा खुस्काइदिएपछि खसेका दार्चुलाको व्यास–२ का ३३ वर्षीय जयसिंह धामीको अज्ञात अवस्था र नेपाली आकाशमा अनधिकृत रूपमा भारतीय हेलिकोप्टर उडाइएको विषय पनि उक्त समाचारमा समेटिएको छ । यसैगरी, ०७३ फागुन २६ मा कञ्चनपुरको पुनर्बास–८ आनन्दनगरका ३६ वर्षीय गोविन्द गौतमको गोली हानी हत्या गरेको, कास्कीका ६३ वर्षीय कुतवद्दिन मियाँ भारतको तीनकुनियाबाट ०७४ चैतमा अपहरणमा परेको लगायतका विषय समाचारमा उल्लेख छन् । समाचारले दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरा दशकौं...
चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको अवरोध

चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको अवरोध

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ११ असोज - दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प छ ।दशैंका लागि आउने सामानका कन्टेनरहरु केरुङ र तातोपानी नाकाबाट सिमित मात्र आइरहेका छन् । चीनले दैनिक १० वटा मात्र कन्टेनर नेपाल जान दिएको छ । कोरोना भाइरसको महामारीलाई कारण देखाएर औसत १० कन्टेनर मात्र तातोपानीबाट भित्रन दिएको छ । केरुङबाट पनि सोही अनुपातमा भित्रिइरहेको छ । एउटै नाकाबाट दैनिक झण्डै एक सयको हाराहारीमा कन्टेनर चीनबाट नेपाल आउने गर्थे । चिनियाँ पक्षले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै कन्टेनरमा अवरोध सृजना गरिरहेको छ । नेपाली पक्षले निकै पहल गरेपछि एउटा नाकाबाट संख्या बढाउन सहमत भएपनि पर्याप्त छैन । चीनले नेपालसँगको सीमा नाकामा अवरोध गर्दै आएको छ । यसलाई व्यवसायीले नाकाबन्दीको जस्तै अवस्था भनेका छन् ।दशैंका सामान चीनबाट ल्या...
नेपाली व्यापारीहरुको रुवाबासी, चीन सीमामा रोकियो कन्टेनर

नेपाली व्यापारीहरुको रुवाबासी, चीन सीमामा रोकियो कन्टेनर

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १० असोज – हिन्दूहरुको महान पर्व वडा दशैँका लागि नेपाली व्यापारीहरुले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा रोकिएको छ ।चीन–नेपाल सीमा क्षेत्र खासामा एक हजारभन्दा बढी मालबाहक कन्टेनरहरु लामबद्ध रुपमा रोकिएका छन् । चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीहरुले जनाएका छन् । चिनियाँ पक्षले खटाइ–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर रोकिएका छन् । दशैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले जनाएका छन् ।आर्थिक अभियानका अनुसार सीमित कन्टेनर नेपालतर्फ आउँदा सबै कन्टेनर नेपाल भित्रिन महिनौँ लाग्ने अध्यक्ष श्रेष्ठले गुनासो गरेका छन् ।...

प्रेस काउन्सिलले सुरू गर्यो ‘इयर बुक’

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ असोज – प्रेस काउन्सिल नेपालले नेपाली पत्रकारिताको इतिहासमा पहिलो पटक अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन गरेको छ । काउन्सिलको ५२ औं बार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुक सार्वजनिक गर्नुभयो ।‘इयर बुक’ मा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था, नेपाली मिडियामा गलत सूचनाका कारण आचारसंहिता र विश्वसनीयतामा चुनौती, कोभिड–१९ ले पत्रकारितामा ल्याएको सङ्कट, नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाको दृश्यवालोकन, नेपाली मिडियामा सामाजिक विविधता र आचारसंहिता, मिडियामा महिलाको उपस्थिति लगायतका १४ वटा विषयमा अनुसन्धानमूलक लेख रहेका छन् । कार्यक्रममा कानुनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले काउन्सिल पत्रकारहरुको अविभावकीय संस्था भएको भन्दै ‘इयर बुक’ प्रकाशनले थप परिपक्वता देखाएकोमा खुशी ब...
प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानको भेला कार्यक्रम शनिबार हुने

प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानको भेला कार्यक्रम शनिबार हुने

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ असोज – प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्य स्मृति प्रतिष्ठान नेपालगन्ज–७ ले भोलि शनिबार बिहान १० बजे भेला कार्यक्रमको आयोजना गर्ने भएको छ ।प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्य स्मृति प्रतिष्ठान केही वर्ष अघि विधिवत दर्ता भई विभिन्न सामाजिक सेवा कार्य गर्दै आएको छ । यस प्रतिष्ठानको अध्यक्ष समाजसेवी नन्दलाल वैश्य रहेका छन् । अहिलेसम्म प्रतिष्ठानले विभिन्न रचनात्मक कार्य नियमित रुपमा गर्दै आएको छ । फाईल फोटो प्रतिष्ठानको स्थापनाको लागि स्व. श्रीरामगोपाल वैश्यको छोरा अजयकुमार गुप्ताले आफ्नो बुवाको स्मृतिको लागि १ लाखभन्दा बढी रकम अक्षय कोष स्वरुप प्रतिष्ठानलाई उपलब्ध गराएका थिए । तर वर्तमान समयमा उक्त रकम अध्यक्ष नन्दलाल वैश्य र शैलेन्द्रकुमार वैश्यको नाममा संयुक्त बचत खाता एनआईसी एसिया बैंकमा जमा रहेको छ ।सो रकम प्रतिष्ठानको नाममा राख्ने उद्देश्य लि...
नि:शुल्क आँखा शिविर सम्पन्न, ३ हजार ५ सय ७६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध

नि:शुल्क आँखा शिविर सम्पन्न, ३ हजार ५ सय ७६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असोज - फत्तेबाल आँखा अस्पताल र तेज कोहली रूइत फाउण्डेशनको संयुक्त सहकार्यमा नि:शुल्क आँखा शिविर आज विहिबार सम्पन्न भएको छ । उक्त स्वास्थ्य चाैकी हिरमिनियामा सञ्चालन गरिएकाे निःशुल्क शिविरमा १ सय ४६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको थियाे भने ३६ जनाको नि:शुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल फुल्टेक्रामा रिफर गरिएको प्रबन्धक काैशलकुमार बर्माले जानकारी गराउनु भयाे । प्रबन्धक बर्माले दिएकाे जानकारी अनुसार पहिलाे चरणको बृहत नि:शुल्क आँखा शिविर कारागार कार्यालय नेपालगन्जबाट शुरू भई बालसुधार गृह अस्मानपुर र भाद्र २३ गतेदेखि असोज ७ गतेसम्म नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामा सञ्चालन गरिएकाे बताउनु भयाे । उक्त नि:शुल्क आँखा शिविरमा ३ हजार ५ सय ७६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको थियाे भने ७ सय २६ जनाको नि:शुल्क मोतिब...
टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान !!

टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान !!

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डाै, ७ असाेज - यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ । आज नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको आयोजनामा उक्त पुरस्कार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गर्नुभयो । पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री देउवाले सरकारी टेलिभिजनले समावेशी नीति अनुसार राज्यका सबै अनुहारको प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कपिलवस्तु संवाददाता बर्मालाइ रु ५१ हजारको राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा सूचना तथा संचार प्रबिधी मन्त्रालयका सचिव डाक्टर बैकुण्ठ अर्यालले सुचना प्रवाहमा छरितोपना आउनुपर्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष दिपक जङ्ग हमालले आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न सञ्चार क्षेत्र जिम्मेवार हुनुपर्ने भन्दै पत्रकारलाई सुरक्षित वातावरणमा पत्रकारिता गर्न व्यवस्था म...
भारतीय सीमानाकाबाट निजी सवारी आवागमन चाँडै खोल्छौं : प्रधानमन्त्री

भारतीय सीमानाकाबाट निजी सवारी आवागमन चाँडै खोल्छौं : प्रधानमन्त्री

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ७ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सीमानाकाबाट सवारी साधनको आवागमन शीघ्र खुलाउने बताउनुभएको छ ।डेढ वर्षदेखि रोकिएको सवारी आवागमन खोल्न माग गर्दै सोमवार प्रधानमन्त्रीलाई भेट्न पुगेका वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीलाई प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।वीरगञ्जका व्यवसायीले प्रधानमन्त्री कार्यालय मै पुगेर तत्काल सीमानाकाबाट निजी सवारी साधनको आवतजावत खोलेर होटल र पर्यटन व्यवसायलाई जोगाउन माग गरेका छन् । व्यवसायीको ज्ञापनपत्र बुझिसकेपछि प्रधानमन्त्रीले सीमानाकाबाट हुने निजी सवारीका साधनको आउजाउ चाँडै खोल्ने आश्वासन दिनु भएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए ।कोरोना महामारी नियन्त्रणका लागि डेढ वर्षअघि रोकिएको निजी सावारी साधनको आउजाउ अहिलेसम्म नखोल्दा सीमावर्ती क्षेत्रको होटल तथा पर्यटन व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भन...
चीनको दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध , मालसामान नाकामै थन्कियो

चीनको दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध , मालसामान नाकामै थन्कियो

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ६ असोज – दसैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । हजारभन्दा बढी कन्टेनरले पालो पर्खिँदा चिनियाँ अधिकारी खटाइखटाइ पठाउँदैछन्, जसलाई हेरेर आयातकर्ताले मालसामान दसैंमा बेच्न पाउने आश मारेका छन् । तातोपानी र रसुवा स्थलमार्गबाट हुँदै आएको निर्यात व्यापार ६ वर्षदेखि पूर्ण रूपमा बन्द छ । भूकम्पपछि लगातार बन्द तातोपानी नाका चार वर्षपछि खुले पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएको छ । चीनले रसुवाबाट पनि दैनिक ९ कन्टेनर मात्र आयात गर्ने अनुमति दिएको छ । नेपालीले चीनमा खरिद गरेको सामान ल्याउन पाए पनि यताको व्यापारिक वस्तु उता बेच्न भने पाइँदैन । दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध’ छ । नाकाको सडक वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मत सरकारको प्राथमिकतामा देखिँदैन । सीमा भन्सारका उच्च ...