Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

खजुराका किसानको क्षती विवरण संकलन गरिने

खजुराका किसानको क्षती विवरण संकलन गरिने

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ३ कार्तिक - खजरा गाउँपालिकाले वर्षाका कारण धानबालीमा भएको क्षतिको विवरण संकलन गरिने भएको छ । खजुरा गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । पालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले एकहप्ताभित्र बालीमा भएको क्षतिको विवरण संकलनका लागि कृषि शाखालाई जिम्मेवारी दिएको छ । विवरण संकलन गरेपछि क्षतिपूर्तिको लागि संघ, प्रदेशमा सिफारिस गरिने अध्यक्ष कक्षपतिले बताए । केही दिनकाे लगातारको अविरल वर्षाका कारण किसानको भित्र्याउन लागेको धानबालीमा नोक्सानी पुर्याएको छ । उनीहरूको लागि स्थानीय सरकारले दिन सक्ने राहतका लागि आगामी बैठकले निर्णय गर्ने अध्यक्ष कक्षपतिले बताए ।...
इन्टेग्रिटी आईकन नेपाल २०२१ सार्वजनिक

इन्टेग्रिटी आईकन नेपाल २०२१ सार्वजनिक

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३ कार्तिक - कोभिड – १९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको छ । महामारीले निम्त्याएको जटिलताका बावजुत, हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको छ । इन्टेग्रिटी आईकन, सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थलिएको खुला अभियान हो । ८ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका अन्य १४ मुलुकमा पुगिसकेको छ । यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका ३३५ मनोनयनबाट निर्णायक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्व सचिव जीवनप्रभ...
मोदीद्वारा कुशीनगर विमानस्थल उद्घाटन, नेपालको गौतम बुद्ध विमानस्थलमा चिनियाँहरूको वितण्डा

मोदीद्वारा कुशीनगर विमानस्थल उद्घाटन, नेपालको गौतम बुद्ध विमानस्थलमा चिनियाँहरूको वितण्डा

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काडमाण्डौ, ३ कार्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार उत्तर प्रदेशको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । भगवान् गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगर बौद्ध धर्मालम्वीहरुका लागि पवित्र स्थल हो ।विश्वभरका बौद्ध धर्मालम्बीहरुलाई लक्षित गर्दै भारतले सन् २०२० कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी गरेको थियो । त्यसको एक वर्ष मै उक्त विमानस्थल सञ्चालनमा आएको हो भने, उद्घाटनपछिको पहिलो अवतरण श्रीलङ्काली जहाजले गरेको छ । श्रीलङ्का, जापान, ताइवान, दक्षिण कोरिया, चीन, थाइल्यान्ड र सिंगापुरबाट आउने बौद्ध धर्मावलम्बीलाई यो विमानस्थलले सहजता प्रदान गर्ने छ । कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भारु २ सय ६० करोड खर्च भएको बत्ताइएको छ ।भगवान् गौतमवुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ नेपालमा निर्माण सु...
बर्दियामा हजारौं टन धान नोक्सान

बर्दियामा हजारौं टन धान नोक्सान

CoVid19, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
बर्दिया, ३ कार्तिक – बर्दिया जिल्लामा हजारौ टन धानबाली नोक्सानी भएको छ । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जिल्लामा हजारौं टन धानबाली नोक्सान भएको जनाएका छन् । सहायक प्रजिअ शर्माले भने, ‘असोज ३१ गतेदेखिको हावाहुरी र अविरल वर्षातका कारण बर्दियामा बाढीले बितण्डा मच्चाएको छ । किसानहरुले काटेको हजारौं टन धान पानीमा तैरिरहेको छ भने नकाटेको धान हावाहुरीले नोक्सान पुर्याएको बताएका छन् ।’ फाईल फोटो सहायक प्रजिअ शर्माका अनुसार १५, २० वटा पहाडी जिल्लाको पानी सञ्चित भएर कर्णाली र बबईमा पानीको बहाब बढ्दा राजापुर नगरपालिकाका ९ सय र गेरुवा गाउँपालिकाका १ सय घरमा विस्थापित भए ।उद्धारका लागि सुरक्षा निकायका साथै रेडक्रस, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति परिचालित भएकाले मानवीय क्षति हुन पाएको छैन । हिजो राति ९ बजेसम्म १३ मिटर १० सेन्टिमिटर थियो भने आज बिहान ५ बजे १२ मि...
सोमबार आएको हावापानीले ६० हजार मेट्रिकटन धान बर्बाद

सोमबार आएको हावापानीले ६० हजार मेट्रिकटन धान बर्बाद

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
झापा, २ कार्तिक – सोमबार रातीदेखि लगातार आएको हावापानीले झापामा कम्तीमा ६० हजार मेट्रिकटन धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।किसानका खेतमा धानको बोट पसाएको, पोटाएको र पाकिसकेको धान पानीमा चुर्लम्म डुब्दा उत्पादन खेर जाने केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले बताएका छन् । चामल पसाएको र पोटाएको धानको बोट हावाले ढालेका कारण उत्पादनमा भारी गिरावट आउने जानकारी दिएका छन् । झापामा ८६ हजार ५ सय हेक्टरमा धान खेती भएको थियो । उनका अनुसार हावापानीले १३ हजार हेक्टरभन्दा बढी धान बाली भुइँमा लपटिएको अवस्थामा छ । झापामा १६ प्रतिशत धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।धान रोपाइँ र क्षतिको विवरण हेर्दा एकै दिनको हावापानीले ६० हजार मेट्रिकटन धान सड्ने अवस्थामा पुगेको भट्टराईले बताएका छन् । पसाउन लागेको, पाक्न लागेको र काटेर खेतमा सुकाउन पाँजा बनाएर राखिएको ...
आज भारतको नेशनल डिफेन्स कोर्षको भ्रमण दलले नेपाल भ्रमण गर्ने

आज भारतको नेशनल डिफेन्स कोर्षको भ्रमण दलले नेपाल भ्रमण गर्ने

CoVid19, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ असोज – भारतमा सञ्रुचालित नेशनल डिफेन्स कोर्ष २०२१ को भ्रमण दलले नेपाल भ्रमण गर्ने भएका छन् । धिरेन भिआइजीको नेतृत्वमा रहेको ३९ सदस्यीय भ्रमण दलले असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्न लागेको हो । भ्रमण टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । टोलीले जंगी अड्डा भद्रकाली, मध्य कमाण्ड हेडक्वार्टर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन् । विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागी शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा सञ्चालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरु पनि मित्र राष्ट्रहरुको भ्रमण गर्ने परम्परा रहि आएको छ । छिमेकी मित्र राष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद...
चिनियाँ कम्पनीको दादा गिरीः न पैसा, न दसैँ विदा, उल्टै जागिर खाइदिने धम्की

चिनियाँ कम्पनीको दादा गिरीः न पैसा, न दसैँ विदा, उल्टै जागिर खाइदिने धम्की

CoVid19, अवधी, आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार
सप्तरी, २८ असोज – कञ्चनपुर–कमला खडक परियोजनाको ठेक्का पाएको चाइना रेल्वे इन्जिनियरिङ्ग २ ले आफूहरुको श्रमशोषण गरेको छ । दैनिक ८ घण्टा खटाएर नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक ज्यालासम्म पनि नदिएको मजदुरहरुले बताएका छन् ।बिचौलियाको चलखेलका कारण सडक परियोजनाले मजदुरलाई दैनिक ५५०, फोरम्यान, इन्जिनियर, सुपरभाइजरलाई दैनिक ८३३ रुपैयाँ उपलब्ध गराउने गरेको एक मजदुरले बताए । दिनभरी ८ घण्टा काममा खटाएर ज्याला भने ५५० रुपैयाँ मात्र दिने गरेको मजदुरको भनाइ छ ।अर्का मजदुरले भने, झगाउँकै सुपरभाइजरले कम्पनीको काम हो, राम्रो हुन्छ भनेको थियो । शुरुमा दैनिक ४५० ज्याला दिएको थियो,’ उनले थपे, ’नौ महिनापछि एक सय थप गरि ५५० पुर्यायो ।’ज्याला बढाउनभन्दा कामबाट निकाल्ने धम्की दिने गरेको उनको दुखेसो छ । बिचोलियाहरुको चलखेलले न्यूनतम ज्यालामा पनि घटाएको मजदुरको आरोप छ । ’हामी दिनभरी सडकमा खट्नुपर्छ,’ ए...
हप्ता नयाँ कार्य गर्ने प्रहरी निरिक्षक जोशीले बनाए मन्दिर

हप्ता नयाँ कार्य गर्ने प्रहरी निरिक्षक जोशीले बनाए मन्दिर

CoVid19, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ असोज – बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६ मा रहेको ईलाका प्रहरी कार्यालय मैनापोखरको परिसरमा कालिका भगवती मन्दिर निर्माण भएको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी प्रमुख प्रहरी निरिक्षक धर्मराज जोशीको पहलमा उक्त कालिका भगवती मन्दिर निर्माण भएको हो । मंगलवार जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ईश्वर कार्कीले उक्त मन्दिरको समुद्घाटन तथा पुजा गरि मन्दिरको उद्घाटन गर्नु भएको छ ।समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक कार्कीले प्रहरी समाज परिवर्तनको लागि सोसल इन्जिनियरको भुमिका निर्वाह गर्दै आएको धारणा राख्नुभयो । इलाका प्रहरी कार्यालय मैनापोखरले गरेको कार्य एकदमै सह्रानिय रहेको छ, यसलाई निरन्तरता दिनुपर्छ, प्रहरी प्रमुख कार्कीले भन्नुभयो । पछिल्लो ७ महिना यता बर्दियाका प्रहरी कार्यालयहरुमा भौतिक पुर्वधार निर्माण कार्य तिव्रगतिमा ...
अनधिकृत न्युजपोर्टललाई दर्ता गर्न काउन्सिलको ताकेता

अनधिकृत न्युजपोर्टललाई दर्ता गर्न काउन्सिलको ताकेता

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २५ असोज – प्रेस काउन्सिल नेपालले अनधिकृत तवरले सञ्चालनमा आएका न्युजपोर्टलहरुलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी काउन्सिलले दर्ता बिना सञ्चालित न्युजपोर्टलहरु र युट्युब च्यानलहरुलाई कानुनी दायरामा ल्याउन सञ्चालकहरुलाई आग्रह गरेको हो ।प्रेस काउन्सिलले गत जेठको दोस्रो साता यता ७८ वटा न्युजपोर्टललाई दर्ता प्रक्रियामा ल्याउन पत्राचार गरेको छ । अनधिकृत रुपमा सञ्चालित ती न्युजपोर्टललाई कानुनी दायरामा ल्याउन र पत्रकार आचारसंहिताको पूर्ण पालना गराउनका लागि सचेत समेत गराएको छ । ती मध्य ९ वटा न्युजपोर्टलले कानुनी प्रक्रिया पूरा गरिसकेका छन् भने आचारसंहिता पालना गर्ने लिखित सम्झौता पश्चात काउन्सिलमा सूचीकृत समेत भएका छन् । काउन्सिलका प्रवक्ता दीपक खनालद्धारा जारी विज्ञप्तिमा आ.व.०७८÷०७९ को पहिलो ३ महिनामा ६८ वटा उजुरी दर्ता भएको उल्लेख छ । यसमा साउन...
चीनको सीमानाकाले नेपाली व्यवसायी हैरान

चीनको सीमानाकाले नेपाली व्यवसायी हैरान

CoVid19, आस्था, बिचार, श्रम/रोजगार
मिति : २०७८ असोज २५ गतेगोविन्द लुइँटेलरसुवागढी- उत्तरी छिमेकी चीनले सीमानाका पूर्णरूपमा र दुईतर्फी चालु नगर्दा नेपाली व्यवसायीले दशैँका लागि आयात गरेको ठूलो परिमाणको सामान चीनतर्फ रोकिएको छ । रसुवागढी नाकाबाट चीनले अहिले पनि दैनिक बढीमा ९ वटा कन्टेनरमात्र नेपाल प्रवेश गर्न दिएको छ । दैनिक नेपाल प्रवेश गर्ने कन्टेनरको संख्या बढाउन केही महिनादेखि प्रयत्न भए पनि चिनियाँ प्रशासनले नाका एकतर्फीरूपमा नियन्त्रणमा राखेको छ । परिणामस्वरूप व्यवसायीहरूले दशैँका लागि मगाएको सामान तिहारपछिमात्र आउन सक्ने अवस्था छ । २०७२ साल वैशाखको भूकम्पपछि अवरुद्ध तातोपानी–खासा नाकाको विकल्पको रूपमा रसुवागढी–केरुङ नाकालाई नेपालले उच्च प्राथमिकता दिएको थियो । रसुवागढी–केरुङ नाका २०७१ मंसिर १५ देखि नेपाल र चीनले प्रमुख नाकाको रूपमा सञ्चालनमा ल्याएका थिए । रसुवागढी नाकालाई नेपाल र चीनले २०७४ भदौ १४ मा अ...