Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

नेपालसम्म भारतले रेल ल्याउँदा व्यवसायीहरुलाई फाईदा

नेपालसम्म भारतले रेल ल्याउँदा व्यवसायीहरुलाई फाईदा

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
पर्सा, १८ मंसिर – भारतीय रेल्वे कम्पनीबीच सिर्सिया सुक्खा बन्दरगाहमा मालबाहक रेल ल्याउन प्रतिस्पर्धा बढेपछि नेपाली आयातकर्तालाई फाइदा हुन थालेको छ । प्रतिस्पर्धाको कारण तेस्रो मुलुकबाट आयातित मालबस्तु बोकेका कन्टेनर भारतीय बन्दरगाहहरूबाट वीरगन्जसम्म ल्याउने ढुवानी लागत सस्तिँदै गएको छ ।यसअघि भारतीय सरकारी स्वामित्वको कम्पनी कोंकरको १७ वर्ष पुरानो एकाधिकार तोड्दै यसै वर्षको सेम्टेम्बर १५ मा पहिलोपटक भारतको निजी क्षेत्र हिन्द टर्मिनल प्रालिको रेल्वे र्‍याक वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको थियो । अढाई महिनाको अवधिमा हिन्द टर्मिनलले मात्रै भारतको विभिन्न बन्दरगाहबाट १५ पटक आफ्नो रेल्वे र्‍याकमा नेपाली आयातकर्ताको मालबस्तु बोकेका कन्टेनर वीरगन्जसम्म ल्याएको बन्दरगाहस्थित इन्टर मोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले जानकारी दिए । मंगलबार भारतीय निजी क्षेत्रको अर्को ...
ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै

आस्था, प्रदेश १, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ मंसिर – प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिक मैत्री सञ्चार निर्देशिकाको तयारी गरेको छ । ज्येष्ठ नागरिक बारे मिडियामा सम्मान जनक भाषा प्रयोग र एकरूपता कायम गर्न निर्देशिका बन्न लागेको हो । काउन्सिलले शुक्रबार एक विज्ञप्ति जारी गरी ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा प्रयुक्त हुने भाषा अपमानजनक भएको निष्कर्षका साथ अब छिट्टै निर्देशिका जारी हुन लागेको उल्लेख गरेको छ ।काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले निर्देशिका निर्माणका लागि कार्यदल समेत गठन गरेको छ । काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकिय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदललाई एक महिना भित्र निर्देशिका मस्यौदा तयार गर्न जिम्मेवारी दिने निर्णय गरेको हो । कार्यदलले राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घसह...
गढवाको रामनगरमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङको उद्घाटन

गढवाको रामनगरमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङको उद्घाटन

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
दुख हरण यादवदेउखुरी, १५ मंसिर - गढवा गाउपालिका वडा नं ४ रामनगरमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा स्थापना गरिएको छ । माछापुच्छ्रे बैंकको १७९औ शाखा रहित सेवाका रुपमा ग्राहक सेवा केन्द्र अन्तर्गत गढवामा बुधबार एक कार्यक्रमका बिच शाखा रहित बैंकिङ सेवा स्थापना गरिएको हो । कृषि बिकाश बैंकका रिटायर्ड प्रबन्धक तथा स्थानिय समाजसेवि दयाराम यादवको अध्यक्षता तथा गढवा उद्धोग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरको प्रमुख आथित्य र माछापुच्छ्रे बैंक लुम्बिनी प्रदेशका प्रमुख हरिलाल ऐरको बिशिस्ट आथित्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले गढवा बजारभन्दा टाढा ग्रामिण क्षेत्रमा शाखा रहित सेवा स्थापना गरेकोमा खुसी ब्यक्त गर्दै छिटो सेवा बिस्तार गर्ने अनुरोध पनि गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिती खिम बुढामगरले यस क्षेत्रमा माछापुछ्रे जस्तो क बर्गको बैंकको शाखा रहित सेवा केन्द्र सञ्च...
हुलाकबाट द्रुत हवाई डांक सेवा सञ्चालन

हुलाकबाट द्रुत हवाई डांक सेवा सञ्चालन

प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ मंसिर - हुलाक सेवा विभागले आज मंसिर १५ गते बुधबारबाट सेवाग्राहीको माग र समयको गतीसँगै हुलाक सेवालाई छिटोछरितो र प्रवभावकारी बनाई नागरिक सन्तुष्ती विस्तार गर्ने योजनका साथ देशको राजधानी काठमाण्डौबाट बिराटनगर, जनकपुर, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी तथा नेपालगन्जबाट जुम्ला, हुम्ला, मुगु तथा डोल्पामा हवाई मार्ग मार्फत द्रुत डांक सेवाको सुरुवात गरेको छ । हवाई द्रुत डांक सेवाको लागि विभागले श्री तथा समिट एयरलाईन्ससँग डांक ढुवानी सम्झौता समेत गरेको छ । हवाई द्रुत डांक सेवा अन्तर्गत जिल्ला हुलाक कार्यालय बाँकेको काउन्टरमा प्रत्येक दिन १ बजेसम्म द्रुत डांक सेवाका डकुमेन्ट दर्ता गर्ने र उक्त डकुमेन्ट सोही दिन ४ बजे श्री एयर मार्फत काठमाण्डौ पुर्याएर सोही दिन गोश्वारा हुलाकको सवारी साधनबाट संकलन गरी २४ घण्टा भित्र प्रापक सेवाग्राहीको हातकम पुग्ने गरी छिटो छरितो तथा भरपर्दो संकलन, ढु...
अत्याधुनिक ७०० मेट्रिक टनको कोल्ड स्टोर बन्दै

अत्याधुनिक ७०० मेट्रिक टनको कोल्ड स्टोर बन्दै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १५ मसिंर - बाँके डुडुवा गाउँपालिकाको सबैभन्दा ठुलो दोस्रो योजनाको रुपमा रहेको कोल्ड स्टोरको निमार्ण शुरु भएको छ । डुडुवा ६ हिरिमिनियामा निमार्ण थालिएको ७०० मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरेजको आज एक कार्यक्रमका विच पुजापाठ गरि शिलान्यास गरिएको छ । भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले आलु लगायतका तरकारी र फलफुल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा बृद्धि तथा बजारीकरणको सम्भावना अझै बढने बताउनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकाको दोस्रो वर्षको योजनामा परेको यो योजनालाई अहिले कार्यन्वयनमा ल्याउँदा किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । करिब १३ कठ्ठा जग्गामा निमार्ण हुन लागेक...
नयाँ अफरका साथ लजिज पिज्जा हाउस चौथो बर्षमा प्रवेश

नयाँ अफरका साथ लजिज पिज्जा हाउस चौथो बर्षमा प्रवेश

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ मंसिर – नेपालगन्जको धम्बोझी चौकमा रहेको लजिज पिज्जा हाउस बुधबार चौथो बर्षमा प्रवेश गरेको छ ।पछिल्लो क्रममा नेपालगन्जमा विभिन्न किसिममा रेष्टुरेन्ट खुलिरहेको बेला युवा पुस्तालाई लक्षित गरि लजिज पिज्जा नेपालगन्ज सञ्चालन गरिएको लजिज पिज्जाका प्रमुख आदित्य गुप्ताले बताउनुभयो । पछिल्लो समयको कोरोना लकडाउन र व्यापारिक घाटाको तेस्रो बर्षमा विभिन्न किसिमका चुनौतीलाई पार गर्दै ग्राहकहरुको ईच्छा अनुसार सञ्चालन गरिएको प्रमुख गुप्ताले बताउनुभयो । आफु चौथो बर्षमा प्रवेश गरेको खुशी व्यक्त गर्दै गर्दा यस अवसरमा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको उहा“ले बताउनुभयो । यस तीन बर्षमा लजिज पिज्जालाई मन पराएर पाल्नु हुने सम्पूर्ण ग्राहकलाई धन्यवाद दिंदै ग्राहकको चाहाना नै हाम्रो पहिलो सन्तुष्टिको मुलनारा सहित आउने समयमा लजिज पिज्जा नेपालगन्जलाई अगाडी बढाउने प्रमुख गुप्ताको योजना रह...
तातोपानी नाकाबाट व्यापार सहज बनाउन छलफल

तातोपानी नाकाबाट व्यापार सहज बनाउन छलफल

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाडौं, १४ मंसिर - सरकारको उच्चस्तरीय टोलीले तोतोपानी नाकाको स्थलगत भ्रमण गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको नेतृत्वमा भन्सार, पारवहन, परराष्ट्र, गृह र वाणिज्यका अधिकारी सम्मिलित टोलीले आइतबार स्थलगत अनुगमन गरेको हो । नाका सहजीकरण र व्यापार दोब्बर बनाउन गर्न सकिने सबै उपायबारे सरोकारवालासँग प्रतिनिधि मण्डलले छलफल गरेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए ।महानिर्देशक सापकोटाले भने, ‘लामो समयदेखि यो नाकामा समस्या छ । त्यसैले नाकाबाट व्यापार सहज बनाउने विषयमा अनुगमन गर्‍यौं । व्यापार दोब्बर बनाउन सम्बद्ध सबै सरोकारवालासँग छलफल पनि गरेका छौं ।’ स्थलगत अनुगमनमा चिनियाँ पक्षसँग भने भेट नभएको अधिकारीहरुले बताएका छन् । नाकाबाट भइरहेको हालको ९ कन्टेनर सामान भित्रिने अवस्था कसरी दोब्बर बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरिएको भन्सार विभागले जनाएक...
तिमीसँग हिडेको म्युजिक भिडियोको छायाङकन सम्पन्न

तिमीसँग हिडेको म्युजिक भिडियोको छायाङकन सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ मंसिर - चर्चित मोडल सन्जित ओली र चर्चित मोडेल सुनिता दहित सुर्खेतमा तिमीसँग हिडेकोमा व्यस्त रहेका थिए । शनिवार उनीहरु तिमीसँग हिडेको तिमीसँग बोलेको बोलको म्युजिक भिडियोको छायाङ्कनमा व्यस्त रहेको सुटिङ युनिटले जनाएको छ । चर्चित गायक सुनिल धड्कन र मेलिना गुरुङको स्वरमा रहेको बोलको गित तिमीसँग हिडेकोको म्युजिक भिडियोमा सन्जित र सुनिता देखिने भएका हुन् । लामो समय कलाकारिता क्षेत्रमा काम गर्दै आएका सन्जित र सुनिताको यो जोडी तिमीसँग हिडेकोमा पनि देख्न सकिने कलाकार तथा डाइरेक्टर कुन्दन चन्दले जानकारी गराउनुभयो । म्युजिक भिडियोको छायाङकन एकदमै राम्रो भएको सुटिङ युनिटले दावी गरेको छ । केही दिनमै एसके मिडिया युट्युबबाट हेर्न सकिने डाइरेक्टर कुन्दन चन्दले बताउनुभयो । डाइरेक्शन, छायाङकन तथा इडिटिङ्गमा कुन्दन चन्दले साथ दिनुभएको छ भने कलाकार सन्जित ओली, सुनिता दहित र सबिन पौडेलको ति...
चिनियाँ जहाजहरूले आफ्नो डुङ्गामा पानीको तोप प्रहार गरेको फिलिपिन्स आरोप

चिनियाँ जहाजहरूले आफ्नो डुङ्गामा पानीको तोप प्रहार गरेको फिलिपिन्स आरोप

अपराध, विदेश, श्रम/रोजगार, समाचार
मनिला, १२ मंसिर – फिलिपिन्सले बिहीबार चिनियाँ कोस्ट गार्ड जहाजहरूले विवादित दक्षिण चीन सागरमा फिलिपिनो मरीनहरूलाई आपूर्ति गर्ने डुङ्गाहरूमा पानीको तोप चलाएको आरोप लगाएको छ। फिलिपिन्सले बेइजिङलाई पछि हट्नसमेत आदेश दिएको छ। फिलिपिन्सका विदेशमन्त्री टियोडोरो लोकसिनले घटनाप्रति आक्रोश व्यक्त गर्दै बेइजिङको निन्दा र विरोध व्यक्त गरेका थिए। उनले मंगलबार फिलिपिन्सको डुङ्गाहरू विवादित स्प्रेटली टापुको दोस्रो थोमस शोलमा यात्रा गरिरहेको बेला चिनियाँ जहाजहरुले पानीको तोप प्रहार गरेको बताएका हुन्। सौभाग्यवश, कसैलाई चोटपटक नलागेको उल्लेख गर्दै डुङ्गाहरूले उनीहरूको पुनः आपूर्ति अभियान रद्द गर्नुपरेको जानकारी गराएका छन्। उक्त अवैध क्रियाकलापमा तीन चिनियाँ जहाजको संलग्न भएको आरोप लगाएका छन्। लोकसिनले फिलिपिन्सका डुङ्गाहरूलाई सार्वजनिक भनी वर्णन गरेका छन् र उनीहरू नागरिक जहाजहरू भएको बताइएक...
चीनको सिचुआन तिब्बत रेल परयोजना पूर्ण बाफ निस्किएपछि कामदारहरु त्रसित

चीनको सिचुआन तिब्बत रेल परयोजना पूर्ण बाफ निस्किएपछि कामदारहरु त्रसित

आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
तिब्बत, १२ मंसिर – दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तबाट तिब्बतसम्म रेलमार्ग निर्माणको काम अझै पनि चलिरहेको छ। जहाँ पृथ्वीको क्रस्टबाट अत्यधिक गर्मीले काम गर्न असम्भव बनाएको छ। यसको मार्गको एक महत्त्वपूर्ण अनुपातमा मानिस वा मेशिनहरूले सहन नसक्ने चट्टानबाट टनेलिङमा प्रवेश गर्दा निकै धेरै बाफ निस्किएको छ। जमिनको तापक्रम ८९ डिग्री सेल्सियससम्म पुगेको यातायात पूर्वाधार परियोजनाले जनाएको छ। जब तिब्बती पठार यूरेशियन प्लेट र भारतीय उपमहाद्वीप बीचको टक्करबाट बनेको थियो, टेक्टोनिक बलले हिमालयलाई जन्म दिएको थियो, माथिल्लो क्रस्ट भित्र ठूलो मात्रामा ताप एकत्रित भएको र सो ताप नै बाहिर निस्किएको जनाइएको छ। भूमिगत तापका स्रोतका कारण कामदारहरुलाई काम गर्न पनि समस्या भइरहेको छ। अनियमितरुपमा तापकम वृद्धि भएछि मेसिनहरु तताउनका लागि बरफका गोलाहरु ल्याइएको भए पनि त्यसले पनि कुनै काम नगरेको अवस्थाल...