ओशोको सम्झनामा रुख लगाईयो
नेपालगन्ज, २६ मंसिर – ओशोको जन्म सन् १९३१ मा सामान्य परिवारमा भएको थियो । भारतको मध्य प्रदेश स्थित कुचवाडा भन्ने गाउमा उनको जन्म भएको थियो । जन्मको समयमा उनको नाम चन्द्रमोहन जैन थियो । बाल्यकाल मै उनलाई दर्शनमा निकै रुचि थियो र उनी पढाईमा निकै तेज थिए । उनले आफ्नो पढाइ जबलपुरमा पूरा गरेका थिए । पछि उनले जबलपुर विश्वविद्यालयमा प्राध्यापकको रुपमा पनि काम गरे ।
उनले धर्म तथा जीवन जगतका विचार धारामाथि सन्सार भरि प्रवचन दिए । उनको प्रबचन निकै जीवन उपयोगी छन् र ध्यान बिधिहरु पनि निकै उत्कृष्ट मन मस्तिष्क छुने खालका छन् । उनको आकर्षक व्यक्तित्व र दमदार प्रबचनले मानिसहरु माथि निकै प्रभाव पर्ने गर्थ्यो । परम गुरु ओशोले छोटो समयमा बिश्व भरी लाखौ अनुयायी बनाई सकेका थिए ।
प्रवचनका साथसाथै उनले आफ्नै सक्रियतामा ध्यान शिविर पनि आयोजना गरेका थिए । शुरुमा उनलाई आचार्य रजनीश भनी चिनिन्थ्यो र ...









