Friday, April 24सत्यम खबर
Shadow

हुलाकबाट द्रुत हवाई डांक सेवा सञ्चालन

नेपालगन्ज, १५ मंसिर – हुलाक सेवा विभागले आज मंसिर १५ गते बुधबारबाट सेवाग्राहीको माग र समयको गतीसँगै हुलाक सेवालाई छिटोछरितो र प्रवभावकारी बनाई नागरिक सन्तुष्ती विस्तार गर्ने योजनका साथ देशको राजधानी काठमाण्डौबाट बिराटनगर, जनकपुर, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी तथा नेपालगन्जबाट जुम्ला, हुम्ला, मुगु तथा डोल्पामा हवाई मार्ग मार्फत द्रुत डांक सेवाको सुरुवात गरेको छ ।

हवाई द्रुत डांक सेवाको लागि विभागले श्री तथा समिट एयरलाईन्ससँग डांक ढुवानी सम्झौता समेत गरेको छ । हवाई द्रुत डांक सेवा अन्तर्गत जिल्ला हुलाक कार्यालय बाँकेको काउन्टरमा प्रत्येक दिन १ बजेसम्म द्रुत डांक सेवाका डकुमेन्ट दर्ता गर्ने र उक्त डकुमेन्ट सोही दिन ४ बजे श्री एयर मार्फत काठमाण्डौ पुर्याएर सोही दिन गोश्वारा हुलाकको सवारी साधनबाट संकलन गरी २४ घण्टा भित्र प्रापक सेवाग्राहीको हातकम पुग्ने गरी छिटो छरितो तथा भरपर्दो संकलन, ढुवानी तथा वितरणको व्यवस्था मिलाईएको छ ।

हवाई द्रुत डांक सेवा मार्फत चिट्ठीपत्रका साथै अन्य सामाग्री समेत पठाउन सकिने छ । यसरी दर्ता भएका बस्तुहरु हुलाक सेवाको सवारी मार्फत प्रापकको ठेगानासम्म छरितो होम डेलिभरीको व्यबस्था गरिएको छ ।

हुलाकको सेवालाई व्यवसायिकरण तथा विविधिकरण गर्दै प्रभावकारी वनाउन आउदा दिनमा यो सेवालाई सबै जिल्लामा विस्तार गरिनुका साथै टिमेकी मुलुक भारत तथा जापान जस्तै नेपालमा समेत पोष्टर कमर्सियल सेवाहरु पनि सञ्चालन गर्ने तयारी भई रहेको हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *