
नेपालगन्ज, १५ मंसिर – नेपालगन्जको धम्बोझी चौकमा रहेको लजिज पिज्जा हाउस बुधबार चौथो बर्षमा प्रवेश गरेको छ ।
पछिल्लो क्रममा नेपालगन्जमा विभिन्न किसिममा रेष्टुरेन्ट खुलिरहेको बेला युवा पुस्तालाई लक्षित गरि लजिज पिज्जा नेपालगन्ज सञ्चालन गरिएको लजिज पिज्जाका प्रमुख आदित्य गुप्ताले बताउनुभयो ।

पछिल्लो समयको कोरोना लकडाउन र व्यापारिक घाटाको तेस्रो बर्षमा विभिन्न किसिमका चुनौतीलाई पार गर्दै ग्राहकहरुको ईच्छा अनुसार सञ्चालन गरिएको प्रमुख गुप्ताले बताउनुभयो । आफु चौथो बर्षमा प्रवेश गरेको खुशी व्यक्त गर्दै गर्दा यस अवसरमा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको उहा“ले बताउनुभयो ।

यस तीन बर्षमा लजिज पिज्जालाई मन पराएर पाल्नु हुने सम्पूर्ण ग्राहकलाई धन्यवाद दिंदै ग्राहकको चाहाना नै हाम्रो पहिलो सन्तुष्टिको मुलनारा सहित आउने समयमा लजिज पिज्जा नेपालगन्जलाई अगाडी बढाउने प्रमुख गुप्ताको योजना रहनुका साथै अमरिकन कफी (एक्सप्रो) समेत आउने दिनमा ग्राहकहरुको चाहना अनुसार उपलब्ध गराउने बताउनुभयो । लजिज पिज्जा नेपालगन्जका प्रमुख नेपालगन्ज जेसिस बर्ष २०२० का कोषाध्यक्ष समेत रहेका छन् ।
