
नेपालगन्ज, २६ मंसिर – ओशोको जन्म सन् १९३१ मा सामान्य परिवारमा भएको थियो । भारतको मध्य प्रदेश स्थित कुचवाडा भन्ने गाउमा उनको जन्म भएको थियो । जन्मको समयमा उनको नाम चन्द्रमोहन जैन थियो । बाल्यकाल मै उनलाई दर्शनमा निकै रुचि थियो र उनी पढाईमा निकै तेज थिए । उनले आफ्नो पढाइ जबलपुरमा पूरा गरेका थिए । पछि उनले जबलपुर विश्वविद्यालयमा प्राध्यापकको रुपमा पनि काम गरे ।

उनले धर्म तथा जीवन जगतका विचार धारामाथि सन्सार भरि प्रवचन दिए । उनको प्रबचन निकै जीवन उपयोगी छन् र ध्यान बिधिहरु पनि निकै उत्कृष्ट मन मस्तिष्क छुने खालका छन् । उनको आकर्षक व्यक्तित्व र दमदार प्रबचनले मानिसहरु माथि निकै प्रभाव पर्ने गर्थ्यो । परम गुरु ओशोले छोटो समयमा बिश्व भरी लाखौ अनुयायी बनाई सकेका थिए ।

प्रवचनका साथसाथै उनले आफ्नै सक्रियतामा ध्यान शिविर पनि आयोजना गरेका थिए । शुरुमा उनलाई आचार्य रजनीश भनी चिनिन्थ्यो र पछि भगवान श्री रजनिश पनि भन्ने गरियो । जागिरे जीवन छोडेपछि उनले नवसन्यास आन्दोलन शुरु गरे । त्यसपछि उनले आफूलाई ओशो नाम दिए र अहिले पनि संसारले ओशो भनेर चिन्ने गरेको छ । जीवन जिउने कला र कसरी जिउने भन्ने प्रत्येक मानिसको आफ्नो हातमा हुन्छ भन्ने गर्थे र निकै मनमोहक तरिकाले प्रबचन दिने गर्थे ।

आज पनि युटुबमा उनका प्रबचनहरु सुन्न सकिन्छ र उनको प्रबचन सुन्ने मानिसहरु बिश्वमा अहिले पनि धेरै छन् । ओशोले जीवन स्वतन्त्र जिउनु पर्छ र मानिस कुनै पनि बन्देजमा रहनु हुँदैन । मानिस स्वतन्त्र जन्मियो र स्वतन्त्र बाच्न पाउनु पर्छ भन्ने उनको भनाई थियो र उनको सेक्स टु समाधी भन्ने पुस्तक र म मिर्तु सिकाउँछु भन्ने पुस्तकहरु निकै बिकेका पुस्तकहरु हुन । ओशोले जिबनमा एक लाख बढी पुस्तक पढेका र आज पनि उनको ब्यक्तिगत पुस्तकालयमा तिनी पुस्तकहरु सुरक्षीत साथ राखिएका छन् । उनको ६०० बढी पुस्तकहरु छापिएका छन् र बजारमा पाउन सकिन्छ । उनका पुस्तकहरुमा निकै नै मनमा तरङ्ग ल्याउने खालका छन् ।

ओशोको सम्झनामा निम र जामुनको बिरुवा लगाईयो । ओशो जीवन जागृति केन्द्र नेपालगन्जले परम गुरु ओशोको शुभ जन्मदिनको सुभ अबसरमा ओशो साधक निरज शाह आठ बिडियन रुखका हरित हेमन्त, अमर बिक, सन्दिप कोरि, सन्दिप कस्यप लगाएत एक दर्जन जनाको उपस्थितिमा संयुक्त रुपमा ढकेरी पार्कमा बिरुवा लगाएर परम गुरु ओशोको जन्मदिन सम्जेका छन् ।
