Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

चीनको ‘शून्य कोभिड नीति’का कारण वहुराष्ट्रिय कम्पनीहरु संकटमा

चीनको ‘शून्य कोभिड नीति’का कारण वहुराष्ट्रिय कम्पनीहरु संकटमा

आर्थिक, आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १९ जेष्ठ –चीनको शून्य–कोविड नीतिका कारण त्यहाँको व्यापार/ब्यवसाय निरन्तर ओरालो लागिरहेको छ। चीनियाँ नीति र लगातारको लकडाउनका कारण आपूर्ति र माग दुवैमा ठूलो असर परेको छ। जसले वहुराष्ट्रिय कम्पनीहरुले ठूलो क्षति व्यहोर्नु परेको छ।बहुराष्ट्रिय कम्पनीका लागि चीन पहिलो वा दोस्रो ठूलो उपभोक्ता बजार हो। तर,सांघाईको वित्तीय केन्द्र सहित दर्जनौं मुख्य चिनियाँ सहरहरूमा कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएको छ। त्यसैले यी कम्पनीहरुका लागि असहज अवस्था उत्पन्न भएको चाइना मार्केट रिसर्च ग्रुपका प्रबन्ध निर्देशक बेन क्याभेन्डरले बताए। रुसं–युक्रेन युद्धका कारणले धेरै कम्पनीहरुले अरबौं डलरको घाटा व्यहोरिरहेका बेला चीनको लकडाउनले ती कम्पनीहरु थला परेका छन् ।संयुक्त राज्य अमेरिकासँगको व्यापार युद्धका कारण धेरै व्यवसायीहरूले आफ्नो उत्पादनलाई चीन बाहिर सार्न खोजिरहेका छन् । गत महिना, एप...
उपमहानगरको सौन्दर्यकरणमा थप जिम्मेवार बन्न मेयर विष्टको निर्देशन

उपमहानगरको सौन्दर्यकरणमा थप जिम्मेवार बन्न मेयर विष्टको निर्देशन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नगरको सौन्दर्यप्रति जिम्मेवार बन्न सम्वद्ध शाखा प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।सुर्खेतरोडको ग्रिनरी क्षेत्रमा लगाइएका फुलका विरुवा काँटछाँट गर्ने क्रममा केही फुल समेत काटिएको विषय सामाजिक सञ्जाल सञ्जालमार्फत सार्वजनिक भएपछि नगर प्रमुख विष्टले बुधबार वातावरण शाखा, सरसफाई शाखाका प्रमुख तथा सम्वद्ध कर्मचारी (माली)हरुलाई बोलाएर यस विषयमा जानकारी लिंदै नगरको सौन्दर्यकरणमा ईमान्दारितापुर्वक लान निर्देशन दिनुभयो । उहाँले फुलहरु फुलेको समयमा काँटछाँट गर्ने कार्यले नगरबासीमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै आगामी दिनमा यसखालका नियमित काम गर्दा आफै सोचविचारगर्न आग्रह गर्नुभयो । फुलहरु फुलेको समयमा भन्दा पनि नफुलेको समयमा काँटछाँट गर्न उहाँले आग्रह गर्नुभयो ।सम्वद्ध शाखा प्रमुख तथा मालीहरुले भने विरुवाहरुक...
नवनिर्वाचित जनप्रतिनिधिले अदालतको फैसलालाई कार्यान्वयन गर्ने प्रतिबद्धता

नवनिर्वाचित जनप्रतिनिधिले अदालतको फैसलालाई कार्यान्वयन गर्ने प्रतिबद्धता

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ जेष्ठ – नेपालगन्जमा उठेका सार्वजनिक सरोकारका सवाललाई कार्यान्वयन गर्न सरोकारवाला निकायले प्रतिबद्धता गरेका छन् । सार्वजनिक सरोकारका सवालका विषयमा नागरिकस्तरबाट उठान गरि कार्यान्वयनका लागि उच्च अदालतबाट भएको आदेशलाई सम्वन्धित कार्यालयहरुलाई कार्यन्वयन गर्न दबाब दिइएको थियो । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज आईतबार आयोजना गरेको अदालतको फैसला कार्यान्वयन विषयक छलफल कार्यक्रमका सहभागिहरुले सार्वजनिक सवालहरु उठने गरेको र कार्यान्वयनका लागि अदालतले आदेश पनि दिने तर सरोकारवाला निकायले कानूनको समेत अटेरी गरि कानमा तेल हालेर बसिरहेको भन्दै त्यस्ता निकायहरुलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्टले नेपालगन्जसंग सम्वन्धित सवालका बारेमा अदालतले गरेको फैसलालाई अध्ययन गरि ...
पूर्वपति चौबेद्वारा क्षमायाचना पश्चात पैसा लिने भईन खाताधारी शर्मा

पूर्वपति चौबेद्वारा क्षमायाचना पश्चात पैसा लिने भईन खाताधारी शर्मा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ जेष्ठ – समयमा गलती सुधार गरे सबथोक मिल्छ भन्ने उदाहरण समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रस्तुत गरेको छ ।केही दिनदेखि लगातार बैंकमाथि लाग्दै आएको आरोपलाई सुधार गरी समानता सहकारीका शेयर सदस्यदेखि कर्मचारी समेत अगाडी आई भए गरेका गलती सुधार गरी सम्बन्धित खाताधारी सन्ध्या शर्मालगायतलाई भुक्तानी दिने भएका छन् । दुई दिनको निरन्तर प्रयासपछि पीडित खाताधारी सन्ध्या शर्माले न्याय पाउने भएका छन् । आज आईतबार स्वास्तिक कटेजमा सम्बन्धित पीडित पक्ष र पीडक पक्षबीच छलफल पश्चात निवेदन दिने खाताधारी सन्ध्या शर्माका पूर्व पति प्रशान्त चौबेले भने ‘अन्जान बस मबाट गलती भएको हो, मैले समानता सहकारीमा निवेदन प्रस्तुत गर्दा श्रीमति उल्लेख नगर्नु पर्ने, म बाहेक अन्य खाताधारीहरुको पैसा ननिकाल्नु पर्ने भएको हुँदा अब उ्रप्रान्त मबाट कहिले त्यस्तो गलती नहुने भन्दै पूर्व श्रीमति सन्ध्या शर्मा...
अमेरिका चर्चा: डा. देब जोशी

अमेरिका चर्चा: डा. देब जोशी

आस्था, प्रदेश ५, विचार/अन्तर्वार्ता, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
मिति: २०७९ जेष्ठ १४ गते, शनिबारमानिसहरु अमेरिकाको बारेमा कुरा गर्दछन् । आज नेपालको गाउँ-गाउँमा अमेरिकाको चर्चा छ, र यो अकारण छैन । यो यसकारण पनि महत्वपूर्ण छ कि मैले पहिले लेख्ने कोसिस गरेको महाशाक्तिहरुको नयाँ दिग्विजयको दुन्दुभी अन्तर्गत भै-रहेको छ । यो निसन्देह: इतिहासको पुन: अन्त्यको कोसिस र भाष्य सिर्जनाको शृंखला अन्तर्गत भैरहेको छ । तर, मेरा अमेरिका सम्झनाहरु भने सरल छन् - मलाई नेपाली कथानक चलचित्र 'ट्रक-ड्राइवर'को धूमिल सम्झना भै-रहेछ। त्यसका एक जना रक्स्याहा पात्र - सम्भवत: मदनकृष्ण श्रेष्ठ - ले कुनै मदिरालयमा आफ्ना लाहुरका सम्झनाका पोयाहरु ऊधिन्नु भएको एक दृश्य छ। त्यो बिश्व-युद्दको कुनै मोर्चामा कसरी एक बहादुर नेपालीले प्रतिकूलता सामना गर्यो, परिस्थिति माथि बिजयी भयो भन्नेसँग सम्बन्धित छ। र आजको यथार्थ यो छ कि नेपालको जनसंख्याको ठूलो हिस्साले अमेरिका प्रबासको बाटो रोजेको छ । र, य...
नाजाद्वारा समानता सहकारी र भ्रममा पारी रकम झिक्ने चौबेमाथी कडा कारवाहीको माग

नाजाद्वारा समानता सहकारी र भ्रममा पारी रकम झिक्ने चौबेमाथी कडा कारवाहीको माग

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ जेष्ठ - अवधी पत्रकार संघ नेपाल (नाजा) का केन्द्रीय कोषाध्यक्ष सन्ध्या शर्माको नेपालगन्जस्थित समानता बचत तथा ऋण सहकारी संस्थामा आफ्नो र दुई वटा छोरीको खातामा रहेको रकम कुनै पनि आधिकारिक कागज प्रमाण विना अर्कैलाई भुक्तानी गरेको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाईएकाे छ । विज्ञप्तीमा कृष्णसार एफ एम र जनमत अर्ध साप्ताहिकमा काम गर्ने सञ्चारकर्मी शर्मालाई सहकारी बैंकले कुनैपनि सूचना नदिई प्रशान्त चौबेलाई रकम भुक्तानी दिइएको रहस्य खुलेको घटनाप्रति सहकारी र भ्रममा पारी रकम झिक्ने चौबेमाथी आवश्यक छानविन गरि कडा कारवाहीको माग गर्दछौ भनी उल्लेख गरिएकाे छ । चौबेले २०७८ पुस १२ गते मेरो श्रीमती सन्ध्या शर्मा र छोरी भन्दै निवेदन दिएर रकम भुक्तानी लिएका थिए । यता शर्माले चौबेसँग २०७८ भदौ महिना मै आदलतबाट सम्वन्ध विच्छेद भईसकेपछि चौबेको कुनै पनि अधिकारभित्र नपर...
किसानले उत्पादित कपासको मूल्य बढ्यो

किसानले उत्पादित कपासको मूल्य बढ्यो

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १२ जेष्ठ - कपास विकास समितिको अध्यक्ष हेमन्तराज काफ्लेको अध्यक्षतामा समितिको बैठक बसेर विभिन्न बुँदाहरुमा छलफल गरि किसानहरुको कपासमा कुईन्टलको एक हजार रुपियाँ बढाएको छ । कपासमा किसानहरुलाई आकर्षण गर्न कपास विकास समितिले किसानलाई मल, बीउ, औषधि र प्राविधिक सहयोग पहिले भन्दा फरक तरिकाले गर्ने र कपास बिकासका लागि किसानको महत्त्वपूर्ण भुमिका भएकोले पहिलो प्राथमिकता किसान भएको अध्यक्ष काफ्लेले बताउनुभयाे । किसानबाट समितिले कच्चा कपास ८ हजार ५०० रुपैयाँ कुईन्टलमा खरिद गरि रहेकोमा अब ९ हजार ५०० रुपैयाँ दाना सहितको कपास किन्ने निर्णय गरेको जनाईएकाे छ । किसानहरुले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा कपास लगाउने गरेका छन् । आज भोलि दाङको ९० बिघामा किसानले कपास खेती गर्छन् । लमहीको वडा नम्बर ७, ८ र ९ राजपुरको १, २, ३, ५, ६ र ७ नम्बर वडामा खिती गरिन्छ । कपास खेती भनेक...
नवनिर्वाचित जनप्रतिनिधिलाई अंजनी माता रसाेईद्वारा मायाकाे चिनाेसहित सम्मान(फाेटाेफिचरसहित)

नवनिर्वाचित जनप्रतिनिधिलाई अंजनी माता रसाेईद्वारा मायाकाे चिनाेसहित सम्मान(फाेटाेफिचरसहित)

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ जेष्ठ - भेरी प्रादेशिक अस्पतालको प्रांगणमा सञ्चालित अंजनी माता रसोइ घरले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा अभिनन्दन गरेको छ । बिहिवार अंजनी माता रसोइले भेरी प्रादेशिक अस्पतालको प्रांगणमा आयोजित गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टले, "अन्जनी माता रसोइले कोभिड-१९ संक्रमणको बेला जुन प्रकारले अस्पतालका कुरूवा, बिरामीदेखि सर्वसाधारण समेतलाई २० रुपियाँमा खाना खुवायो यसको प्रशंसा यहाँ मात्र होइन देश विदेशसम्म भएको छ । यसको पहिचान यहिंसम्म छैन बरु देश विदेशसम्म भएको छ ।" "यसलाई उपमहानगरले जति सहयोग दिँदै आएको थियो अब त्यसकाे दोब्बर आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्रकट गर्दछु । अंजनी माता रसोइबाट २४–२५ वटा जिल्लाका व्यक्तिले प्रत्यक्ष रुपले लाभ लिएका छन् । अब कसैलाई भोकै पेट बस्न नपरोस् यहि यसको उद्देश्य रहेको बताउनुभ...
पदभार ग्रहणसँगै शिक्षा तथा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने वडाध्यक्ष समिरप्रताप सिंहको प्रतिबद्धता (फोटोफिचरसहित)

पदभार ग्रहणसँगै शिक्षा तथा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने वडाध्यक्ष समिरप्रताप सिंहको प्रतिबद्धता (फोटोफिचरसहित)

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का नवनिर्वाचित वडा अध्यक्ष समिर प्रताप सिंह लगायत टिमले पदभार ग्रहण गरेका छन् । वडा कार्यालयमा कर्मचारीहरुद्वारा एक समारोहको आयोजना गरेर अध्यक्ष सिंहलगायत वडा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । दोस्रो पटक अध्यक्षमा दोहोरिएका सिंहले पदभार ग्रहणसँगै कोभिड–१९ को समयमा थल परेको स्वास्थ्य र शिक्षा गतिविधिमा तिब्रता दिन निर्देशन दिएका छन् । वडाअध्यक्ष सिंह– आफू वडाको सेवक भएको हु“दा पुनः सेवा गर्ने अवसर वडाबासीहरुले दिएको हु“दा हार्दिक अभार व्यक्त गर्दै नवनिर्वाचित वडा सदस्यहरुसहित आफ्नो टीमले पहिलो प्राथमिकताको साथ वडामा स्वास्थ्य, शिक्षा तथा धार्मिक मठमन्दिरहरुको संरक्षण तर्फ केन्द्रित रही कार्य गर्ने बताउनुभयो । समाजसेवी माधवराम बर्माले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सफल कार्यकालको शुभकामनासहित जनताको सेवक भई कार...
आशा लघुबित्तद्धारा वित्तिय साक्षरता तालिम सम्पन्न

आशा लघुबित्तद्धारा वित्तिय साक्षरता तालिम सम्पन्न

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ९ जेष्ठ - आशा लघुवित्त वित्तिय संस्थाले सोमवार केन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता तालिम बाँकेको खजुरामा सम्पन्न गरेको छ । एक दिने केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता तालिमको प्रमुख अतिथि आन्तरिक लेखा परिक्षण तथा बिभागीय प्रमुख बिजेन्द्र चौधरी रहनुभएको थियो । आन्तरिक लेखा परिक्षण तथा बिभागीय प्रमुख चौधरीले पानसमा बत्ति बालेर तालिमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि चौधरीले आशा लघुवित्तले गरेको काम प्रति स्रहाना व्यक्त गर्नुभयो । आशा लघुवित्तले गरेको काम र योगदान प्रति जनता सन्तुष्ट रहेको उहाँले बताउनुभयो । आशा लघुवित्तले बिपन्न बर्गहरुलाई थप उर्जा दिन न्युनतम व्याजदरमा कर्जा प्रवाह गरेर उनीहरुको सपना साकार पार्ने चौधरी बताउनुभयो । आशा लघुवित्त वित्तिय संस्था अन्तरगत खजुरा शाखाका केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता तालिमको सभापति ...