Friday, April 24सत्यम खबर
Shadow

किसानले उत्पादित कपासको मूल्य बढ्यो

नेपालगन्ज, १२ जेष्ठ – कपास विकास समितिको अध्यक्ष हेमन्तराज काफ्लेको अध्यक्षतामा समितिको बैठक बसेर विभिन्न बुँदाहरुमा छलफल गरि किसानहरुको कपासमा कुईन्टलको एक हजार रुपियाँ बढाएको छ ।

कपासमा किसानहरुलाई आकर्षण गर्न कपास विकास समितिले किसानलाई मल, बीउ, औषधि र प्राविधिक सहयोग पहिले भन्दा फरक तरिकाले गर्ने र कपास बिकासका लागि किसानको महत्त्वपूर्ण भुमिका भएकोले पहिलो प्राथमिकता किसान भएको अध्यक्ष काफ्लेले बताउनुभयाे ।

किसानबाट समितिले कच्चा कपास ८ हजार ५०० रुपैयाँ कुईन्टलमा खरिद गरि रहेकोमा अब ९ हजार ५०० रुपैयाँ दाना सहितको कपास किन्ने निर्णय गरेको जनाईएकाे छ ।

किसानहरुले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा कपास लगाउने गरेका छन् । आज भोलि दाङको ९० बिघामा किसानले कपास खेती गर्छन् । लमहीको वडा नम्बर ७, ८ र ९ राजपुरको १, २, ३, ५, ६ र ७ नम्बर वडामा खिती गरिन्छ ।

कपास खेती भनेको सेतो सुन नै हो, के मानेमा भने यो नगद बाली हो, किसानले सजिलै उबजनी नहुने बन्जर जमिनमा कपास उत्पादन गर्न सक्छन् र उत्पादित कपास बिकास समितीले सम्बन्धित ठाउँ मै गएर सजिलै खरिद गर्छ र नगद भुक्तानी गरिरहेको छ भनेर कपास बिकास समितिका सदस्य सचिब कार्यकारी प्रमुख बुद्धबहादुर थापाले जानकारी गराउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *