Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अबैध उत्खनन् र घाटगद्दी

अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अबैध उत्खनन् र घाटगद्दी

अपराध, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
राप्ती सोनारी, २२ जेष्ठ – राप्ती सोनारीका अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अबैध घाटगद्दी रहेको पाइएको छ । नदीजन्य सामाग्री उत्खनन् गरेर मनलाग्दी रुपले घाटगद्दी गरेको अनुगमनका क्रममा फेला पारिएको हो । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारुसहित वडाअध्यक्ष र कार्यपालिका सदस्य तथा कर्मचारी लगायतको संयुक्त टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो । उक्त टोलीले बिहीबार राप्ती सोनारीको वडा नम्बर ४, ५ र ६ तथा शुक्रबार वडा नम्बर २, ८ र ९ का विभिन्न घागद्दी तथा क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांस स्थानमा नदीजन्य सामाग्री अबैध रुपले उत्खनन र घाटगद्दी गरेको पाइएको हो ।गाउँपालिका अध्यक्ष पौडेलले प्राविधिकले नापजाँच गर्दा अनुमति भन्दा बढी नदीजन्य सामाग्री फेला पारिएको र अधिकांस स्थानमा अबैध उत्खनन र घाटगद्दी गरेको पाइएको बताए । ‘राजश्व ति...
भारतसंग सीमा जोडिएको दार्चुलाका दुई झोलुङ्ग पुल उद्घाटन

भारतसंग सीमा जोडिएको दार्चुलाका दुई झोलुङ्ग पुल उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
दार्चुला, २२ जेष्ठ – भारत संग सीमा जोडिएको दार्चुलाका दुई झोलुङ्ग पुल उद्घाटन भएका छन् । तुइन विस्थापन कार्यक्रम अन्तरगत महाकाली नदीमा निर्माण गरिएका दुई वटा झोलुङ्गे पुल संचालनमा आएका छन । व्यास गाउँपालिका–६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा निर्माण सम्पन्न पुल विहिवार उद्धघाटन गरिएको हो । नागरिकको सहजताका लागि निर्माण सम्पन्न दुबै पुलहरू नेपाल र भारतका अधिकारीहरुको उपस्थितिमा उद्घाटन गरिएको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारतको पिथौरागढ जिल्ला अधिकारी आशिष चौहान, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीयको उपस्थितिमा पुल उद्घाटन गरिएको हो । एकै प्याकेजमा निर्माण सम्पन्न सीमा पुल सञ्चालनमा ल्याउन यसअघि नै निर्णय भइसकेको थियो । म...
कृषि मन्त्री यादव आफै भारत पुगे मल ल्याउनका लागि

कृषि मन्त्री यादव आफै भारत पुगे मल ल्याउनका लागि

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २२ जेष्ठ – देशमा मलको हाहाकार भइरहेको बेला कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव मलको व्यवस्थापनका लागि आज आफै भारत पुगेका छन् । हुन त उनी भारतमा आयोजित खाद्य स्वच्छतासम्बन्धी एक कार्यक्रममा भाग लिनका लागि गएका हुन् तर उनको मुख्य उद्देश्य रासायनिक मलका बारेमा भारतसँग कुरा गर्नु हो । कृषि मन्त्रालयका एकजना सहसचिवले भने, मलकै बारेमा कुरा गर्न मन्त्री आफै जाँदा ठिक हुँदैनथ्यो एउटा कार्यक्रमको बाहानमा उहाँ भारत जानु भएको हो त्यहाँ मुख्य काम मलको बारेमा कुरा गर्नु नै हो ।’ त्यहाँ फर्टिलाइजर मन्त्रीलगायत अन्य तीन मन्त्रीसँग भेटघाट तथा मलको बारेमा कुरा गर्ने कार्यक्रम पनि तयार भइसकेको छ । सबैको कुराको तयारी गरेर नै उनी भारत गएका हुन् । जीटुजीमार्फत भारतसँग मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसके पनि आजभोलि–आजभोलि भन्दै भारतले टार्दै आइरहेको थियो । त्यहाँको मल ख...
ब्रिटिस स्कुलमा वातावरण दिवस मनाईयो

ब्रिटिस स्कुलमा वातावरण दिवस मनाईयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ जेष्ठ – नेपालगन्ज शान्तिनगर स्थित ब्रिटिस ईंग्लिश बोर्डिङ स्कुलको ईको कलबले वातावरण दिवसको शुभ अवसरमा सितलचिनी, निम, जामुन, अमलतासको बिरुवा लगाईएको छ । ईको क्लबका अध्यक्षमा रमेश ओलीले वातावरण दिवसको बारेमा जानकारी दिएका थिए । वातावरण दिवस किन मनाईन्छ त भनेर विद्यार्थीहरुलाई प्रधानाध्यापक हेमन्तराज काफ्लेले जानकारी दिए । उनले विद्यार्थीहरुलाई रुख बिरुवा, चराचुरुङ्गी, सर्प, जनावर, किरा फटयांग्रोहरु एक आपसमा अन्तर सम्बन्ध भएका र सबै वातावरण स्वच्छ भए मात्र सहज बाँच्ने भएकाले हामीले वातावरण जोगाउन रुख बिरुवा लगाउनु पर्छ, रुखको महत्त्वको बारेमा जानकारी दिएका थिएका थिए । बिद्यार्थीहरु निकै उत्साहित भएर बिरुवाहरु लगाएका थिए । वातावरण दिवस मनाउन पाएकोमा निकै खुसी लागेको छ भनेर कक्षा नौ कि छात्रा सबिता शाहीले भनिन ।...
देवभूमि हरिद्वारमा पत्रकारहरु सम्मानित, अर्को बैठक हिमाचलको सिमलामा हुने तयारी

देवभूमि हरिद्वारमा पत्रकारहरु सम्मानित, अर्को बैठक हिमाचलको सिमलामा हुने तयारी

अवधी, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० जेष्ठ – नेपाल–भारत सीमावर्ती जिल्ला बहराइचका वरिष्ठ पत्रकारहरुको टोली प्रिन्ट एण्ड इलेक्ट्रानिक जर्नलिस्टस एसोसिएशनको कार्यकारणी बैठक सम्पन्न भएको छ । उनको संस्थाका ब्यानरमा रहेको राष्ट्रिय कार्यकारिणीका सदस्यहरुसँगै देवभूमिको स्थापना दिवसका अवसरमा हरिद्वारस्थित गुरुकुल कागडी विश्वविद्यालयको सेमिनार हलमा आयोजित राष्ट्रिय कार्यकारिणी बैठकमा उनले सो अवसरमा मध्यप्रदेश, हिमाचल, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, दिल्ली, देहरादुन, राजस्थान लगायतका विभिन्न राज्यका वरिष्ठ पत्रकार तथा कार्यकारिणी सदस्यहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय अध्यक्ष गिरीशचन्द्र कुशवाहाको नेतृत्वमा देशभरका पत्रकारहरुले पत्रकार एकताको नारा लगाएका थिए । सो अवसरमा विभिन्न पत्रकारहरुलाई फूलको मालासहित अंगवस्त्र, मेमोन्टो, सम्मान पत्र लगाएर सम्मान गरिएको थियो । सो अवसरमा पत्रकार अजय शर्माले सम्मेल...
बदनाम गर्ने शिक्षकमाथी छानविन गरी कारवाहीको माग

बदनाम गर्ने शिक्षकमाथी छानविन गरी कारवाहीको माग

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २० जेष्ठ – डुडवा गाउँपालिका अन्तर्गत एक शिक्षकले गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई बदनाम गर्न खोजिएको घटना गलत तथा भ्रामक प्रचारवाजी गरिएको पाइएको छ ।मिति २०७९ जेठ १८ गते नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले श्री आधारभुत विद्यालय डुडुवा–१ चौफेरीका शिक्षक भुपेन्द्र रेग्मीलाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ज्यान मार्नेसम्मको दिएको अभिव्यक्ती भन्दै उल्लेख गरी प्रकाशित विज्ञप्तीप्रति अध्यक्ष चौधरीले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । अध्यक्ष चौधरीले आज एक विज्ञप्ती निकालेर गाउँपालिकालाई नै बदनाम गर्ने गरि गलत प्रचारवाजी गर्ने संगठन तथा व्यक्तीका बारेमा स्पष्ट धारणा बुझी कडा कारवाही गर्न माग गर्नु भएको छ । अध्यक्ष चौधरीले भन्नुभयो– “मलाई निज शिक्षक रेग्मीले आफै पटक पटक राजनितिक विषयलाई लिएर वादविवाद गर्न खोजेको तर मैले सो विषयमा कुनै वास्ता नगरि निज ...
घाटगद्दी नापजाँच गर्न राप्ती सोनारीका जनप्रतिनिधीको संयुक्त अनुगमन

घाटगद्दी नापजाँच गर्न राप्ती सोनारीका जनप्रतिनिधीको संयुक्त अनुगमन

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
राप्ती सोनारी, २० जेष्ठ – नदी तथा खोलामा बढेको अबैध उत्खनन् रोक्न सक्रियता देखाएको राप्ती सोनारी गाउँपालिकाले बिहीबारदेखी स्थलगत रुपमा अनुगमन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको नेतृत्वमा उपाध्यक्ष मनिषासिंह थारु, ९ वटै वडाका वडाअध्यक्षसहित १७ जना कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, लेखा अधिकृत गौरवकुमाार लामिछाने तथा अन्य कर्मचारी, प्राविधिक, सञ्चारकर्मी, सुरक्षाकर्मी सहितको टोलीले स्थलगत अनुगमन गरेको हो । गाउँकार्यपालिका(बोर्ड)बैठकले हालै अबैध उत्खनन् रोक्ने निर्णय गर्दै घाटगद्दीको स्थलगत अनुगमन गर्ने र प्राविधिक कर्मचारी, सुरक्षा निकाय लगायतको रोहवरमा गाउँपालिका भरका सबै घाटगद्दी नापजाँच गरी एकिन गर्ने निर्णय गरेको थियो । स्थलगत अनुगमनको पहिलो दिन बिहीबार उक्त टोलीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का विभिन्न स्थानमा पुगी घाटगद्द...
चिनियाँ ऋण सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण :प्रधानमन्त्री शेरबहादुर देउवा

चिनियाँ ऋण सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण :प्रधानमन्त्री शेरबहादुर देउवा

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २० जेष्ठ –प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ ऋण सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण भएको बताएका छन्। शनिबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। अहिले एसियाकै रास्ट्र कुराको अन्त प्रधानमन्त्री शेर बहादुर देउवाले गरि दिएका छ्न । ‘बीआरआई ऋण हो। यसमा राष्ट्रिय सहमति खोजिन्छ। त्यसपछि अघि बढिन्छ,’ उनले भने। आफूले कालापानी–लिपुलेक र लिम्पियाधुराका विषयमा पटकपटक बोलिसकेकाले आफ्नो सरकारको धारणा पनि त्यही भएको उनले बताएका थिए। यस्तै सीमा सुरक्षाका लागि बीओपी थपिँदै जाने उनको भनाइ छ।...
चिनियाँ नाकावन्दी गम्भीर समस्या, सरकारले समाधानका लागि पहल

चिनियाँ नाकावन्दी गम्भीर समस्या, सरकारले समाधानका लागि पहल

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २० जेष्ठ –भारत संगको परनिर्भरतालाई चीनको सहयोग र प्रभावमा कम गर्ने नीति का साथ चीनसंग व्यापार बढाउने गरि सरकारले प्रयास थालेको पनि कैयौं बर्ष भैसकेको छ । मधेस आन्दोलनका वेला कथित रुपमा भारतले मधेसी समुदायलाई बढि प्राथमिकता दिएको भनि झोंकमा चीन हाम्रो भारतको भन्दा असल मित्र रहेको सावित गर्न लागिपरेको सरकार अहिले अप्ठेरोमा परेको देखिन्छ ।विश्वबजारमा एकछत्र राज गरिरहेको छिमेकी संग यतिको आश त गर्न नै सकिन्छ । चीनले पनि नेपाललाई आफ्नो हस्तक्षेपका दायरामा ल्याउन बेलाबखतको कसरतलाई पूर्णता दिने अवसरको रुपमा ललीपप बांड्न कहिल्यै पछि परेनन् । तर चीनीयाँ सरकारको स्वार्थी चरित्र तब मात्र उदांगो भयो जब कथित कोरोना कालको नाममा चीनीया नाकाहरु ठप्प भयो । भारतसंगको खुल्ला सीमानाको जस्तो त कहाँ सजिलो हुन्छ र चीनसंगको व्यापारिक सम्बन्ध । मानवता माथीको विश्वास गुमाउने अभ्यासमा चीनले नेपालको ...
लोकप्रिय हुँदै टिकटकका भारतीय भर्सन

लोकप्रिय हुँदै टिकटकका भारतीय भर्सन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १९ जेष्ठ – सन् २०२० देखि भारतमा टिकटक चलेको छैन । लद्दाखमा चिनियाँ सेनासँग भएको झडपपछि भारत सरकारले टिकटक, विच्याटसहित चिनियाँ एप र प्रविधिमा प्रतिबन्ध लगाएको छ । टिकटकको सट्टा अहिले भारतमा जोश, मोज, एमएक्स टकाटक, ठीकठाकजस्ता एपहरू फस्टाइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।सीमा क्षेत्रमा भएको झडपपछि चीनका इन्टरनेट सामग्रीहरू जासुसीका लागि प्रयोग हुनसक्ने आशंकाले भारतले ५० वटा एपहरू बन्द गरिदिएको थियो । त्यो बेला टिकटकको माउ कम्पनी बाइटडान्सले आफूहरू भारतीय कानुनअनुसार चलेको र भारतीय प्रयोगकर्ताका कुनै पनि सूचना चिनियाँ सरकारलाई नदिएको बताएको थियो । तर, भारत सरकारले टिकटकसहित २ सयभन्दा बढी चिनियाँ एपहरूलाई अझै पनि कालोसूचीमै राखेको ब्लुमबर्गको समाचारमा जनाइएको छ । त्यसयता भारतका स्थानीय स्टार्टअपहरूले टिकटकजस्ता एपहरू बनाउन थाले । गेमिङ, म्यासेजिङ र प्रोडक्टिभिटी ...