Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

जानकी को ५ मा योजना सुझाव संकलन

जानकी को ५ मा योजना सुझाव संकलन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जानकी, ८ असार - बाँके को जानकी गाउँपालिकाको वडा नं. ५ को वडा कार्यालयले ०७९/०८० का लागि योजना संकलन पृथकीकरण बारेमा सुझाव संकलन गरेको छ । अगामी वर्षका लागि योजनाहरू जनस्तरबाटै संकलन गरेर कार्ययोजना बनाउन र पारदर्शी ढङ्गले अगाडी बढ़नका लागि सुझावहरु सँकलन गरिएको छ ।सो कार्यक्रम जानकी गाउ‌ँपालिकाका अध्यक्ष छब्बन खाँले जनचाहना अनुरूप गाउँको विकास गर्न खुल्ला, पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अनुसार नै योजना बनाउने र विकास गर्ने बताउनु भएको छ । वडा नं. ५ का वडा अध्यक्ष टीकानाथ यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष यादवले ग्रामीण जीवनमा सुधार‌का लागि जनचेतना अभिवृद्धि गर्दै, शिक्षा, स्वास्थ, सिंचाई, रोजगार र महिला विकासका योजनाहरूलाई अघि बढाउने बताउनु भयो । वडाको विकासका लागि टोल-टोलबाट योजना संकलन गरि वृहत छलफल र सबैको सहभागितामा वडा स्तरिय भेला गरि सुझाव संकलन गरिएको छ ।...
भारतको सहयोगमा नेपाल टेलिकमको टावरको समान तिङ्कर पुग्यो

भारतको सहयोगमा नेपाल टेलिकमको टावरको समान तिङ्कर पुग्यो

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ असार –भारतको सहयोगमा नेपाल टेलिकम टावरको समान तिङ्कर पुगेको छ । व्यास गाउँपालिका वडा नम्वर १ तिङ्करमा फोन सेवा संचालन आएको छ । गत मंगलबार जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ तिङ्करमा नेपाल टेलिकमको फोन सेवा संचालनमा आएको गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले जानकारी दिनु भयो । नेपाल टेलिकमको एनटि सेट प्रविधिको माध्यमबाट दुई लाईन फोन सेवा जोडिएको हो । तिङ्कर गाउँमा फोन सेवा नहुँदा स्थानिय सास्ती खेपिरहेका थिए । फोन लाईन जडान भएपछि स्थानिय खुसी भएका छन् । तिङ्करमा फोन सेवा सुचारु भए सगै भारत र नेपालको सम्बन्ध अझौ नजिक भएको स्थानीयहरुले बताएका छन् ।...
“नेपालमै दर्जनौं चिनियाँ ठेकेदार कालोसूचीमा, अधिकांश याेजनामा बदमासी”

“नेपालमै दर्जनौं चिनियाँ ठेकेदार कालोसूचीमा, अधिकांश याेजनामा बदमासी”

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ असार –नेपालीमा एउटा स्थापित भनाइ छ, ‘मेड इन चाइना, आज छ भोलि छैन।’ अर्थात् चीनमा बनेका सामान विश्वासनीय छैनन् र चिनियाँ उत्पादन गुणस्तरहिन हुन्छन्। २०७५ साल मंसिरमा आठ वर्षसम्म नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना ओगटेर काम सम्पन्न नगरेपछि चिनियाँ कम्पनी हुवाबेलाई सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ३२ करोड रुपैयाँ जरिवाना भराए। २०७६ साल साउन ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक दुईवटा चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्यो। सानझेन फारद इलेक्ट्रिक र हिउझोउ झोङचेङ इलेक्ट्रिोनिक दुवै चिनियाँ कम्पनी विद्युत प्राधिकरणको सिफारिसमा कालोसूचीमा परेका थिए। यस्तै हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निमार्णमा चरम लापर्वाही गरेर यो आयोजनालाई घर न घाटको बनाएको सेन्ट्रल चाइना पावर ग्रीड इन्टरनेसनल इकोनोमिक ट्रेड पनि ...
कपास बिकास समितीको निरीक्षण

कपास बिकास समितीको निरीक्षण

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
खजुरा, ६ असार - कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका उपसचिव आदरणीय निर्मल न्यौपाने,उपसचिव बिष्णुहरि उपाध्याय, शाखा अधिकृत जगत भुसाल तथा कृषिमन्त्रालयको अन्य कर्मचारीद्वारा कपास बिकास समितीको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । प्रत्येक्ष मेसिनहरुको अवस्थाहरु के छ र यसको आन्तरिक ब्यबस्थापनका बारेमा, कपासको बास्तबिक समस्या तथा यसको तत्कालीन अवस्थाको बारेमा बुझ्न बर्दिया आएको मौका छोपी हामी आएको शाखा अधिकृत जगत भुसालले भन्नू भयो । कपास बिकासको अवस्थाको बारेमा कार्यकारी प्रमुख बुद्धबहादुर थापाले जानकारी दिनु भएको थियो र कपास बिकास समितीप्रती सधैं सकारात्मक भएको उपसचिव निर्मल न्यौपानेले भन्नू भयो भनी कपास बिकास समितीका अध्यक्ष हेमन्तराज काफ्ले जानकारी दिनु भयो ।...
कृषिमन्त्रीको दावी : मल ल्याउने प्रक्रिया अघि बढे पनि ल्याउन सकिएन

कृषिमन्त्रीको दावी : मल ल्याउने प्रक्रिया अघि बढे पनि ल्याउन सकिएन

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ६ असार –कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले यस्तो बताएका हुन् । कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले १ लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरिए पनि समयमै ल्याउन नसकिएको उनले बताए । मल नल्याउने ठेकदारलाई कारबाही सुरु गरिएको पनि मन्त्री यादवको भनाइ छ । अनलाइनखबर...
नेपाललाई भारतले १.७ लाख टन रासायनिक मल दिने

नेपाललाई भारतले १.७ लाख टन रासायनिक मल दिने

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ६ असार – भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ। टाइम्स अफ इन्डियाका अनुसार छिमेकी देश भारतले यही वर्ष उक्त परिमाणमा मल नेपाल पठाउने भएको हो।त्यस्तै भारतले अहिले एक अर्ब अमेरिकी डलर ऋणअन्तर्गत श्रीलंकालाई पनि ६५ हजार टन युरिया मल आपूर्ति गर्ने भएको छ। आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकालाई सहयोग गरिरहँदा नेपाललाई भने चीनबाट सहयोग लिनुअघि नै रणनैतिक रुपमा मल सहयोग गर्न लागिएको टीओआईले समाचारमा उल्लेख गरेको छ। स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा भारतले १.२ लाख टन युरिया र ५० हजार टन डीएपी मल पठाउनेछ। त्यस्तै भुटानलाई पनि भारतले ५३ सय टन डीएपी मल पठाउन लागेको जनाइएको छ। रासायनिक मल निर्यातमा प्रतिबन्ध रहिरहँदा भारतबाट युरिया मल पाउने श्रीलंका नेपालपछि दोस्रो देश रहेको बताइएको छ। नेपालले दुई देशबीच भएको समझदारीअनुसार रासायन...
चीनले ओएसिस सहरमा रहेको प्रतिष्ठित ग्रान्ड बजार भत्कायो

चीनले ओएसिस सहरमा रहेको प्रतिष्ठित ग्रान्ड बजार भत्कायो

आर्थिक, आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ६ असार – चीनले भत्कायो ओएसिस सहरमा रहेको प्रतिष्ठित ग्रान्ड बजारकाशगर । चिनियाँ अधिकारीहरूले सिनजियाङको काशगर क्षेत्रमा रहेको प्रतिष्ठित ग्रान्ड बजार भत्काइदिएका छन्। स्याटेलाइट तस्बिरहरुले बजारमा नाटकीय परिवर्तनहरू देखाएको र भवनहरू र स्टलहरूको छाना हटाउनेसहित ४ अप्रिल र ४ मेमा खिचिएका तस्बिरहरू बीच रेडियो फ्री एशियाले प्लानेट ल्याबलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। ओएसिस सहरमा रहेको यो बजार सिन्जियाङको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय व्यापार बजार हो। जसमा २५० एकड जमिनमा ९ हजारभन्दा बढी उत्पादनहरू बिक्री गर्ने चार हजार पसलहरू थिए। प्रतिवेदनका अनुसार त्यहाँबाट बिक्री हुने वस्तुमा मसला, चिया, रेशम, सुक्खा फल, गलैंचा, संगीत वाद्ययन्त्र, मध्य एसियाका कपडा र परम्परागत स्कुलक्याप रहेका छन्। यसको स्थानमा नयाँ पर्यटकीय आकर्षण निर्माण हुने आरएफएले स्थानीय अधिकारीलाई उद्धृत गर्द...
एकता शिक्षा संस्थाद्वारा जानकीका जनप्रतिनिधि सम्मानित

एकता शिक्षा संस्थाद्वारा जानकीका जनप्रतिनिधि सम्मानित

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
सकिल अहमद राईजानकी, ५ असार - बाँकेको जानकी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम एकता शिक्षा समाज कल्याण संस्थाको आयोजना र सत्यमखबर डटकमको सहयोगमा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सकिल अहमद राईको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तब्य राखेका थिए । जानकी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि १ नं. वडा देखि ६ नं. वडासम्मको वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, पालिका प्रमुख, उपप्रमुखलगायत सम्पूर्ण पदाधिकारीहरुलाई खादा, टोपी, टिका, मायाको चिनो दिएर सम्मान गरिएकाे थियो । सम्मान कार्यक्रममा सत्यमखबर डटकमका सञ्चालक चन्देश्वरराज त्रिपाठीले संस्थाका विकासका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, खेलकुद र सञ्चारको विषयमा हामी सहयोगी संस्था बन...
आर्टिष्ट संघकाे जिल्ला सम्मेलन सम्पन्न, पाैडेलकाे अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन

आर्टिष्ट संघकाे जिल्ला सम्मेलन सम्पन्न, पाैडेलकाे अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
बब्लू शेष नेपालगन्ज, ५ असार - नेपाल कमर्शियल आर्टिष्ट संघले जिल्ला सम्मेलनका लागि शनिबार नेपालगन्जमा सात सदस्यीय नयाँ कार्य समिति चयन गर्नुभएको छ । जिल्ला सम्मेलनका लागि नेपाल कमर्शियल आर्टिष्ट संघका नारायण पौडेलको अध्यक्षतामा एक भेलाको आयोजना गरि सात सदस्यीय नयाँ कार्य समिति चयन गर्नुभएको हो । भेलाबाट तदर्थ समिति बनाएको छ । जसमा अध्यक्षमा नारायण पौडेल , उपाध्यक्ष डि.बि भण्डारी , सचीव श्याम थापा, सह-सचीव रबिन बि.क., कोषाध्यक्ष नरेश नेपाली, सदस्य ताहिर शेषराई र निजाम शेष रहेका छन् । भेलामा नेपालगन्ज, खजुरा, कोहलपुर गरि ३० जना भन्दा बढी आर्टिष्टको सहभागिता रहेको आयोजकले जनाइएको छ । कार्यक्रमको सञ्चालन प्रकाश गिरिले गर्नु भएको थियोे । साथै आर्थिक समितिको पनि चयन गरिएको छ ।...
विकास योजना निर्माण तिव्र, पालिकाद्धारा अनुगमन

विकास योजना निर्माण तिव्र, पालिकाद्धारा अनुगमन

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
डुडुवा, ५ असार – डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गरिरहेको छ ।गाउँपालिकाद्वारा निर्मित विभिन्न ठुला तथा साना योजना अन्तर्गतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार सबै भन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन, झुलुङ्गे पुल तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको हो । आर्थिक वर्ष २०७८।०७९ का योजनाहरु अहिले निर्माण भईरहेका छन । गाउँपालिकाका ठुला साना सबै योजनाहरु निर्माण भईरहेको योजना अनुगमन समितिका संयोजक गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताउनुभयो । उहाँका अनुसार डुडुवा गाउँपालिका–४ डुडुवा नालामा निमार्णाधिन झोलुङ्गे पुल, गाउँपालिका भवनको अनुगमन गरिएको छ । गाउँपालिका भवनको निमार्ण कार्यको ९० प्रतिशत कार्य पुरा भएको छ । ...