
बब्लू शेष
नेपालगन्ज, ५ असार – नेपाल कमर्शियल आर्टिष्ट संघले जिल्ला सम्मेलनका लागि शनिबार नेपालगन्जमा सात सदस्यीय नयाँ कार्य समिति चयन गर्नुभएको छ ।
जिल्ला सम्मेलनका लागि नेपाल कमर्शियल आर्टिष्ट संघका नारायण पौडेलको अध्यक्षतामा एक भेलाको आयोजना गरि सात सदस्यीय नयाँ कार्य समिति चयन गर्नुभएको हो ।
भेलाबाट तदर्थ समिति बनाएको छ । जसमा अध्यक्षमा नारायण पौडेल , उपाध्यक्ष डि.बि भण्डारी , सचीव श्याम थापा, सह-सचीव रबिन बि.क., कोषाध्यक्ष नरेश नेपाली, सदस्य ताहिर शेषराई र निजाम शेष रहेका छन् ।
भेलामा नेपालगन्ज, खजुरा, कोहलपुर गरि ३० जना भन्दा बढी आर्टिष्टको सहभागिता रहेको आयोजकले जनाइएको छ । कार्यक्रमको सञ्चालन प्रकाश गिरिले गर्नु भएको थियोे । साथै आर्थिक समितिको पनि चयन गरिएको छ ।
