
डुडुवा, ५ असार – डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गरिरहेको छ ।
गाउँपालिकाद्वारा निर्मित विभिन्न ठुला तथा साना योजना अन्तर्गतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार सबै भन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन, झुलुङ्गे पुल तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको हो ।

आर्थिक वर्ष २०७८।०७९ का योजनाहरु अहिले निर्माण भईरहेका छन । गाउँपालिकाका ठुला साना सबै योजनाहरु निर्माण भईरहेको योजना अनुगमन समितिका संयोजक गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताउनुभयो । उहाँका अनुसार डुडुवा गाउँपालिका–४ डुडुवा नालामा निमार्णाधिन झोलुङ्गे पुल, गाउँपालिका भवनको अनुगमन गरिएको छ । गाउँपालिका भवनको निमार्ण कार्यको ९० प्रतिशत कार्य पुरा भएको छ ।

अनुगमनमा विकास निमार्णको गुणस्तरियता र समयमा निमार्ण सम्पन्न गर्ने लगायतका बारेमा निर्माण कम्पनीको ध्यानाकर्षण गराइएको थियो । आर्थिक वर्ष सम्पन्न हुन अब केही दिन मात्र बाकी रह“दा अहिले निर्माणको तिब्र रुपमा अघि बढाइएको छ ।

अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष बानो, प्रमुख प्रशासकिय अधिकृत उपाध्याय, प्राविधिक प्रमुख प्रकाश थापा, योजना शाखा प्रमख ओमबहादुर राना क्षेत्री लगायतको समुहको सहभागिता रहेको थियो ।

