खेलकुदमा भारतका युवा स्टारको उदय
चेसमा १७ वर्षका गुकेशको सनसनी
मनोज घिमिरे
१३ बैशाख २०८१, बिहीबार
चेसका १७ वर्षीय गुकेश डमराजु र क्रिकेटका मंयक यादव । तस्बिर : भारतीय सञ्चार माध्यम
विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ। सन् २०२१ को टोकियो ओलम्पिकमा संसारका ठुला शक्तिलाई माथ खुवाउँदै ज्याभलिन स्टार चोपराले स्वर्ण पदक जितेका थिए। अहिले पनि संसारका शीर्ष खेलाडीको कोटीमा चोपरा यथावत छन्।
तीन वर्षपछि भारतीय खेलकुदमा एउटा नयाँ स्टारको उदय भएको छ। १७ वर्षीय गुकेश डमराजुले हिकासु नाकामुरासँगको अन्तिम खेलमा बराबरी गर्दै वर्तमान च्याम्पियन डिङ लिरेनसँगको विश्व च्याम्पियनसिप भिडन्त पक्का गरे।
विश्व चेसमा एकछत्र राज गरेका म्याग्नस कार्लसनले गत संस्मरण नखेल्ने निर्णय गरेपछि डिङ लिरेन विश्व च्याम्पियन बनेका हुन्। चेस खेलमा गहिराइसम्म भने भारतीय युवा खेलाडीकै प्रभाव देख...









