नेपालगन्ज, ३ बैशाख – भारतबाट भन्सार छली अबैव रुपमा छली चोरी निकासी पैठारी गरी ल्याईरहेको २ लाख १० हजार बराबरको सामान सवारीसाधन सहित पक्राउ गरिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ बाट चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान तथा उक्त ढुवानी गर्ने व्यक्ति एवम् ढुवानीमा प्रयोग गरिएको साधन सहित पक्राउ गरी नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ ।
त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ बागेश्वरी रोधी घर अगाडी पार्किङ् गरी राखिएको अवस्थामा हराएको मोटरसाईकल सम्बन्धित सवारी धनीलार्इी बुझाईएको प्रहरीले जनाएको छ ।
मिति २०८१ बैशाख २ गतेका दिन राती करीब ८ बजेको समयमा घर अगाडी पार्किङ गरी राखिएको मोटरसाईकल हराईको सूचना कार्यालयमा पाउन साथ तत्काल कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कृष्ण मन्दिर नजिकै बेवारिसे अवस्थामा उक्त मोटरसाईकल फेला पारी सवारी धनी बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. २ बस्ने सन्दिप थारुलाई बुझाईएको जनाईएको छ ।