हैदारावादमाथि चेन्नईको सानदार जित
काठमाण्डौ, १७ बैशाख – चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि सानदार जित निकालेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नईले हैदरावादविरूद्ध ७८ रनको सानदार जित निकालेको हो।
२१३ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा १३४ रन बनाएर अल आउट भयो। हैदरावादलाई अल आउट गर्ने क्रममा तुसार देशपाण्डेले ४ विकेट लिए। मुस्ताफिजुर रहमान र मथिशा पाथिरनाले २/२ तथा रविन्द्र जडेजा र शार्दुल ठाकुरले १/१ विकेट लिए।
चेन्नईको कसिलो बलिङमा हैदरावादका ट्राविस हेड १३, अभिषेक शर्मा १५, हेनरिच क्लासेन २०, नितिश कुमार रेड्डी १५, अब्दुल शामद १९ र अनमोलप्रीत सिंह शून्य रनमा आउट भए।
ऐडेन मक्रमले सर्वाधिक ३२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका प्रहार गरे। घरेलु मैदानमा पहिले ब्याटिङ गरेको चेन्नईले तीन विकेटको क्षतिमा २१२ रनको योगफल तयार पारेको थियो।
त्यसक्रममा कप्तान रूतुराज ...









